काठमाडौं- विभागीय टोली एपीएफ क्लबलाई सोझो सेटमा पराजित गर्दै न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब नवाैं एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार विहान भएको पहिलो सेमिफाइनलमा न्यु डायमन्डले एपीएफलाई २५-१७, २५-२०, २५-७ ले पराजित गरेको हो ।
न्यु डायमन्डले अब उपाधिका लागि त्रिभुवन आर्मी क्लब र विजेता नेपाल पुलिस क्लबबीचको विजेतासँग खेल्ने छ ।
आर्मी र पुलिसबीचको दोस्रो सेमिफाइनल आजै दिउँसो हुँदैछ ।