Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #नेपाली कांग्रेस
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #पुतली_नाच
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #सोनाम_ल्होछार
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • अन्तरराष्ट्रिय खगोल ओलम्पियाडमा नेपाली विद्यार्थीलाई कास्य पदक
अन्तरराष्ट्रिय खगोल ओलम्पियाडमा नेपाली विद्यार्थीलाई कास्य पदक
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर ३, २०८२

काठमाडौं–  अन्तरराष्ट्रिय खगोल ओलम्पियाडमा नेपाली विद्यार्थीले कास्य पदक हात पारेका छन् । बङ्गलादेशको राजधानी ढाकामा आयोजित २९औँ ओलम्पियाड प्रतियोगितामा सेन्ट जेभियर्स स्कुल, गोदावरीका कक्षा १० मा अध्ययनरत सौर्यम श्रेष्ठले कास्य पदक हात पारेका हुन् ।

नेपालका लागि उक्त पदक हात पारेका नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले जनाएको छ । प्रतियोगिता बङ्गलादेशको राजधानी ढाकामा गत कात्तिक २० गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो ।  सोसाइटीले सन् २०१८ देखि अन्तरराष्ट्रिय खगोल ओलम्पियाडमा सहभागिता जनाउँदै आएको अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिए । उनका अनुसार नेपालले यसअघि सन् २०१९ र २०२३ मा पनि कास्य पदक प्राप्त गरेको थियो ।

नासोले अन्तरराष्ट्रिय खगोल ओलम्पियाड सहभागी हुनुपू्र्व नेपालमा राष्ट्रिय एष्ट्रोनोमी ओलिम्पियाडको आयोजना गर्दै आएको छ । राष्ट्रिय ओलम्पियाडको छनोटमा परेका उत्कृष्ट विद्यार्थीले मात्र अन्तरराष्ट्रिय खगोल ओलम्पियाडमा सहभागी हुन पाउने छन् । नेपालमा राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड सन् २०१४ देखि सुरु गरिएको हो ।

Sonam Lhosar
Hardik health

के हो एष्ट्रोनोमी ओलिम्पियाड ?
राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड एक शैक्षिक प्रतियोगिता हो, जसले प्रारम्भिकस्तरमा प्रतिभा पहिचान गर्ने उद्देश्य राख्छ । यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई अन्तरराष्ट्रिय प्रतियोगितामा सिफारिस गरिन्छ ।

सन् २०१४ देखि सञ्चालन हुँदै आएको ओलम्पियाडमार्फत हालसम्म तीन हजारभन्दा बढी विद्यार्थीले आफ्नो क्षमता परीक्षण गरिसकेका नासोका अध्यक्ष भट्टराईले जानकारी दिए । उनका अनुसार उत्कृष्ट ठहरिएका विद्यार्थी देश तथा विदेशका प्रतिष्ठित विश्वविद्यालयमा विज्ञान विषयमा अध्ययनरत छन् ।

ओलम्पियाड प्रतियोगिता कक्षा ८ देखि १२ सम्म अध्ययनरत १३–२० वर्ष उमेर समूहका विद्यार्थीलाई लक्षित गरी सुरु गरिएको हो । कनिष्ठ तथा वरिष्ठ विधामा विभाजन गरी नासोले सातै प्रदेशमा छनोट परीक्षा सञ्चालन गर्दै आएको छ । उत्कृष्ट विद्यार्थीलाई अन्तरराष्ट्रियस्तरमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्रदान गर्दै आइएको नासोले जनाएको छ ।


प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२  १५:०९
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
नेपाल थाइल्याण्डसँग पराजित
नेपाल थाइल्याण्डसँग पराजित आइतबार, माघ ४, २०८२
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य आइतबार, माघ ४, २०८२
थाइल्यान्डविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै
थाइल्यान्डविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै आइतबार, माघ ४, २०८२
हाफ म्याराथनको उपाधि गुरुङलाई
हाफ म्याराथनको उपाधि गुरुङलाई बुधबार, पुस ३०, २०८२
बंगलादेशले  फेरि भन्यो  टि-२० विश्वकपमा  भारत नआउने
बंगलादेशले  फेरि भन्यो  टि-२० विश्वकपमा  भारत नआउने बुधबार, पुस ३०, २०८२
दशरथ रंगशालामा एन्फा लिग शुक्रबारबाट सुरु हुने
दशरथ रंगशालामा एन्फा लिग शुक्रबारबाट सुरु हुने सोमबार, पुस २८, २०८२
बैंगलोर क्यालिस्थेनिक्स : नेपाली खेलाडीले रचे इतिहास
बैंगलोर क्यालिस्थेनिक्स : नेपाली खेलाडीले रचे इतिहास आइतबार, पुस २७, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP