Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #नेपाली कांग्रेस
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #पुतली_नाच
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #सोनाम_ल्होछार
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • भारतीय क्रिकेटर विराट कोहलीद्वारा टेस्ट क्रिकेटबाट सन्न्यास घोषणा
भारतीय क्रिकेटर विराट कोहलीद्वारा टेस्ट क्रिकेटबाट सन्न्यास घोषणा
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख २९, २०८२

नयाँदिल्ली - भारतले इङ्ल्यान्ड भ्रमणका लागि आफ्नो टोली घोषणा गर्नुभन्दा केही दिनअघि महान ब्याट्सम्यान विराट कोहलीले सोमबार टेस्ट क्रिकेटबाट तत्काल सन्न्यासको घोषणा गरेका छन्  । एक सय २३ खेलमा ४६ दशमलव ८५ को औसतमा नौ हजार दुई सय ३० रन बनाएका कोहलीले भारतीय कप्तान रोहित शर्माले आफ्नो टेस्ट करियर समाप्त गरेको पाँच दिनपछि इन्स्टाग्राममा यो निर्णय पोस्ट गरेका हुन्  ।

सन् २०११ मा पदार्पण गरेदेखि कोहलीले ३० शतक र ३१ अर्धशतक बनाए । उनको उच्चतम स्कोर २५४ नटआउट थियो ।“टेस्ट क्रिकेटमा मैले पहिलो पटक ब्यागी ब्लु लगाएको १४ वर्ष भयो”, २७ करोड १० लाख फलोअर्स भएको आफ्नो इन्स्टाग्रामको आधिकारिक फिडमा पोस्ट गर्दै ३६ वर्षीय कोहलीले भने, “इमान्दारीपूर्वक, मैले कहिल्यै कल्पना गरेको थिइनँ कि यो प्रारूपले मलाई कस्तो यात्रामा लैजानेछ । यसले मलाई परीक्षा गर्‍यो, मलाई आकार दियो र मलाई जीवनभरि लिएर हिँड्ने पाठहरू सिकायो, जसै म यो प्रारूपबाट टाढा जाँदैछु, यो सजिलो छैन  तर यो सही लाग्छ । मैले यसलाई मेरो सबै कुरा दिएँ र यसले मलाई मैले आशा गरेको भन्दा धेरै बढी फिर्ता दिएको छ ।”

एक प्रेरणादायी व्यक्तित्व कोहली सन् २०२२ मा यस भूमिकाबाट अलग हुनुअघि ६८ खेलमा ४० जित र १७ हारका साथ भारतका सबैभन्दा सफल टेस्ट कप्तान हुन् । त्यसपछि ६० खेलमा २७ जितका साथ महेन्द्र सिंह धोनी र ४९ खेलमा २१ जितका साथ सौरभ गाङ्गुली हुन् ।

Hardik health

“खेलप्रति मैले मैदानमा साझा गरेका मानिसहरूप्रति र बाटोमा मलाई देखिएको महसुस गराउने हरेक व्यक्तिप्रति म कृतज्ञताले भरिएको हृदयले बिदा लिँदैछु”, उनले भने, “म सधैँ मेरो टेस्ट करियरलाई मुस्कानका साथ फर्केर हेर्नेछु ।”  पाँच दिवसीय खेलमा कोहलीको फर्मको कमी उहाँको सन्न्यास लिने निर्णय गरेको हुन सक्छ ।

सन् २०११ देखि २०१९ को बीचमा उनको औसत ५५ नजिक पुगेको थियो भने पछिल्लो २४ महिनामा यो सङ्ख्या घटेर ३२ दशमलव ५६ मा झरेको छ ।  कोहलीको अन्तिम टेस्ट जनवरीमा सिड्नीमा भएको थियो । उक्त टेस्टमा भारत पराजित भएको थियो र यससँगै अस्ट्रेलियासँग ३–१ ले शृङ्खला हारेको थियो ।

पर्थमा भएको पहिलो टेस्टको दोस्रो इनिङ्समा अपराजित शतक बाहेक कोहलीले पाँच टेस्टको शृङ्खलामा आठ पारीमा ९० रन मात्र बनाउन सके । छत्तिस वर्षीय कोहली अस्ट्रेलियाका स्टिभ स्मिथ, न्युजिल्यान्डका केन विलियम्सन र इङ्गल्यान्डका जो रुटसँगै पछिल्लो एक दशकमा टेस्ट क्रिकेटमा प्रभुत्व जमाउने महान ब्याट्सम्यानहरूको ‘फ्याब फोर’ चौकडीको हिस्सा थिए ।

‘किङ्ग कोहली’ उपनामले चिनिने उनी तीनवटा अन्तर्राष्ट्रिय ढाँचामा भारतको ब्याटिङको मेरुदण्ड हुनुहुन्थ्यो र गत वर्ष बार्बाडोसमा आफ्नो टोलीको विश्वकप फाइनल जितमा म्याच जित्ने पारीका साथ आफ्नो टि–२० करियरको अन्त्य गरेका थिर्ए । त्यसपछि कोहलीले रोहितसँगै सबैभन्दा छोटो प्रारूपबाट बिदा लिए  । 


प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  १५:०७
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
नेपाल थाइल्याण्डसँग पराजित
नेपाल थाइल्याण्डसँग पराजित आइतबार, माघ ४, २०८२
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य आइतबार, माघ ४, २०८२
थाइल्यान्डविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै
थाइल्यान्डविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै आइतबार, माघ ४, २०८२
हाफ म्याराथनको उपाधि गुरुङलाई
हाफ म्याराथनको उपाधि गुरुङलाई बुधबार, पुस ३०, २०८२
बंगलादेशले  फेरि भन्यो  टि-२० विश्वकपमा  भारत नआउने
बंगलादेशले  फेरि भन्यो  टि-२० विश्वकपमा  भारत नआउने बुधबार, पुस ३०, २०८२
दशरथ रंगशालामा एन्फा लिग शुक्रबारबाट सुरु हुने
दशरथ रंगशालामा एन्फा लिग शुक्रबारबाट सुरु हुने सोमबार, पुस २८, २०८२
बैंगलोर क्यालिस्थेनिक्स : नेपाली खेलाडीले रचे इतिहास
बैंगलोर क्यालिस्थेनिक्स : नेपाली खेलाडीले रचे इतिहास आइतबार, पुस २७, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP