Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #नेपाली कांग्रेस
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #पुतली_नाच
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #सोनाम_ल्होछार
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • आइपिएल प्रमुखहरू युद्धविरामपछि पुनः सुरु गर्नेबारे वार्तामा
आइपिएल प्रमुखहरू युद्धविरामपछि पुनः सुरु गर्नेबारे वार्तामा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख २८, २०८२

एजेन्सी -  भारत र पाकिस्तानले आफ्नो घातक सीमा विवादमा युद्धविराम गर्न सहमति गरेपछि भारतीय क्रिकेट नियन्त्रण बोर्डका अधिकारीहरू आइतबार इन्डियन प्रिमियर लिग (आइपिएल) छिटो पुनः सुरु गर्नेबारे छलफल गर्न बैठक बसिरहेको बताइएको छ ।

आणविक–सशस्त्र छिमेकी भारत र पाकिस्तानले शनिबार शत्रुताको अन्त्य गर्न आह्वान गरे र भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) सचिव देवजित सैकियाले क्रिकबज वेबसाइटलाई उहाँहरूले ‘विकसित परिस्थितिलाई नजिकबाट अनुगमन गरिरहेको’ बताएका छन्  ।

सैकियाले भने, “आइपिएलका सबै सरोकारवाला र सम्बन्धित सरकारी अधिकारीहरूसँग परामर्श गरेपछि आइपिएल पुनः सुरु गर्ने बारे निर्णय लिइनेछ ।”बिसिसिआईका उपाध्यक्ष राजीव शुक्लाले भारतीय मिडियालाई भविष्यको कार्ययोजना निर्धारण गर्न आइतबार बैठक बस्ने बताएका छन् ।   उत्तरी सहर जम्मूबाट दुई सय किलोमिटरभन्दा कम दूरीमा रहेको धर्मशालामा पञ्जाब किङ्ग्स र दिल्ली क्यापिटलबीचको खेल रद्द भएको एक दिनपछि शुक्रबार इन्डियन प्रिमियर लिग (आइपिएल) एक हप्ताका लागि स्थगित गरिएको थियो ।

Hardik health

हवाई क्षेत्र बन्द भएकाले शुक्रबार खेलाडीहरूलाई दिल्ली फर्काउन विशेष रेलको व्यवस्था गरिएको थियो भने विदेशी खेलाडीहरू शनिबारदेखि घर फर्कन थालेका थिए ।आइतबार टोलीहरूले आफ्ना विदेशी खेलाडीहरू र प्रशिक्षण स्टाफलाई फर्काउनेबारे सम्पर्क गरिरहेको रिपोर्ट गरिएको छ र इएसपिएनक्रिकइन्फो वेबसाइटले सरकारबाट अनुमति मिल्ने भए आइपिएल मे १५ को आसपासमा पुनः सुरु हुनसक्ने जनाएको छ ।

 नियमित सिजनका १२ खेल खेल्न बाँकी छन् । त्यसपछि तीन प्लेअफ खेल र फाइनल खेल खेलिनेछन् । फाइनल खेल मूल रूपमा मे २५ मा हुने तय गरिएको थियो ।  भारत र पाकिस्तानले काश्मीरलाई लिएर आफ्ना तीनवटा पूर्ण–स्तरका युद्धमध्ये दुईवटा लडेका छन् । यो विवादित क्षेत्रलाई दुवैले पूर्ण रूपमा दावी गर्छन् तर सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्रता प्राप्त गरेदेखि यसका अलग–अलग भागको प्रशासन गर्दै आएका छन् ।

नयाँदिल्लीले बुधबार बिहान दुई हप्ताअघि भारत नियन्त्रित काश्मीरमा पर्यटकहरूमाथि भएको घातक आक्रमणको जवाफमा मिसाइल आक्रमण गरेको थियो । पर्यटकमाथि भएको आक्रमणका लागि भारतले पाकिस्तानलाई दोष दिएको छ ।इस्लामाबादले कुनै पनि संलग्नतालाई अस्वीकार गरेको छ ।    बुधबारदेखि सीमाका दुवैतर्फ कम्तीमा ६० जनाको मृत्यु भएको छ । यो दक्षिण एसियाली यी दुई छिमेकीबीच दशकौँमा सबैभन्दा खराब हिंसा हो ।
 


प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १२:१२
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
नेपाल थाइल्याण्डसँग पराजित
नेपाल थाइल्याण्डसँग पराजित आइतबार, माघ ४, २०८२
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य आइतबार, माघ ४, २०८२
थाइल्यान्डविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै
थाइल्यान्डविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै आइतबार, माघ ४, २०८२
हाफ म्याराथनको उपाधि गुरुङलाई
हाफ म्याराथनको उपाधि गुरुङलाई बुधबार, पुस ३०, २०८२
बंगलादेशले  फेरि भन्यो  टि-२० विश्वकपमा  भारत नआउने
बंगलादेशले  फेरि भन्यो  टि-२० विश्वकपमा  भारत नआउने बुधबार, पुस ३०, २०८२
दशरथ रंगशालामा एन्फा लिग शुक्रबारबाट सुरु हुने
दशरथ रंगशालामा एन्फा लिग शुक्रबारबाट सुरु हुने सोमबार, पुस २८, २०८२
बैंगलोर क्यालिस्थेनिक्स : नेपाली खेलाडीले रचे इतिहास
बैंगलोर क्यालिस्थेनिक्स : नेपाली खेलाडीले रचे इतिहास आइतबार, पुस २७, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP