काठमाडौं - आईसीसी टी–२० विश्वकपको ट्रफी नेपालमा ल्याइने भएको छ । सन् २०२६ को फेब्रुअरीदेखि मार्चसम्म भारत र श्रीलंकामा हुने विश्वकपको ट्रफी जनवरीको पहिलो साता नेपाल ल्याइने भएको हो ।
विश्वकपको ट्रफी टुर कार्यक्रमअन्तर्गत जनवरी ५ देखि ७ सम्म ट्रफी नेपालमा रहने नेपाल क्रिकेट संघ ९क्यान०ले जनाएको छ । क्यानले ट्रफी टुरको विस्तृत विवरण भने केही दिनभित्र सार्वजनिक गर्ने बताएको छ ।
भारत र श्रीलंकामा हुने विश्वकपमा नेपाल पनि छनोट भएको छ । विश्वकपमा नेपाल समूह ‘सी’मा छ । यो समूहमा नेपालसँगै बंगलादेश, इंग्ल्यान्ड, इटाली र वेस्ट इन्डिज छन् ।