काठमाडौं - नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो क्वालिफायरमा लुम्बिनीविरुद्ध पहिले बलिङ विराटनगर किंग्सले गर्ने भएकाे छ । विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङको निर्णय गर्दै लुम्बिनीलाई ब्याटिङको निम्तो दिएका हुन् ।
लुम्बिनीले २४ घण्टाभित्रै अर्को खेल खेलेको हो । विराटनगरले खेलका लागि सूर्य तामाङ र नारायण जोशी बाहिरिँदा सुवास भण्डारी र शंकर राना टोलीमा ल्याकाे छ । लुम्बिनी लायन्सले भने बुधबारको खेलबाट कुनै परिवर्तन गरेको छैन ।
यो नकआउट खेल भएकोले पराजित हुने तेस्रो हुँदै बाहिरिनेछ भने जित्नेले सुदूरपश्चिम रोयल्सँग फाइनल खेल्नेछ ।