Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विकास तामाङ
  • #नेकपा एमाले
  • #आदिवासी जनजाति क्लस्टरबाट अइन्द्रसुन्दर नेम्बाङ र आदिवासी जनजाति महिला क्लस्टरबाट भूमिका सुब्बा तथा आशारत्न जबेगु
  • #फोनिज
  • #गगनकुमार थापा
  • #एमाले महाधिवेशन
  • #नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेश
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #टेलिग्राम
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट
खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस ४, २०८२

दमौली- जिल्लास्थित व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका युवाहरू एकजुट भएका छन् । खेलमैदानमा विभिन्न बहानामा पटकपटक महोत्सव गर्न दिँदा खेलमैदान बिग्रिँदै गएपछि यहाँका युवा संरक्षणका लागि एकजुट भएका हुन् ।

खेलमैदान नहुँदा दमौलीमा खेलकुदका गतिविधि सञ्चालन गर्न कठिनाइ भइरहेको भन्दै खेलमैदानमा मेला/महोत्सव गर्न नदिने भन्दै यहाँका युवाले व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेलाई ज्ञापनपत्र बुझाएका छन् ।

यही पुस २४ गतेदेखि खेलमैदानमा आदिवासी जनजाति महासङ्घ तनहुँले महोत्सव गर्न लागेकाले त्यसका लागि नगरपालिकाले अनुमति दिएपछि युवाहरूले महोत्सव गर्न नदिने भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् । नगरपालिकाको रु ६० लाख बजेटबाट खेलमैदान सम्याउने, पानी निकासका लागि मैदानमुनि पाइप राख्ने, प्यारापिट बनाउनेलगायत काम भए पनि मेला/महोत्सव आयोजना हुँदा खेलमैदान बिग्रने भुवन गोशलीले बताउनुभयो । यहाँ मेला/महोत्सव सञ्चालन गर्ने सङ्घसंस्थालाई वैकल्पिक ठाउँको खोजी गर्न आग्रह गरिएको उनको भनाइ छ । 

Hardik health

जिल्लास्थित विभिन्न युवा क्लबका तर्फबाट गोशलीले नगरप्रमुख न्यौपानेलाई ज्ञापनपत्र बुझाउँदै पुस २४ गते खेलमैदानमा महोत्सव गर्न लागिएकामा उक्त कार्य रोकी वैकल्पिक व्यवस्था गर्न आग्रह गरिएको जानकारी दिए । उनले भने, “उक्त स्थानमा मेला, महोत्सव सञ्चालन गर्दा खेलमैदानको भौतिक संरचनामा क्षति पुग्ने र खेलकुद मैदानको विकासमा नकारात्मक असर पर्ने देखिन्छ । यसलाई संरक्षण गर्ने राज्यको प्रमुख दायित्व हो ।” नगरपालिकाका तर्फबाट खेलमैदानलाई स्तरोन्नति गर्न पटकपटक गरी रु ६० लाख लगानी गरिसकिएको जनाउँदै गोशलीले खेलमैदानमा महोत्सव गर्न रोक लगाउनुपर्नेमा जोड दिए ।  

स्थानीय वासु सापकोटाले युवाहरू जागरुक भएर खेलमैदान संरक्षणमा एकजुट हुनुपर्ने बताए । आफ्नो पुस्ताले खेलमैदानको अभावमा खेलका गतिविधि सञ्चलन गर्न, खेल्न नपाएको बताउँदै मैदान संरक्षण नगरे अबको पुस्ताको अवस्था त्यस्तै हुने धारणा राखे  ।  सोही कारणले खेलका गतिविभि नियमित गर्न र युवा खेलाडीका लागि अवसर सृजना गर्न खेलमैदान संरक्षण गर्नुपर्नेमा उनले जोड दिए । सापकोटाले भने, “खेलमैदानलाई खेलमैदान मात्रै बनाइनुपर्छ, आज एउटा पक्षले दबाब दिएर महोत्सव गर्ला, भोलि फेरि अर्को आउँला । अब खेलमैदानलाई राजनीति गर्ने ठाउँ बनाउन दिँदैनाैँ ।”

व्यास नगरपालिकाका प्रमुख न्यौपानेले आदिवासी जनजाति महासङ्घलाई अन्तिम पटकका लागि महोत्सव गर्न दिइएको जनाउँदै महोत्सवबाट प्राप्त हुने रकम खेलमैदानको स्तरोन्नतिमा खर्च गरिने जानकारी दिए । दुवै पक्षसँगको बैठक बसी सहमति निकाल्ने उनले बताए ।   नगरप्रमुख न्यौपानेले भने, “मैदान नबिग्रार्ने सहमतिमा आयोजक पक्षले प्रतिबद्धता जनाएकाले अन्तिम पटकका लागि भनेर निर्णय गरेका हौँ । दुवै पक्ष बसेर सहमतिको निकास निकाल्नुपर्छ ।” युवाको माग र भावनामा आफू पनि सहमत रहेको बताउँदै उहाँले मेला/महोत्सवले मैदान आसपासका सरकारी कार्यालयमा समेत असर पारेको स्वीकार गरे । 


प्रकाशित मिति: शुक्रबार, पुस ४, २०८२  ११:३५
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण
राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण शुक्रबार, पुस ४, २०८२
नेपाल अफगानिस्तानसँग पराजित
नेपाल अफगानिस्तानसँग पराजित बिहीबार, पुस ३, २०८२
एपिएफ क्लब 'साफ महिला क्लब च्याम्पियनसिप'को फाइनलमा
एपिएफ क्लब 'साफ महिला क्लब च्याम्पियनसिप'को फाइनलमा बिहीबार, पुस ३, २०८२
अफगानिस्तानसामु नेपालद्वारा  एक सय २५ रनको लक्ष्य प्रस्तुत
अफगानिस्तानसामु नेपालद्वारा एक सय २५ रनको लक्ष्य प्रस्तुत बुधबार, पुस २, २०८२
इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो यसै सातादेखि
इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो यसै सातादेखि बुधबार, पुस २, २०८२
एनसेल फाउन्डेसनले एनपिएल दोस्रो संस्करणका चौकाहरु बापत २,४०० बढी शैक्षिक सामग्री वितरण गर्ने 
एनसेल फाउन्डेसनले एनपिएल दोस्रो संस्करणका चौकाहरु बापत २,४०० बढी शैक्षिक सामग्री वितरण गर्ने  बुधबार, पुस २, २०८२
लोकप्रिय
  • Week
  • Month
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP