Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #नेकपा_एमाले
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • सेनाका पूर्णलक्ष्मी र सञ्जयलाई खुला हाफ म्याराथनको उपाधि
सेनाका पूर्णलक्ष्मी र सञ्जयलाई खुला हाफ म्याराथनको उपाधि
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख २८, २०८२

खोटाङ- दिक्तेल बजारमा आयोजना गरिएको ‘दोस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ अन्तर्गत शनिबार सम्पन्न खुला महिला–पुरुष हाफ म्याराथनको उपाधि नेपाली सेनाकी पूर्णलक्ष्मी न्यौपाने र सञ्जय श्रेष्ठले जितेका छन् । 

नेपाल खेलकुद प्रतिष्ठानले आयोजना गरेको महोत्सवको पहिलो दिन शनिबार सम्पन्न २१ किलोमिटर लामो हाफ म्याराथनमा महिलातर्फ न्यौपानेले एक घण्टा २७ मिनेट १६ सेकेण्ड तथा पुरुषतर्फ श्रेष्ठले एक घण्टा आठ मिनेट १४ सेकेण्डमा दूरी पूरा गर्दै उपाधि जितेका हुन् । महिलातर्फको हाफ म्याराथनमा नेपाली सेनाकै निर्मला केसीले एक घण्टा २७ मिनेट ४० सेकेण्डमा दूरी पार गर्दै दोस्रो तथा निशा सार्कीले एक घण्टा २७ मिनेट ४९ सेकेण्डमा दूरी पार गर्दै तेस्रो भइन् । 

यस्तै, पाँचथरकी पुष्पा शेर्पाले एक घण्टा ३७ मिनेट ४६ सेकेण्डमा दूरी पार गर्दै चौथो, खोटाङकी दीपा बस्नेतले एक घण्टा ४७ मिनेट १३ सेकेण्डमा दूरी पार गर्दै पाँचौँ, भोजपुरकी रुष्मा राईले एक घण्टा ५० मिनेट २७ सेकेण्डमा दूरी पार गर्दै छैटौँ, रणभीम गण मुडे ब्यारेकका अमिसा राईले एक घण्टा ५४ मिनेट ३३ सेकेण्डमा दूरी पार गर्दै सातौँ तथा रणभीम गणकै पिपलसुख राईले एक घण्टा ५४ मिनेट ३४ सेकेण्डमा दूरी पार गर्दै आठौँ भए । 

Hardik health

पुरुषतर्फको हाफ म्याराथनमा नेपाली सेनाकै नरेन्द्रसिं रावतले एक घण्टा नौ मिनेट २० सेकेण्डमा दूरी पार गर्दै दोस्रो तथा सुशील शाहीले एक घण्टा नौ मिनेट ४६ सेकेण्डमा दूरी पार गर्दै तेस्रो भए । नेपाल प्रहरीका अजितकुमार यादवले एक घण्टा ११ मिनेट २३ सेकेण्डमा दूरी पार गर्दै चौथो, तेह्रथुमका सरोज लिम्बूले एक घण्टा १२ मिनेट २४ सेकेण्डमा दूरी पार गर्दै पाँचौँ, नेपाली सेनाका रामजी बस्नेतले एक घण्टा १२ मिनेट ३५ सेकेण्डमा दूरी पार गर्दै छैटौँ, नेपाली सेनाकै कर्णबहादुर रोकामगरले एक घण्टा १२ मिनेट ४० सेकेण्डमा दूरी पार गर्दै सातौँ तथा केन्याका जोन इकिरु केलाइले एक घण्टा १३ मिनेट २४ सेकेण्डमा दूरी पार गर्दै आठौँ भए । 

खुला महिला–पुरुष हाफ म्याराथनमा प्रथम, द्वितीय, तृतीय, चौथो, पाँचौँ, छैटौँ र सातौँ हुनेलाई क्रमशः रु ७७ हजार ७७७, रु ५५ हजार ५५५, रु २५ हजार ५५५, रु १५ हजार ५५५, रु ११ हजार १११, रु सात हजार ७७७ र रु पाँच हजार ५५५ नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । विजयी धावकलाई कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राई, संविधानसभा सदस्य दुर्गाजयन्ती राई, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारीलगायतले पुरस्कार वितरण गरे । 

आयोजक नेपाल खेलकुद प्रतिष्ठानका जिल्ला अध्यक्ष सञ्जयकुमार राईले खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रुपमा अघि बढाउन तथा खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । 
 


प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १०:०२
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
हाफ म्याराथनको उपाधि गुरुङलाई
हाफ म्याराथनको उपाधि गुरुङलाई बुधबार, पुस ३०, २०८२
बंगलादेशले  फेरि भन्यो  टि-२० विश्वकपमा  भारत नआउने
बंगलादेशले  फेरि भन्यो  टि-२० विश्वकपमा  भारत नआउने बुधबार, पुस ३०, २०८२
दशरथ रंगशालामा एन्फा लिग शुक्रबारबाट सुरु हुने
दशरथ रंगशालामा एन्फा लिग शुक्रबारबाट सुरु हुने सोमबार, पुस २८, २०८२
बैंगलोर क्यालिस्थेनिक्स : नेपाली खेलाडीले रचे इतिहास
बैंगलोर क्यालिस्थेनिक्स : नेपाली खेलाडीले रचे इतिहास आइतबार, पुस २७, २०८२
नेपाली महिला क्रिकेट टोली स्कटल्यान्डसँग पराजित
नेपाली महिला क्रिकेट टोली स्कटल्यान्डसँग पराजित शुक्रबार, पुस २५, २०८२
प्रधानमन्त्री कप क्रिकेटको जिल्लास्तरीय छनोट सञ्चालन गर्न निर्देशन
प्रधानमन्त्री कप क्रिकेटको जिल्लास्तरीय छनोट सञ्चालन गर्न निर्देशन शुक्रबार, पुस २५, २०८२
लालबन्दीमा प्रथम मधेस प्रदेश आमन्त्रण मेयर गोल्डकप हुने
लालबन्दीमा प्रथम मधेस प्रदेश आमन्त्रण मेयर गोल्डकप हुने बिहीबार, पुस २४, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP