काठमाडौं - सुन्दरीमाई तेक्वान्दो डोजाङ नेपालले चर्चित तेक्वान्दो खेलाडी ग्राण्ड मास्टर, चलचित्रका नायक,कलाकार एवम् निर्माता राजकुमार राईलाई सुन्दरीमाई तेक्वान्दो डोजाङ नेपालले सम्मान गरेको छ। शुक्रबार डोजाङको कार्यलय सुन्दरीजल काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी राईलाई सम्मानित गरेको हो।
उनले तेक्वान्दो खेलमार्फत अन्तराष्ट्रिय स्वर्ण पदक समेत जितेका छन्। राईले खेलकुदको माध्यमबाट नेपाललाई विश्वमा चिनाएका छन् । उक्त कार्यक्रममा ग्राण्ड मास्टर राईले खेलप्रति जीवनको अनुभव सुनाउँदै खेलाडीहरूलाई केही समय प्रशिक्षण दिई हौसला दिए ।
कार्यक्रमका अतिथिहरू नेपाल मिडिया हाउस प्रालि तथा राष्ट्रिय विज्ञापन संघ नेपालका सचिव नवराज निरौंला, होटल तथा पर्यटन व्यवसाय एवम् खेलाडी अमित काफ्ले, डोजाङ कोषाध्यक्ष एवम् राष्ट्रिय तेक्वान्दो संघ काठमाडौँ शाखाका अध्यक्ष कुन्ती काफ्ले, बैकुन्ठ महत लगायतका अतिथिहरू रहेका थिए।