काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटर खेलमा काठमान्डु गोर्खाले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गर्दैछ ।काठमान्डुका कप्तान करण केसीले टस जितेर पहिले ब्याटिङ रोज्दै लुम्बिनीलाई बलिङको निम्तो दिएका हुन् ।
काठमान्डुले आज लिग चरणको अन्तिम खेल खेलेको टोलीलाई नै निरन्तरता दिएको छ । कुनै परिवर्तन गरेको छैन । लुम्बिनीले एक परिवर्तन गरेको छ । सुमित महर्जनको स्थानम दिनेश अधिकारी आएका छन् ।
यस इलिमिनेटर खेलबाट एकमात्र टोलीले मात्र उपाधिको सम्भावना कायम राख्न सक्छन् । यो नकआउट खेल हो, जहाँबाट पराजित भएमा टोलीको यात्रा समाप्त हुनेछ ।अर्कोतर्फ विजयी हुने टोलीले पनि फाइनलमा स्थान भने बनाउने छैन । फाइनल पुग्नका लागि अर्को एक खुड्किलो पार गर्नुपर्ने हुन्छ, अर्थात् दोस्रो क्वालिफायरमा खेल्नुपर्ने हुन्छ ।