Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #एनपिएल
  • #त्रिवि_क्रिकेट
  • #स्टार्टअप
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • मलेसियाविरुद्धको हार उल्ट्याउन फिफासमक्ष नेपालको निवेदन
मलेसियाविरुद्धको हार उल्ट्याउन फिफासमक्ष नेपालको निवेदन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असोज ३०, २०८२
Hardik health

काठमाडौं -  एसियन कप छनोटका क्रममा मलेसियासँग हार व्यहोरेको नेपालले सो नतिजा उल्ट्याउन औपचारिक निवेदन दिएको छ । साउदी अरेबियामा सन् २०२७ मा हुने एसिएन कप छनोट प्रक्रियाअन्तर्गत ‘२–०’ले नेपाल पराजित भएको थियो ।

सो छनोट प्रतियोगितमा भाग लिने मलेसियन खेलाडी प्रतिबन्धित भएसँगै विश्व फुटवल नियामक संस्था ‘फिफा’समक्ष नेपालले निवेदन दिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिए ।
 
गत महिना ‘फिफा’ले मलेसियाको राष्ट्रिय फुटवल टोलीमा सङ्लग्न सात जना विदेशी खेलाडीलाई एक वर्षका लागि प्रतिबन्ध लगाउँदै फुटबल सङ्घ (एफएएम)लाई चार लाख ४० हजार अमेरिकी डलर जरिवाना गरेको अन्तरराष्ट्रिय समाचार एजेन्सी ‘एएफपी’ले जनाएको छ ।
 
यसरी प्रतिबन्धित खेलाडीमध्येका एक ‘हेक्टर हेभल’ले मलेसियाको ‘जोहोर’मा सम्पन्न छनोट खेलमा नेपालका विरुद्ध पहिलो गोल गरेका थिए । “हामीले उक्त खेलमा अयोग्य खेलाडी खेलेको विषयमा ‘फिफा’सँग सम्पर्क गरिसकेका छौँ । त्यसैले नतिजा उल्ट्याउनुपर्छ भन्ने हाम्रो माग हो, सोहीबमोजिम निवदेन दिएका हौँ ।” एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले भने ।
 
मलेसियाका तर्फबाट खेलेका ती सात खेलाडीले आफ्ना मलेसियाली पुर्खाको दाबी गर्न नक्कली कागजात प्रयोग गरेको  फिफाको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । फिफाका अनुसार तिनीहरूमध्ये कसैको पनि आमाबाबु वा हजुरबुबा मलेसियामा नजन्मेको ‘एएफपी’ले जनाएको छ ।
 
यसैबीच मलेसियाको फुटवल सङ्घले सो सम्बन्धमा जानाजानी कुनै पनि गलत काम नगरेको स्पष्ट गर्दै खेलाडीहरूको योग्यतासम्बन्धी निर्णय ‘कानुनी प्रक्रियाअनुसार’ नै भएको भन्ने दावी गरेको छ ।प्रतिबन्धित ती सात खेलाडी गत जुनमा भियतनामविरुद्ध भएको खेलमा पनि सहभागी भएको र उक्त एसिएन कप छनोट खेलमा मलेसियाले ४–० को विजय हासिलसमेत गरेको एएफपीले जनाएको छ ।   
    
हालसम्म चार खेल खेलिसकेको नेपाल कुनै पनि अंक प्राप्त गर्न नसकेर समूह ‘एफ’को अन्तिम स्थानमा रहेको छ । मलेसिया १२ अंकका साथ शीर्ष स्थानमा छ भने भियतनाम नौ अंकसहित दोस्रो र लाओस तीन अंक प्राप्त गरी तेस्रो स्थानमा रहन सफल भएको छ ।


प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२  १४:३२
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
प्रधानमन्त्री कार्कीद्वारा नेपाल प्रिमियर लिगको उद्घाटन
प्रधानमन्त्री कार्कीद्वारा नेपाल प्रिमियर लिगको उद्घाटन सोमबार, मंसिर १, २०८२
एनपिएल उद्घाटन खेल हुँदै 
एनपिएल उद्घाटन खेल हुँदै  सोमबार, मंसिर १, २०८२
क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह
क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह सोमबार, मंसिर १, २०८२
एनपिएल : आज जनकपुर र काठमाडौँ भिड्दै
एनपिएल : आज जनकपुर र काठमाडौँ भिड्दै सोमबार, मंसिर १, २०८२
फिफा विश्वकप २०२६ का लागि २९ देश छनोटमा 
फिफा विश्वकप २०२६ का लागि २९ देश छनोटमा  शुक्रबार, कात्तिक २८, २०८२
जनकपुर बोल्ट्स र हेटौंडा स्कुलकाे पुन सम्झाैता
जनकपुर बोल्ट्स र हेटौंडा स्कुलकाे पुन सम्झाैता शुक्रबार, कात्तिक २८, २०८२
गरिमाकाे  रोड रेस  हुँदै
गरिमाकाे रोड रेस हुँदै बुधबार, कात्तिक २६, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP