Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #पुतली_नाच
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #गगनकुमार थापा
  • #जिता_मर्ना
  • #तामाङ_घेदुङ
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • खेल सञ्चालन नहुँदा रंगशाला अलपत्र
खेल सञ्चालन नहुँदा रंगशाला अलपत्र
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर १८, २०८२

तुलसीपुर- दाङको देउखुरीस्थित लमहीमा अन्तरराष्ट्रिय मापदण्डको क्रिकेट रङ्गशाला निर्माण भए पनि खेल सञ्चालन नहुँदा अलपत्र परेको छ । राष्ट्रियस्तरका ठूला खेल खेलाउन सकिने रङ्गशाला तयार भए पनि पछिल्लो एक वर्षयता एउटा पनि खेल भएका छैनन् ।खेल नहुँदा अहिले मैदानमा घाँस उम्रिएको छ भने फोहरले अव्यवस्थित बनेको छ । लमही नगर विकास समितिको रु आठ करोड लगानीमा रंगशाला निर्माण भएको हो । अहिले संरक्षणको काम पनि समितिले गरिरहेको छ । 

“करोडौँ लगानी गरेर रंगशाला निर्माण भएको छ”, समितिका इञ्जिनियर तुलसी अर्यालले भने, “तर खेल नहुँदा घाँस उम्रिनुका साथै फोहरले अव्यवस्थित बनेको छ ।” खेल भएमा जति बेला पनि रंगशालामा उम्रिएको घाँस काट्न सकिने जनाउँदै उहाँले अहिले घाँस काटे पुनः उम्रिहाल्ने उल्लेख गरे । 

“घाँस काट्दा खर्च मात्रै हुने हो । खेल नहुने भएपछि घाँस काट्नुको पनि कुनै अथै छैन । राष्ट्रियस्तरका खेल खेलाउन सकिने गरी मैदान तयार भएको छ”, इञ्जिनियर अर्यालले भने “तर, खेल सञ्चालन नहुँदा लगानी र समय खेर गएको छ ।” विगतमा राष्ट्रपति रनिङशिल्ड, मेयर कपलगायत प्रतियोगिता सञ्चालन भए पनि पछिल्ला वर्षमा त्यो पनि नभएको उनको भनाइ छ ।

Hardik health

नेपाल क्रिकेट सङ्घ (क्यान)ले खेलतालिका बनाएर खेल खेलाएमा सहज हुने इञ्जिनियर अर्यालले धारणा राखे । रंगशालामा प्याराफिट पनि निर्माण भइसकेका छन् । तीन सय ९० सिट क्षमताको भिइपी प्याराफिट र दुई हजार सिटको दर्शक प्याराफिट निर्माण भइसकेको उनले जानकारी दिए । नगर विकास समितिले उक्त रङ्गशाला क्यानलाई हस्तान्तरण गर्न खोजिरहे पनि हुन सकेको छैन ।

हाल रंगशाला परिसरमा १५ वटा व्यापारिक सटर रहेकाले सोबाट रु एक लाख ५० हजार मासिक आम्दानी हुने गरेको इञ्जिनियर अर्यालले जानकारी दिए । यसअघि, सोही मैदानमा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पनि भएको थियो । रंगशाला चार हेक्टर क्षेत्रफलमा फैलिएको छ ।  रंगशालामा नेपाल प्रिमियर लिग (एनपिएल) का खेल सञ्चालन गर्न सक्ने क्षमताको रहेको क्रिकेट सङ्घ दाङका अध्यक्ष प्रदिप मज्गैयाले बताए । सरकारले यो रङ्गशालाको महत्व बुझ्न नसकेको उनको गुनासो छ ।


प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२  १५:२८
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
अनिशा र विन्दु फाइनलमा
अनिशा र विन्दु फाइनलमा सोमबार, माघ ५, २०८२
नेपाल थाइल्याण्डसँग पराजित
नेपाल थाइल्याण्डसँग पराजित आइतबार, माघ ४, २०८२
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य आइतबार, माघ ४, २०८२
थाइल्यान्डविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै
थाइल्यान्डविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै आइतबार, माघ ४, २०८२
हाफ म्याराथनको उपाधि गुरुङलाई
हाफ म्याराथनको उपाधि गुरुङलाई बुधबार, पुस ३०, २०८२
बंगलादेशले  फेरि भन्यो  टि-२० विश्वकपमा  भारत नआउने
बंगलादेशले  फेरि भन्यो  टि-२० विश्वकपमा  भारत नआउने बुधबार, पुस ३०, २०८२
दशरथ रंगशालामा एन्फा लिग शुक्रबारबाट सुरु हुने
दशरथ रंगशालामा एन्फा लिग शुक्रबारबाट सुरु हुने सोमबार, पुस २८, २०८२
लोकप्रिय
  • Week
  • Month
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
महागनरका प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा
महागनरका प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP