काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले एनएसएसएफ १३औं किन्डर ओलम्पिकको मस्कटको अनावरण गरेका छन् । साथै उनले किन्डर ओलम्पिकको टर्च आज हस्तान्तरण गरेका हुन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले मस्कटको अनावरण गर्नुका साथै नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठलाई टर्च हस्तान्तरण गरेका छन् ।
नेपाल विद्यालय खेलकुद महासंघको आयोजनामा किन्डर ओलम्पिक पुसको १२ र १५ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । किन्डर ओलम्पिकमा विभिन्न १२ खेलमा प्रतिस्पर्धा हुने नेपाल विद्यालय खेलकुद महासङ्घका महासचिव राजकुमार कार्कीले जानकारी दिए ।
अध्यक्ष श्रेष्ठले विद्यालय खेलकुद महासंघमार्फत नेपालले सहभागिता जनाएका विभिन्न अन्तरराष्ट्रिय प्रतियोगितामा हासिल गरेको उपलब्धि र विविध गतिविधिबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, विद्यालय खेलकुद महासंघका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।