Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • सय संख्याको प्रावधान खारेज गर्ने विधेयक प्रतिनिधिसभाबाट पारित 
केही नेपाल ऐन संशोधनमा वैदेशिक रोजगार सय संख्याको प्रावधान खारेज गर्ने विधेयक प्रतिनिधिसभाबाट पारित 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख १७, २०८२
  •  ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ पारित हुँदा वैदेशिक रोजगार ऐनसमेत संशोधन
  •  सय संख्याको खारेजलगायत वैदेशिक रोजगार ऐनका विभिन्न प्रावधान संशोधन
  •  प्रतिनिधिसभाबाट पारित उक्त विधेयक अब राष्ट्रिय सभामा जाने 

काठमाडौं– प्रतिनिधिसभाबाट ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ पारित हुँदा वैदेशिक रोजगार ऐनसमेत संशोधन भएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकले बहुमतबाट उक्त विधेयक पारित गरेको हो ।

प्रतिनिधिसभाबाट पारित विधेयकमा ७९ वटा ऐन संशोधनमा परेका छन्, जसमा वैदेशिक रोजगार ऐन, २०६४ का केही प्रावधान संशोधन गरिएको छ । वैदेशिक रोजगार ऐन संशोधनमार्फत १०० संख्याको प्रावधान खारेज गरिएको छ । वैदेशिक रोजगार व्यवसायीहरुको टाउको दुखाइको विषय बन्दै आएको यो प्रावधान अब खारेज हुने भएको हो । राष्ट्रिय सभाबाट संशोधित व्यवस्था फेरबदल नभए व्यवसायीले उठाउँदै आएको यो माग सम्बोधन हुने छ । 

वैदेशिक रोजगार ऐन, २०६४ को दफा १३ को उपदफा (२) को खण्ड ‘घ२) मा ‘लगातार दुई वर्षसम्म १०० जना पनि कामदार पठाउन नसकेमा’ इजाजतपत्र रद्द हुने व्यवस्था छ । मंगलबार पारित विधेयकको क्रम संख्या ४८ मा रहेको पहिलो बुँदामा ‘दफा १३ को उपदफा (२) को खण्ड (घ२) झिकिएको’ अर्थात् खारेज गरिएको उल्लेख छ ।

अब यो विधेयक राष्ट्रिय सभामा जाने छ । राष्ट्रिय सभाबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्र कार्यान्वयनमा आउने छ । लामो समयदेखि यो प्रावधान हटाउन संघर्षरत व्यवसायीहरुले प्रतिनिधिसभाबाट विधेयक पारित भएसँगै ठूलो राहत महसुस गरेको बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव महेश बस्नेतले विधेयक पारित भए पनि आधिकारिक डकुमेन्ट प्राप्त भइनसकेको बताए ।

Hardik health

यद्यपि, निरन्तर लबिइङ गरिरहेकोले यो प्रावधान हट्नेमा आफूहरु ढुक्क रहेको उनको भनाइ थियो । सय संख्याको प्रावधानका कारण गत आर्थिक वर्षमा धेरै व्यवसायीहरुले संस्था नवीकरण नै गर्न सकेका थिएनन् । पछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बाधा अड्काउ फुकाउमार्फत व्यवसायीहरुलाई नवीकरणको बाटो खुलाइदिएको थियो । यो वर्ष पनि नवीकरणको समय नजिकिँदा व्यवसायीहरु सोही प्रावधानसँग त्रसित थिए । 

२०७५ सालमा तत्कालीन श्रममन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित गर्न भन्दै लगातार दुई वर्ष वार्षिक कम्तीमा १०० जना कामदार पठाउन नसक्ने म्यानपावर कम्पनी नवीकरण नगर्ने व्यवस्था ल्याएका थिए । आफूहरुले स्वतन्त्र रुपमा व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने भन्दै व्यवसायीले भने उक्त प्रावधानको चर्को विरोध गर्दै आएका थिए ।

यस प्रावधानका कारण बन्द हुने अवस्थामा रहेका म्यानपावर व्यवसायीहरुले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग हारगुहार गर्दै बाधा अड्काउ फुकाउने व्यवस्थाको प्रयोग गरेर इजाजतपत्र जोगाएका थिए । त्यसपछि २०८० असार ३० असार गते तत्कालीन सरकारले सय संख्याको व्यवस्था अव्यावहारिक भएको भन्दै खारेज गर्ने निर्णय गर्दै प्रतिनिधिसभामा विधेयक प्रस्तुत गरेको थियो । 

ऐनमा भएका अन्य संशोधन 
वैदेशिक रोजगार ऐनको दफा ३० मा रहेको सीपमूलक तालिमसम्बन्धी अर्को दफा ३० (क) थपिएको छ । जसअनुसार रोजगारीमा जाने कामदारले लिएको तालिम छ महिनासम्मको भए त्यस्तो तालिमको परीक्षण राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले गर्ने व्यवस्था छ । 

ऐनको ५३ मा वैदेशिक रोजगारीमा गएको व्यक्ति कारणवश फर्किनु परेको अवस्थामा म्यानपावर कम्पनीले प्रतिव्यक्ति एक लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने व्यवस्था थियो । यसलाई संशोधन गरी पीडित कामदार संख्याको आधारमा जनही ५० हजार रुपैयाँका दरले जरिवाना हुने व्यवस्था गरिएको छ ।
 


प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १०:१३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक विकास सहायता सरकारी बजेट प्रणाली बाहिरबाट खर्च हुने क्रम बढ्दो
वैदेशिक विकास सहायता सरकारी बजेट प्रणाली बाहिरबाट खर्च हुने क्रम बढ्दो शुक्रबार, माघ ९, २०८२
आइसल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
आइसल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ शुक्रबार, माघ ९, २०८२
इपिएसपीडित र सरकारबीचको वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने चेतावनी
इपिएसपीडित र सरकारबीचको वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने चेतावनी शुक्रबार, माघ ९, २०८२
वैदेशिक रोजगारप्रति सकारात्मक भाष्य निर्माण गर्नुपर्नेमा जोड
वैदेशिक रोजगारप्रति सकारात्मक भाष्य निर्माण गर्नुपर्नेमा जोड बिहीबार, माघ ८, २०८२
इपिएसपीडित निरन्तर आन्दोलनमा, कोरियाले देखाएन चासो
इपिएसपीडित निरन्तर आन्दोलनमा, कोरियाले देखाएन चासो बिहीबार, माघ ८, २०८२
रोजगारीका लागि छ महिनामा चार लाखभन्दा बढी विदेसिए
रोजगारीका लागि छ महिनामा चार लाखभन्दा बढी विदेसिए बुधबार, माघ ७, २०८२
वैदेशिक रोजगारीमा सबैभन्दा बढी कोशी र मधेस प्रदेशका नागरिक
वैदेशिक रोजगारीमा सबैभन्दा बढी कोशी र मधेस प्रदेशका नागरिक मंगलबार, माघ ६, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP