काठमाडाैं - राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उज्वेकिस्तानमा २९ औं एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुने प्रतियोगिहरूलाई बिदाइ गरेकाे छ ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङले च्याम्पियनसिपमा सहभागी हुने ६ खेलाडीसहित ८ सदस्यीय नेपाली टोलीलाई एक कार्यक्रमबीच बिदाइ गरेका हुन् ।
उज्वेकिस्तानको तास्केन्टमा असार १२ देखि १८ गतेसम्म हुने साे प्रतियोगिता हुनेछ । पुरुषमा प्रवेश बस्नेत, हिमाल विष्ट र गनञ्जय दाहाल तथा महिलामा योङगी पौडेल, वियंका राई र इभाना थापाले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
सो अवसरमा राखेप कार्यकारी समितिका सदस्य भानबहादुर चन्द, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, महासचिव कुँवेरप्रकाश सिंहलगायतको उपस्थिति रहेको थियो ।