Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • विराटनगर लगानी सम्मेलनबाट अर्थतन्त्र थप चलायमान हुनेः मुख्यमन्त्री कार्की
विराटनगर लगानी सम्मेलनबाट अर्थतन्त्र थप चलायमान हुनेः मुख्यमन्त्री कार्की
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख १२, २०८२

विराटनगर-  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  विराटनगरमा हुने दुईदिने प्रदेशस्तरीय लगानी सम्मेलनबाट अर्थतन्त्र थप चलायमान हुने धारणा व्यक्त गरेका छन्  ।
    
नेपाल उद्योग वाणिज्य सङ्घ कोशी प्रदेशद्वारा आज यहाँ आयोजित ‘कोशी प्रदेशको आर्थिक अवस्थाः लगानीका सम्भावना र चुनौती’ विषयक अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले ‘समृद्ध कोशी प्रदेश, सम्पत्र नेपाल’ भन्ने सङ्कल्प पूरा गर्न यही वैशाख १८ र १९ गते हुन गइरहेको लगानी सम्मेलन कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे  ।
 
देशलाई समृद्ध बनाउन, राजस्व वृद्धि गर्न र रोजगार सिर्जना गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उनले सातवटा कानुन संशोधनसहित लगानीमैत्री वातावरण सिर्जना गर्ने पक्षमा प्रदेश सरकार केन्द्रित रहेको बताए  । उनले उद्योगी व्यवसायीको सुझावका आधारमा कानुन संशोधन गर्न लागेको स्पष्ट गर्दै निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकता दिई आर्थिक गतिविधिलाई थप चलायमान बनाउने पक्षमा कोशी प्रदेश सरकार रहेको बताए ।    

मुख्यमन्त्री कार्कीले स्वीस सरकारको सहयोगमा कोशी प्रदेशमा साना र मझौला उद्योग स्थापना गर्न चाहने उद्योगी–व्यवसायीलाई रु ५० लाखदेखि रु तीन करोडसम्मको ऋणका लागि धरौटी रकमसमेत सुनिश्चित गरिदिने प्रदेश सरकारको नीति तथा कार्यक्रमबाट लाभान्वित हुन सबैसँग आग्रह गरे ।
 
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आवश्यक कानुनको व्यवस्थासहित निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्न अनुरोध गर्दै लगानी विस्तार तथा प्रवद्र्धनमा केन्द्र एवं प्रदेश सरकार र स्थानीय तहबीच आपसी समन्वय हुनुपर्नेमा जोड दिए । 

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापाले प्रदेशको समृद्धि र नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउन आसन्न लगानी सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरे  । कोशी प्रदेशका कृषि, उद्योग तथा सहकारीमन्त्री खगेनसिं हाङ्गामले विकास निर्माणका नाममा हाम्रा परम्परागत मौलिक सभ्याता र संस्कृतिमा आँच आउन दिन नहुने धारणा व्यक्त गरे ।   

Nada Auto Show 2026
Hardik health

नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा उद्योग–व्यवसायी हेमराज ढकाल, शैलेन्द्र गुरागाईं, राकेश सुराना, पदमलाल भण्डारी, आदित्य पराजुलीलगायतका वक्ताले लगानी सम्मेलनको महत्व र अपेक्षित उपलब्धिका विषयमा धारणा व्यक्त गर्दै सरकारी तथा निजी क्षेत्रको सहयोग र सहकार्यमा आसन्न लगानी सम्मेलन सफल बनाउनुपर्ने धारणा व्यक्त गरे  ।   कोशी प्रदेशको विराटनगरमा यही वैशाख १८ र १९ गते दुई दिन प्रदेशस्तरीय लगानी सम्मेलन हुँदैछ ।


प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  १६:४७
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
वैदेशिक सहायताको प्रभावकारी उपयोगमा अर्थमन्त्रीको जोड
वैदेशिक सहायताको प्रभावकारी उपयोगमा अर्थमन्त्रीको जोड बिहीबार, भदौ ४, २०८३
शिक्षक-कर्मचारीको पारिश्रमिक वृद्धिले थपियो चार अर्ब ६८ करोडको भार
शिक्षक-कर्मचारीको पारिश्रमिक वृद्धिले थपियो चार अर्ब ६८ करोडको भार बिहीबार, भदौ ४, २०८३
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप संकलन गर्दै
राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप संकलन गर्दै बुधबार, भदौ ३, २०८३
सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि
सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि मंगलबार, भदौ २, २०८३
वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह
वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह सोमबार, भदौ १, २०८३
वर्षाले विभिन्न राजमार्ग अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह
वर्षाले विभिन्न राजमार्ग अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह आइतबार, साउन ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP