काठमाडौं– अस्ट्रेलियाको डार्विनमा जारी ‘टप एण्ड टी-२० सिरिज’को उद्घाटन खेल हुँदैछ । खेल नेपाल र अस्ट्रेलियाली क्लब नर्दर्न टेरिटोरी स्ट्राइकरबीच हुने भएको हो ।
नेपाली समयअनुसार मरारा क्रिकेट मैदानमा आज अपराह्न २ः१५ बजे खेल सुरु हुनेछ । ट्वान्टी-२० विश्वकप छनोटको तयारीस्वरूप पहिलोपटक यो प्रतियोगितामा नेपाल सहभागी भएको हो । प्रतियोगितामा आयोजक अस्ट्रेलियासहित अमेरिका, पाकिस्तानलगायत ११ देशका टोली प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिता आगामी भदौ ८ गतेसम्म जारी रहने छ ।