काठमाडौं- थाइल्याण्ड राष्ट्रिय महिला भलिबल टोलीकी आउटसाइड हिटर दारिन पिन्सुवान ललितपुर क्विन्समा आबद्ध भएकी छन् । ललितपुरले उनलाई विदेशी खेलाडीको रुपमा अनमोदन गरेको हो।
पोखरामा अर्को सातादेखि हुने एभरेष्ट महिला भलिबल लिगमा सहभागी जनाउन लागेको ललितपुर क्विन्सले आफ्नो तेस्रो विदेशी खेलाडीको रुपमा दारिनलाई अनुबन्ध गरेको छ । ललितपुरले यसअघि थाइल्याण्डकै वारन्या श्रिलाओङ र पट्राथिप सान्त्रकुनलाई अनुबन्ध गरिसकेको थियो ।
३० वर्षकी दारिनसँग थाइल्याण्ड, दक्षिण कोरिया, चाइनिज ताइपेई जस्ता राष्ट्रियहरुमा खेलिसकेको अनुभव छ। उनी सम्मीलित थाइल्याण्ड राष्ट्रिय महिला भलिबल टोलीले सन् २०१४ मा दक्षिण कोरियाको इन्चोन सहरमा आयोजना भएको एसियन गेम्समा कास्य पदक जितेको थियो।
रुप्से होलिडेजले ललितपुर क्विन्स मुख्य प्रायोजन गरेको छ भने प्रायोजकको रुपमा आईएमई जनरल इन्स्युरेन्स लिमिटेडले ललितपुरलाई साथ दिएको छ । दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग भदौ २० देखि २८ सम्म हुनेछ ।