काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको उद्घाटन गरेकी छन् ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भव्य कार्यक्रमबीच प्रधानमन्त्री कार्कीले उक्त प्रतियोगिताको उद्घाटन गरेकी हुन् ।
उद्घाटन समारोहमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलगायतको उपस्थिति रहेको थियो ।
उद्घाटन समारोहमा त्रिवि मैदानमा हेलिकप्टरबाट पुष्पवृष्टि समेत गरिएको थियो । आजको उद्घाटन खेलमा काठमान्डु गोर्खाजले टस जितेर साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध फिल्डिङ गरिरहेको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा सुरु भएको प्रतियोगिता यही मङ्सिर २७ गतेसम्म चल्ने छ । प्रतियोगितामा आठ टोली सहभागी छन् ।