कीर्तिपुर - कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ मंगलबार भएकाे पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई हराएकाे छ । चितवनले एनपीएलमा पहिलो पटक कर्णाली याक्सलाई पराजित गरेको हो ।
सोमबार साबिक विजेता जनकपुर र काठमान्डु गोर्खाजको उद्घाटन खेलसँगै सुरु भएको डबल–हेडरमार्फत थप रोमाञ्चक हुँदैछ।
रबि बोपाराको अर्धशतक अनि सैफ अली जैबको आक्रमक ब्याटिङमा चितवन राइनोजले कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ ।कर्णालीले दिएको १६७ रनको लक्ष्य १९.१ ओभरमा ६ विकेट गुमाएर १७१ रन बनाउँदै चितवनले जित हात पारेको हो ।
चितवनका लागि बोपाराले ३५ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५१ रन बनाएका थिए । ओपनर दीपक बोहराले ४२ रन जोडे । सैफ अली जैबले १६ बलमा २ चौका र ४ छक्का मद्दतमा ३८ रन जोडे ।बलिङमा कर्णालीका कप्तान सोमपाल कामीले २ तथा मार्क वाट, युनिश सिंह र युवराज खत्रीले समान एक/एक विकेट लिएका थिए ।गत सिजन एकै टिमलाई दुई पटक हराउँदै कर्णालीले चितवनमाथि मनोवैज्ञानिक पकड जमाएको थियो।
दोस्रो खेलमा पोखरा एभेन्जर्स र विराटनगर किंग्स आमनेसामने हुँदैछन्। दुवैलाई गत वर्ष भोगेको निराशालाई उत्सबमा बदल्ने मौका छ। अघिल्लो सिजन सुपर ओभरमा जित हात पारेको पोखराले विराटनगरमाथि प्रभुत्व कायम राख्ने लक्ष्य बनाएको छ।