काठमाडौं - श्रीलंकाको कोलोम्बोमा आगामी कात्तिक १८ देखि २३ गतेसम्म हुने काभा यू-१९ महिला भलिबल प्रतियोगिताका लागि नेपालको अन्तिम टोली घोषणा भएको छ।
नेपाल भलिबल संघले प्रशिक्षणका लागि १८ जना खेलाडी छनोट गरे पनि २ जना खेलाडी स्वेच्छाले बन्द प्रशिक्षणमा सहभागी नभएकाले १६ जनामध्येबाट १२ जनाको अन्तिम टोली चयन गरेको हाे ।
टोलीमा ६ जना नयाँ खेलाडीहरू छन् । अघिल्लो वर्ष यू-२० च्याम्पियनसिपमा खेलेका जेनिसा विश्वकर्मा, मिना सुनार, आसिका क्षेत्री, निशा महर, एन्जिला प्रधान र भावना तामाङ यू-१९ टोलीमा पनि परेका छन् ।
नेपालको टोली :
१ जेनिसा विश्वकर्मा,
२ मिना सुनार,
३ आसिका क्षेत्री,
४ क्रिस्मा डांगी,
५ निशा महर,
६ सम्झना नेपाली,
७ एन्जिला प्रधान,
८ भावना तामाङ,
९ प्रतिभा चौधरी,
१० स्न्निता खत्री,
११ रेविका लामा तामाङ र
१२ विनिता राना