काठमाडौं - एशियन च्याम्पियनसिपमा रेहान जावेदलाई काँस्य पद जितेका छन् । चीनको साओगनमा सम्पन्न अण्डर २१ एकेएफ कराते च्याम्पियनसिपमा रेहान जावेदले काँस्य पदक जित्न सफल भएका हुन् ।
जावेदले जुनियर क्याडेट व्यक्तिगत काता तर्फ नेपाललाई कास्य पदक दिलाउन सफल भएका हुन् । एशियन च्याम्पियनसिपमा जुनियर काता तर्फ नेपालले जितेको यो ऐतिहासिक पदक पनि हो । जावेद नेपाल सितोरियो कराते संघ शाखा डोजो लैनचौरका खेलाडि हुन् ।