एजेन्सी - श्रीलंकामा आइतबार भएको दक्षिण एसियालीस्तरीय २५औँ अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट लक्मल्स च्यालेञ्ज २०२५ मा नेपाल क्योकुशिन सेईसिन काईकान कराते संघबाट सहभागि नेपाली खेलाडी सनी सिंहले स्वर्ण पदक जित्न सफल भएका छन्।
प्रतियोगितामा श्रीलंकाका खेलाडीसँग दुई राउण्ड ड्र भएर तेस्रो पटकको भिडन्तमा नेपाली खेलाडीले स्वर्ण पदक, ट्रफी तथा एक लाख नगद पुरस्कार हात पार्न सफल भएका छन्।
नेपाल क्योकुशिन सेईसिन काईकान कराते संघका अध्यक्ष तथा नेपाल प्रमुख शिहान अशोक कुमार श्रेष्ठको नेतृत्वमा नेपालका खेलाडी सहभागी भएको उक्त प्रतियोगिताको अफिसियलमा प्रशिक्षक रामशरण राणा, प्रशिक्षक सम्पूर्ण महर्जन तथा खेलाडी शनी सिंहले सहभागिता जनाएका थिए।
यो प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश तथा श्रीलंकाका खेलाडीहरुले सहभागिता जनाएका थिए।