Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #नेपाली कांग्रेस
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #पुतली_नाच
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #सोनाम_ल्होछार
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • ‘ग्रो टेनिस’का लागि ‘टेनिस ट्यालेन्ट हन्ट’ सञ्चालन गरिँदै
‘ग्रो टेनिस’का लागि ‘टेनिस ट्यालेन्ट हन्ट’ सञ्चालन गरिँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ १२, २०८२

कास्की- गण्डकी प्रदेश टेनिस सङ्घले देशका लागि आवश्यक सक्षम र व्यावसायिक टेनिस खेलाडी उत्पादनका दीर्घकालीन योजनाअन्तरगत ‘ग्रो टेनिस’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । टेनिस ट्यालेन्ट हन्ट(प्रतिभाको खोजी)मार्फत देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षमताका टेनिस खेलाडी उत्पादन गर्ने लक्ष्य सङ्घको छ । दीर्घकालीन र महत्वकांक्षी योजनाअन्तर्गत आठ वर्षमा १० जना राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य लिइएको गण्डकी प्रदेश टेनिस सङ्घका अध्यक्ष विनोद कायस्थले बताए ।

उनका अनुसार विपन्न तथा आर्थिक अवस्था कमजोर भएका परिवारका आठदेखि १२ वर्षसम्मका बालबालिका मध्येबाट खुला आवेदन माग गरेर पहिलो चरणमा ४० जना छनोट गरिने छ ।  छनोट भएकालाई ६ महिना प्रशिक्षण गराएर उत्कृष्ट ३०, त्यसपछि पुनः प्रशिक्षण गराएर उत्कृष्ट १० जना छनोट गर्ने तयारी गरिएको कायस्थले बताए।

अन्तिम छनोटमा आठजना बालक र दुई जना बालिका छनोट गरी उनीहरूलाई आठ वर्षसम्म टेनिस प्रशिक्षण गराइनेछ । छनोट भएका खेलाडीको शिक्षादेखि आवाससम्मको सबै व्यवस्था सङ्घले गर्नेछ ।  अध्यक्ष कायस्थले भने, “छनोट भएका बालबालिकाका लागि टेनिस खेल्नका लागि चाहिने बल,  र्‍याकेट, जर्सी, उनीहरूलाई चाहिने दैनिक डाईट र यातायात खर्चपनि हामी नै बेहोर्छौँं ।” सङघका महासचिव नवीन चालिसले एक जना खेलाडी बराबर करिब रू १५/१६ लाख खर्च हुने अनुमान गरिएको बताए। 

Hardik health

“हामीले दाताहरू खोजिसकेका छौँ । टेनिसका प्रशिक्षकदेखि अग्रज खेलाडीले नै सहयोग गर्नेछन् । एक व्यक्ति एक स्पोन्सर खोजेका छौँ,” अध्यक्ष कायस्थले बताए । ‘ग्रो टेनिस’ पोखरा चिनाउने अभियानसमेत भएको बताइन्छ । “पोखरा अहिले प्याराग्लाईडिङले चिनिन्छ । पर्यटनको राजधानीले परिचित छ । अभियानमार्फत खेलाडी उत्पादन गरेर पोखरालाई टेनिसबाट चिनाउने छौँ,” उनले भने । गण्डकी विश्वविद्यालयका प्राध्यापक सोनाम लामाले ‘ग्रो टेनिस’ कार्यक्रम नेपाली खेलकुदलाई व्यावसायिक बनाउन अग्रगामी कदम हुने विश्वास व्यक्त गरे । 


प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १२:००
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
नेपाल थाइल्याण्डसँग पराजित
नेपाल थाइल्याण्डसँग पराजित आइतबार, माघ ४, २०८२
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य आइतबार, माघ ४, २०८२
थाइल्यान्डविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै
थाइल्यान्डविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै आइतबार, माघ ४, २०८२
हाफ म्याराथनको उपाधि गुरुङलाई
हाफ म्याराथनको उपाधि गुरुङलाई बुधबार, पुस ३०, २०८२
बंगलादेशले  फेरि भन्यो  टि-२० विश्वकपमा  भारत नआउने
बंगलादेशले  फेरि भन्यो  टि-२० विश्वकपमा  भारत नआउने बुधबार, पुस ३०, २०८२
दशरथ रंगशालामा एन्फा लिग शुक्रबारबाट सुरु हुने
दशरथ रंगशालामा एन्फा लिग शुक्रबारबाट सुरु हुने सोमबार, पुस २८, २०८२
बैंगलोर क्यालिस्थेनिक्स : नेपाली खेलाडीले रचे इतिहास
बैंगलोर क्यालिस्थेनिक्स : नेपाली खेलाडीले रचे इतिहास आइतबार, पुस २७, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP