Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #फोनिज
  • #मालढुंगा-बेनी_सडक
  • #सकुन_सुनुवार
  • #जुडो
  • #मुदीगाउँ
  • #मानव अधिकार दिवस
  • #क्यामेरा_ट्यापिङ
  • #एनआरएनए
  • #नेपाल कम्युनिष्ट पार्टी
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • लुम्बिनी लायन्सको ‘मेन्टर’ मा रोबिन सिंह नियुक्त
लुम्बिनी लायन्सको ‘मेन्टर’ मा रोबिन सिंह नियुक्त
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक २०, २०८२

काठमाडौं‍ - लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ। लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना हुने नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि सिंहलाई मेन्टरमा नियुक्त गरेको हो। 

६२ वर्षीय रोबिन सिंहसँग प्रशिक्षणको लामो अनुभव छ। उनले इन्डियन प्रिमियर लिग ९आईपीएल० मा मुम्बई इन्डियन्स र क्यारेबियन प्रिमियर लिगमा बारबाडोस ट्रिडेन्ट्सको प्रशिक्षण सम्हालिसकेका छन्। य स्तै रोबिन सिंहले यूएईको राष्ट्रिय टिमलाई समेत प्रशिक्षण दिइसकेका छन्। खेलाडी जीवनबाट संन्यास लिएपछि सिंहले सुरूमा भारतको यू–१९ टिमको प्रशिक्षक बनेका थिए। 

सन् २००४ मा हङकङको प्रशिक्षक बनेका उनले हङकङलाई एसिया कपमा छनोट गराउन भूमिका खेलेका थिए। त्यसपछि सन् २००६ मा उनी भारत ए टिमको प्रशिक्षक बने। त्यसपछि २००७ र २००८ मा उनले भारतीय राष्ट्रिय टिममा फिल्डिङ प्रशिक्षकको रुपमा काम गरे। त्यसपछि सन् २००८ मा सुरू भएको आईपीएलको पहिलो सिजनमा सिंह डेक्कन चार्जर्सको प्रशिक्षक थिए। 

सन् २०१० मा मुम्बई इन्डियन्सको मुख्य प्रशिक्षक बनेका तीन सिजन मुम्बईको टिममा रहे। त्यसपछि मुम्बईले सन् २०१३ मा आईपीएल उपाधि जितेदेखि उनी कोचिङ संरचनामा समावेश थिए। उनी सन् २०१२ पछि बार्बाडोस ट्रिडेन्ट्सका प्रशिक्षक बनेका थिए। 

Hardik health

रोबिन सिंह सन् २०२० मा युएईको राष्ट्रिय टिमको डिरेक्टर अफ दि क्रिकेट तथा मुख्य प्रशिक्षक बने। उनकै प्रशिक्षणमा युएईले सन् २०२२ मा अष्ट्रेलियामा भएको आईसीसी टी–२० विश्वकप खेलेको थियो। सन् २०२३ देखि सुरू भएको इन्टरनेशनल लिग टी–२० मा उनी पहिलो सिजन एमआई इमिरेट्सको जीएम बनेका थिए। अर्को सिजन उनी एमआई इमिरेट्सको मुख्य प्रशिक्षक बन्दै टिमलाई च्याम्पियन बनाउन योगदान गरेका थिए। 

यस्तै खेलाडी हुँदा अलराउण्डर रहेका उनले भारतका लागि एक टेष्ट र १३६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले टेष्टमा एक खेलमा २७ रन मात्र बनाएका थिए। यस्तै एकदिवसीय अन्तर्राष्ट्रियमा दुई हजारभन्दा बढी रन बनाएका उनले ६९ विकेट लिएका थिए। दुई दशक लामो प्रशिक्षण अनुभव भएको रोबिन सिंहको आगमन र उनको अनुभवले लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग दोस्रो सिजनमा राम्रो नतिजा ल्याउने विश्वास छ। 

लुम्बिनी लायन्स टिमका अध्यक्ष इश्वर जिसी भन्छन्, “अन्तर्राष्ट्रिय क्रिकेटमा अनुभव र प्रतिभाले भरिपूर्ण रोबिन सिंहलाई लुम्बिनीमा ल्याउनु हाम्रो लागि मात्र होइन, समग्र नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउनको लागि पनि एउटा अवसर हो। उनले आफ्नो सानदार क्रिकेट करियरमा सिकेका अनुभव र रणनीतिहरूले नेपाली क्रिकेटका खेलाडीहरूलाई प्रेरित गर्नेछन्, साथै लुम्बिनी लायन्स अत्यन्त भाग्यशाली मान्दछ कि उहाँ जस्तो विश्वस्तरीय खेलाडी तथा प्रशिक्षकले हाम्रो टिमको नेतृत्व गर्दै हुनुहुन्छ। उहाँको नेतृत्व र योगदानले हाम्रो टिम एकदमै बलियो बन्दैछ र यसले पक्कै पनि हाम्रो लक्ष्यलाई सफलताको उचाइमा पुर्‍याउनेछ।”

रोबिन सिंहले लुम्बिनी लायन्सको मेन्टर बन्दा खुसी व्यक्त गरेका छन्। साथै उनले टिममा युवा प्रतिभावान खेलाडीहरूसँग आफ्नो अनुभव बाँड्न उत्साहितसमेत रहेको बताएका छन्।  “नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सको हिस्सा हुन पाउँदा म अत्यन्त खुसी छु। नेपालमा क्रिकेट तीव्र गतिमा वृद्धि हुँदैछ र म यहाँका युवा प्रतिभाहरूसँग आफ्नो अनुभव बाँड्दै जित्ने संस्कृतिको निर्माणका लागि योगदान दिन उत्सुक छु। लायन्समा ठूलो सम्भावना छ। हामीसँगै यस सिजनलाई हाम्रा समर्थकहरू र नेपाली क्रिकेटका लागि साँच्चिकै अविस्मरणीय बनाउन चाहन्छौँ।”–रोबिन सिंहले भने। 

लुम्बिनी लायन्सको मार्की खेलाडी नेपाली राष्ट्रिय टिमका कप्तान रोहित कुमार पौडेल छन्। यस्तै लुम्बिनीले दोस्रो सिजनका लागि विदेशी खेलाडीमा अष्ट्रेलियन डार्शी सर्ट र इटलीका बलर थोमस ड्राकालाई अनुबन्ध गरिसकेको छ र अन्य विदेशी खेलाडी पनि चाँडै घोषणा गरिनेछ।


 


प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  १४:१९
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
उपाधि जित्न विश्वास हुनपर्ने रहेछः कप्तान पौडेल
उपाधि जित्न विश्वास हुनपर्ने रहेछः कप्तान पौडेल आइतबार, मंसिर २८, २०८२
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक शुक्रबार, मंसिर २६, २०८२
शुक्रबारदेखि एसिया कप सुरु हुँदै 
शुक्रबारदेखि एसिया कप सुरु हुँदै  शुक्रबार, मंसिर २६, २०८२
साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र ट्रान्सपर्ट युनाइटेडबीचको खेल बराबरी
साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र ट्रान्सपर्ट युनाइटेडबीचको खेल बराबरी शुक्रबार, मंसिर २६, २०८२
एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने शुक्रबार, मंसिर २६, २०८२
आइबिए पुरुष विश्व बक्सिङ प्रतियोगितामा बक्सर चन्द्रलाई काँस्य
आइबिए पुरुष विश्व बक्सिङ प्रतियोगितामा बक्सर चन्द्रलाई काँस्य शुक्रबार, मंसिर २६, २०८२
विराटनगर किंग्सले लुम्बिनीविरुद्ध पहिले बलिङ गर्दै
विराटनगर किंग्सले लुम्बिनीविरुद्ध पहिले बलिङ गर्दै बिहीबार, मंसिर २५, २०८२
लोकप्रिय
  • Week
  • Month
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
विवाहको १८औँ वर्षगाँठमा 'नसोधी'
विवाहको १८औँ वर्षगाँठमा 'नसोधी'
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP