Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #एनएफपिजे
  • #फाउल_पोक्स
  • #निर्वाचन_आयोग
  • #श्रम संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा
  • #सिसी क्यामेरा
  • #रास्वपा
  • #गगनकुमार थापा
  • #नाकछोङ
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • चार विधामा ‘गलकोट कप’ भलिबल प्रतियोगिता हुँदै
चार विधामा ‘गलकोट कप’ भलिबल प्रतियोगिता हुँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक ११, २०८२

गण्डकी- जिल्ला भलिबल स‌ंघ बागलुङको आयोजना र गलकोट नगर भलिबल सङ्घको संयोजनमा यही कात्तिक १७ देखि ३० गतेसम्म विभिन्न चार विधामा ‘गलकोट कप’ भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । 

खुला वडास्तरीय पुरुष भलिबल, खुला पालिकास्तरीय महिला भलिबल, भेट्रान्स कप र माध्यमिक विद्यालयस्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको गलकोट नगर भलिबल सङ्घका अध्यक्ष एवं कार्यक्रम संयोजक होमबहादुर थापाले जानकारी दिए । 

गलकोट–६ बसाहफाँटमा सञ्चालन हुने चारवटै विधाका प्रतियोगितामा अहिलेसम्म ५१ समूह सहभागी हुने निश्चित भइसकेको उहाँले बताए । उनका अनुसार भेट्रान्स कपका लागि १६, खुला वडास्तरीय पुरुष भलिबलमा १२, माध्यमिक विद्यालयस्तरीय पुरुष भलिबलमा १६ र खुला पालिकास्तरीय महिला भलिबल प्रतियोगितामा सात समूह सहभागी हुनेछन् ।

खुला प्रतियोगिता भएकाले जुनसुकै जिल्लाका पालिका र वडाका समूहले सहभागिता जनाउन सक्ने अध्यक्ष थापाले बताए । प्रतियोगिताको खुला पुरुषतर्फको खेलका विजेताले ट्रफी र मेडलसहित रु दुई लाख एक हजार १११, उपविजेताले रु एक लाख एक हजार १११ र तेस्रो हुनेले रु ५१ हजार १११ पुरस्कार प्राप्त गर्नेछन् । 

Hardik health

भेट्रान्स कप भलिबको विजेताले ट्रफी र मेडलसहित रु एक लाख, उपविजेताले रु ६० हजार र तेस्रो स्थान हासिल गर्नेले रु ३५ हजार पुरस्कार प्राप्त गर्नेछन् । खुला पालिकास्तरीय महिला भलिबल प्रतियोगिताका विजेताले ट्रफी र मेडसहित रु ५१ हजार १११, उपविजेताले रु ३० हजार १११ र तृतियले रु १५ हजार १११ प्राप्त गर्नेछन् । 

माध्यमिक विद्यालयस्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेतालाई ट्रफी र मेडलसहित रु ३५ हजार, उपविजेतालाई रु २० हजार र तृतीयलाई रु १० हजार पुरस्कार प्रदान गरिने कार्यक्रम संयोजक थापाले बताउनुभयो । उक्त अवसरमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको उहाँको भनाइ छ । 

सामूहिक लोकनृत्य प्रतियोगिता, एकल नृत्य प्रतियोगिता, खुला डबल ब्याडमिन्टन प्रतियोगिता, आमासमूहस्तरीय पञ्चेबाजामा नृत्य प्रतियोगिता र माछा छोप्ने प्रतियोगिता आयोजना गरिएको छ । 

सामूहिक लोकनृत्य प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय पुरस्कार क्रमशः रु २५ हजार, रु १५ हजार र रु सात हजार राखिएको छ । एकल नृत्यतर्फ रु १५ हजार, रु १० हजार र रु सात हजार राखिएको छ । डबल ब्याडमिन्टन प्रतियोगितामा प्रथम हुनेलाई रु ३५ हजार र दोस्रो हुनेलाई रु २० हजार प्रदान गरिनेछ । पञ्चेबाजामा हुने नृत्यमा प्रथम हुनेलाई रु १० हजार, दोस्रो हुनेलाई रु पाँच हजार र तेस्रो हुनेलाई रु दुई हजार ५०० पुरस्कारको व्यवस्था गरिएको छ । 

स्थानीय दरमखोलामा हुने माछा छोप्ने (हत्केला खेल्ने) प्रतियोगिताका विजेतालाई रु १० हजार पुरस्कार प्रदान गरिने कार्यक्रम संयोजक थापाले बताउनुभयो । कार्यक्रम अवधिभर विभिन्न विधाका कलाकारको साङ्गीतिक प्रस्तुति रहने उनले उल्लेख गरे ।

 


प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२  ०९:५५
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
क्रिकेट खेलाडी धामी बिज एजुकेशनका ब्रान्ड एम्बासडर
क्रिकेट खेलाडी धामी बिज एजुकेशनका ब्रान्ड एम्बासडर मंगलबार, पुस ८, २०८२
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त   सोमबार, पुस ७, २०८२
‘मिसन-२०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण
‘मिसन-२०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण सोमबार, पुस ७, २०८२
राष्ट्रपतिद्वारा किन्डर ओलम्पिकको मस्कट अनावरण
राष्ट्रपतिद्वारा किन्डर ओलम्पिकको मस्कट अनावरण शुक्रबार, पुस ४, २०८२
राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण
राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण शुक्रबार, पुस ४, २०८२
खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट
खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट शुक्रबार, पुस ४, २०८२
नेपाल अफगानिस्तानसँग पराजित
नेपाल अफगानिस्तानसँग पराजित बिहीबार, पुस ३, २०८२
लोकप्रिय
  • Week
  • Month
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
नबिल बैंककाे   पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
नबिल बैंककाे पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP