Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #प्रशान्त तामाङ
  • #फोनिज संवाद
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #क्यालिस्थेनिक्स
  • #फोक्सिङटार
  • #गगनकुमार थापा
  • #रासस
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • विदेशमा निर्माण हुने सबै चलचित्रमाथि सतप्रतिशत कर लगाउने ट्रम्पको आदेश
विदेशमा निर्माण हुने सबै चलचित्रमाथि सतप्रतिशत कर लगाउने ट्रम्पको आदेश
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख २२, २०८२

एजेन्सी -  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अमेरिकी फिल्मनिर्माता र स्टुडियोहरू विदेशमा काम गर्ने प्रवृत्तिले हलिउड ‘विनाश’ भइरहेको दाबी गर्दै संयुक्त राज्य अमेरिका बाहिर बनेका सबै चलचित्रमा नयाँ कर लगाउने आदेश दिएको बताएका छन्  ।

ह्वाइट हाउस आफ्नो आक्रामक व्यापार नीतिहरूमाथि बढ्दो आलोचनाको सिकारमा परेको बेला यो घोषणा आएको छ जसमा ट्रम्पले विश्वभरिका देशहरूमा व्यापक कर लगाएका छन् ।“म वाणिज्य मन्त्रायल र संयुक्त राज्य व्यापार प्रतिनिधिलाई हाम्रो देशमा आउने विदेशी भूमिमा उत्पादित कुनै पनि र सबै चलचित्रमा एक सय प्रतिशत कर लगाउने प्रक्रिया तुरुन्त सुरु गर्न अधिकार दिँदैछु”, उनले आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा लेख्नुभयो, “हामी चलचित्रहरू फेरि अमेरिकामै बनेको चाहन्छौँ !”

वाणिज्यमन्त्री हावर्ड लुटनिकले ट्रम्पको सन्देश पुनः पोस्ट गर्दै भने, “हामी यसमा काम गरिरहेका छौँ ।”  कर कसरी कार्यान्वयन गरिने भन्नेबारे कुनै विवरण दिइएको छैन ।धेरै सामानमा एक सय ४५ प्रतिशत कर लगाउने अमेरिकी राष्ट्रपतिको जुझारू व्यापार नीतिहरूको भार लिएको चीनले गत महिना आफूले आयात गरेको अमेरिकी चलचित्रको सङ्ख्या घटाउने बताएपछि ट्रम्पको पोस्ट आएको हो । 

“अमेरिकाको चलचित्र उद्योग धेरै छिटो मर्न थालेको छ । अन्य देशले हाम्रा फिल्म निर्माता र स्टुडियोहरूलाई संयुक्त राज्य अमेरिकाबाट टाढा लैजान सबै प्रकारका प्रोत्साहनहरू दिइरहेका छन्”, उत्पादन अन्य देशहरूमा आकर्षित हुनु ‘राष्ट्रिय सुरक्षा खतरा’ भएको दाबी गर्दै ट्रम्पले आइतबार लेख्नुभएको छ, “हलिउड, र संयुक्त राज्य अमेरिकाभित्रका अन्य धेरै क्षेत्र ध्वस्त भइरहेका छन् ।”

Hardik health

चलचित्र उद्योगका लागि प्रभावहरू–वा वास्तवमा करहरू कसरी लागु गरिनेछ– भन्ने तत्काल स्पष्ट थिएन ।  पर्दाका लागि बढ्दो लोकप्रिय र लाभदायक उत्पादन क्षेत्र टेलिभिजन शृङ्खला प्रभावित हुनेछ कि भन्नेबारे ट्रम्पको पोस्टमा कुनै उल्लेख गरिएको थिएन ।

अमेरिका शीर्ष पाँचमा छैन 

हलिउड संयुक्त राज्य अमेरिकाको अर्थतन्त्रको एक प्रमुख क्षेत्र हो । यस क्षेत्रले मोशन पिक्चर एसोसिएसनको पछिल्लो तथ्याङ्क अनुसार २०२२ मा २३ लाखभन्दा बढी रोजगारी र दुई खर्ब ७९ अर्ब डलरको बिक्री उत्पन्न गरेको थियो ।

तर हलिउड हड्ताल र कोभिड महामारीको प्रभावको पृष्ठभूमिमा उद्योगले अझै पनि आफ्नो गति पुनः प्राप्त गर्न सङ्घर्ष गरिरहेको उद्योगका भित्रीहरूले बताएका छन् । हड्ताल र कोभिड महामारीले अमेरिकीहरूले चलचित्रहरू खपत गर्ने तरिका परिवर्तन गरेको छ र थिएटरमा भन्दा घरमा हेर्ने छनोट गरेको छ । 

उत्पादन ट्र्याकिङ सेवा प्रोडप्रोको जनवरीको रिपोर्ट अनुसार संयुक्त राज्य अमेरिका १४ अर्ब ५० करोड डलरको उत्पादन खर्चसहित एक शीर्ष फिल्मिङ केन्द्र हो । यद्यपि त्यो रकम दुई वर्ष अघिको तुलनामा २६ प्रतिशतले घटेको छ ।

यद्यपि स्टुडियो कार्यकारीहरूको सर्वेक्षणले सन् २०२५ र २०२६ का लागि उनीहरूको शीर्ष पाँच मनपर्ने उत्पादन स्थानहरू प्रस्तावमा प्रतिस्पर्धी कर प्रोत्साहन योजनाहरूका कारण संयुक्त राज्य अमेरिका बाहिर रहेको खुलासा गरेको छ ।पहिलो टोरन्टो, त्यसपछि बेलायत, भ्यानकुभर, मध्य युरोप र त्यसपछि अस्ट्रेलिया थिए । क्यालिफोर्निया छैटौँ स्थानमा आएको छ ।

जनवरीमा आफ्नो पदग्रहण अघि ट्रम्पले लामो समयदेखि समर्थकहरू सिल्भेस्टर स्टेलन, मेल गिब्सन र जोन भोइटलाई हलिउडका विशेष दूतका रूपमा नियुक्त गरेका  थिए ।   उनले ट्रुथ सोसलमा एक पोस्टमा मनोरञ्जन उद्योगलाई ‘पहिलेभन्दा अझ बलियो’ बनाउने बताएका छन्  ।

ट्रम्प र रिपब्लिकनहरूले परम्परागत रूपमा मनोरञ्जन उद्योगबाट थोरै समर्थन पाएका छन् । टेलर स्विफ्टदेखि जर्ज क्लुनीसम्मका स्टारहरूले सन् २०२४ को राष्ट्रपति चुनावमा डेमोक्रेट कमला ह्यारिसलाई समर्थन गरेका थिए ।


प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १७:२७
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
चलचित्र ‘द ब्ल्यू लाइट’को ट्रेलर सार्वजनिक
चलचित्र ‘द ब्ल्यू लाइट’को ट्रेलर सार्वजनिक शुक्रबार, माघ २, २०८२
एकसाथ तीन चलचित्र प्रदर्शनमा
एकसाथ तीन चलचित्र प्रदर्शनमा बिहीबार, माघ १, २०८२
चलचित्र ‘हन्टर’ को छायांकन ४५ दिनमा सम्पन्न
चलचित्र ‘हन्टर’ को छायांकन ४५ दिनमा सम्पन्न बुधबार, पुस ३०, २०८२
बंगलादेशमा डब्बुको ‘द चेन्ज’ र केपीको ‘तान्त्रिक डान्स’ले पायो अवार्ड
बंगलादेशमा डब्बुको ‘द चेन्ज’ र केपीको ‘तान्त्रिक डान्स’ले पायो अवार्ड मंगलबार, पुस २९, २०८२
‘गाह्रो छ हो’ सिरियलमा बल्छी ध्रुवेको धमाकेदार इन्ट्रि
‘गाह्रो छ हो’ सिरियलमा बल्छी ध्रुवेको धमाकेदार इन्ट्रि सोमबार, पुस २८, २०८२
गायक भरतचन्द्र गुरुङको लोक रक गीत ‘छ सलाम मायालाई’ सार्वजनिक
गायक भरतचन्द्र गुरुङको लोक रक गीत ‘छ सलाम मायालाई’ सार्वजनिक सोमबार, पुस २८, २०८२
अल्पायुमै अस्ताए प्रशान्त...
अल्पायुमै अस्ताए प्रशान्त... सोमबार, पुस २८, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP