काठमाडौं - राष्ट्रिय यू–१९ महिला टिमको मुख्य प्रशिक्षकमा सुमन श्रेष्ठ नियुक्त भएका छन् । मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले श्रेष्ठलाई यू–१९ महिला टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
योसँगै नवनियुक्त मुख्य प्रशिक्षक श्रेष्ठले पोखरामा आगामी माघ १५ गतेदेखि हुने साफ यू–१९ महिला च्याम्पियनसिपमा घरेलु टोलीको जिम्मेवारी सम्हाल्ने भएका छन् । मुख्य प्रशिक्षक श्रेष्ठले नेपाली फुटबलमा अनुभवी प्रशिक्षक हुन् । उनले गत वर्ष फागुनमा नेपाल सुपर लिग ९एनएसएल०मा पोखरा एभेन्जर्सलाई फाइनलसम्म पुर्याएका थिए ।
फाइनलमा साबिक विजेता ललितपुर सिटी एफसीसाग २–१ ले पराजित भएपछि पोखरा उपविजेतामा सीमित भएको थियो । श्रेष्ठसँग भुटानी प्रिमियर लिगको समेत अनुभव छ । उनले सन् २०२४ मा फुएन्ट्सोलिङ हिरोज एफसीको जिम्मेवारी सम्हालेका थिए । साथै, उनले घरेलु फुटबलमा शीर्ष डिभिजन लिगमा पनि जिम्मेवारी सम्हालेका छन् । सन् २०१८ मा उनी मनाङ मस्र्याङ्दी क्लबको मुख्य प्रशिक्षक थिए ।