Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #एनएफपिजे
  • #फाउल_पोक्स
  • #निर्वाचन_आयोग
  • #श्रम संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा
  • #सिसी क्यामेरा
  • #रास्वपा
  • #गगनकुमार थापा
  • #नाकछोङ
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • नेपालले भारतलाई २-१ ले पराजित
नेपालले भारतलाई २-१ ले पराजित
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, कात्तिक १०, २०८२

काठमाडौं- ट्राई नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबलको दोस्रो खेलमा नेपालले भारतलाई पराजित गरेको छ ।शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा कप्तान सावित्रा भण्डारी साम्बाको दुई गोल मद्तमा नेपालले भारतलाई २-१ ले पराजित गरेको हो ।

सावित्राले खेलको दोस्रो मिनेटमै गोल गरी नेपाललाई अग्रता दिलाएकी थिइन् । विमला विकले मैदानको आफ्नै भागबाट दिएको लामो पासमा सावित्राले भारतीय डिफेण्डरलाई पछि पार्दै गोल गरेकी हुन् । सावित्राले नै ६२औं मिनेटमा फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । घरेलु टोली भारतले ८१औं मिनेटमा गोल फर्कायो । भारतका लागि करिषमा श्रीरभोइकारले गोल गरिन् ।

ट्राईनेसन्स कपमा इरानले भारत  र नेपाललाई हराएर यसअघि नै उपाधि जितेपछि यो खेल प्रतिष्ठाको लडाईँको रुपमा रहेको थियो । जहाँ नेपालले भारतलाई उसैको मैदानमा हराउन सफल भयो ।भारत विरुद्ध जितमा फेरि एकपटक सावित्रा नै नायक रहिन् । उनले भारत विरुद्ध अहिलेसम्म ९ गोल गरिसकेकी छिन् । समग्रमा भने सावित्राले नेपालका लागि ६८ गोल पुर्‍याएकी छिन् ।

Hardik health

पछिल्लो समयम महिला फुटबलमा भारत विरुद्ध नेपालले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । भारत विरुद्धको नेपालको यो चौथो जित हो । यसअघि नेपालले सन् २०१९ मा भारतमै भएको हिरो गोल्डकपमा पहिलो पटक भारतलाई पराजित गरेको थियो । भारतलाई उसैको मैदानमा नेपालले दोस्रो पटक पराजित गरेको हो ।

यस्तै काठमाडौंसमा सन् २०२२ र २०२४ मा भएको साफ महिला च्याम्पियनसिपमा पनि नेपालले भारतलाई पराजित गरेको थियो । यो जितसहित पछिल्लो पाँच खेलमा नेपालले भारतसँग अपराजित छ । भारत विरुद्धको खेलबाट युवा फरवार्ड मिना देउवाले पनि नेपालको सिनियर महिला टिमबाट डेब्यु गरेकी छिन् । नेपाल यू १९ महिला टिमकी फरवार्ड उनले उनले ७६औं मिनेटमा रेखा पौडेलको स्थानमा मैदान प्रवेश गर्दै राष्ट्रिय टिमबाट डेब्यु गरेकी हुन् ।

यस्तै मुख्य प्रशिक्षक नविन न्यौपानेले पनि महिला टिमको प्रशिक्षकको रुपमा पहिलो जित आत्मसाथ गरेका छन् ।


प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२  २०:२४
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
क्रिकेट खेलाडी धामी बिज एजुकेशनका ब्रान्ड एम्बासडर
क्रिकेट खेलाडी धामी बिज एजुकेशनका ब्रान्ड एम्बासडर मंगलबार, पुस ८, २०८२
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त   सोमबार, पुस ७, २०८२
‘मिसन-२०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण
‘मिसन-२०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण सोमबार, पुस ७, २०८२
राष्ट्रपतिद्वारा किन्डर ओलम्पिकको मस्कट अनावरण
राष्ट्रपतिद्वारा किन्डर ओलम्पिकको मस्कट अनावरण शुक्रबार, पुस ४, २०८२
राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण
राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण शुक्रबार, पुस ४, २०८२
खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट
खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट शुक्रबार, पुस ४, २०८२
नेपाल अफगानिस्तानसँग पराजित
नेपाल अफगानिस्तानसँग पराजित बिहीबार, पुस ३, २०८२
लोकप्रिय
  • Week
  • Month
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
नबिल बैंककाे   पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
नबिल बैंककाे पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP