काठमाडौं- दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) १७ वर्षमुनिका महिला साफ यु-१७ च्याम्पियनसिप सम्मिलित प्रतियोगिता हुँदैछ । जसअन्तर्गत आज नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुने भएको हो ।
नेपाली समयअनुसार खेल आज अपराह्न २ः४५ बजे हुने अखिल नेपाल फुटबल सङ्घले जनाएको छ । नेपाल आजको खेल जित्नुपर्ने दबाबमा छ । गत आइतबार बङ्गलादेशसँग भएको खेलमा नेपाल ३-० गोलले पराजित भएको थियो ।बल राउन्ड रोबिन लिगमा जारी प्रतियोगितामा भारत नौ अङ्कका साथ पहिलो स्थानमा छभने छ अङ्क लिएर बङ्गलादेश दोस्रो स्थानमा छ । तीन अङ्कका साथ नेपाल तेस्रो स्थानमा छ । घरेलु मैदानमा कुनै जित ननिकालेको भुटान चौथो स्थानमा छ । प्रतियोगितामा यिनै चार देश सहभागी छन् ।
खेल तालिकाअनुसार यही भदौ १३ गते नेपालले भारतको सामना गर्ने छ भने १५ गते भुटानसँग भिड्ने छ ।