Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दै
आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत ११, २०८१

भद्रपुर -  रोग निको हुने तथा कम खर्चिलो हुने भएपछि झापामा पछिल्लो समय आयुर्वेदिक उपचारमा बिरामीको आकर्षण बढेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भद्रपुरमा दैनिक औसतमा ७० जनाभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् ।

केन्द्रका प्रमुख आयुर्वेद डा विजय श्रेष्ठका अनुसार,  केन्द्रले  उपचारात्मक, प्रवर्द्धनात्मक र प्रचारात्मक सेवा दिँदै आएको छ । उपचारका लागि आउने अधिकांश पायल्स, ढाडको समस्या, ग्यास्ट्रिक, दमखोकी, हाडजोर्नीको समस्या, नसासम्बन्धीका रोगी छन् । उपचार पद्धति सजिलो र प्रभावकारी भएकाले स्थानीयमा झन् आयुर्वेदिक उपचारप्रति विश्वास बढेको छ ।  

केन्द्रबाट चालु आव २०८१/८२ को आठ महिनामा पूर्वकर्म/ पञ्चकर्म (थेरापी) सेवा चार हजार नौ सय २८, योग सेवा नौ सय ३०, होमियोप्याथी सेवा एक सय पाँच, प्रयोगशाला सेवा पाँच सय ४५ जनाले लिएको केन्द्रका सूचना अधिकारी खगेन्द्र भट्टराईले जानकारी दिए । यसैगरी केन्द्रबाट बहिरङ्ग सेवा दुई हजार एक सय ७५ जना तथा यसका साथै केन्द्रबाट शल्य चिकित्सा सेवा, स्तनपायी आमा तथा शिशु सेवा, ज्येष्ठ नागरिक सेवासमेत दिने गरिएको उनले बताए । 

Hardik health

केन्द्रबाट ज्येष्ठ नागरिकलाई अश्वगन्धा चुर्ण र अमला चुर्ण वितरण गर्ने गरिएको केन्द्रले जनाएको छ । केन्द्रबाट आम नागरिकले थेरापीको रूपमा बुझ्ने गरेको पूर्वकर्म/ पञ्चकर्म प्रदेशकै आयुर्वेद केन्द्रभन्दा फरक रुपले उपचार गर्ने गरिएको डा श्रेष्ठले बताए । जसअन्तर्गत मालिस गर्ने, बाफ लगाएर सेक्ने, तेल लगाएर मलद्वाराबाट तेलको प्रवाह, आवश्यकतानुसार वान्ता गराउने, पखाला गराउनेलगायत क्रियाकलाप गर्ने गरिएको छ । 

आयुर्वेदिक औषधिले स्वास्थ्यमा सुधार आएपछि उपचार पद्धतिप्रति विश्वास बढेको भद्रपुर नगरपालिका–८ का किरन पोखरेलले बताए । “मेरो ग्यास्ट्रिकको समस्या छ, विभिन्न अस्पतालमा उपचार गराउँदा पनि निको नभएपछि अहिले दुई महिनादेखि नियमित यहाँ आएर उपचार गराइरहेको छु, खाना पनि रुच्न थालेको छ, यहाँ उपचार गराउन थालेपछि सुधार भइरहेको छ”, उनले भने ।

ढाडको समस्या भएर केन्द्रमा पूर्वकर्म÷पञ्चकर्म गराइरहेका हल्दीबारीका विकास राजवंशी उपचार सुरु भएको केही दिनपछि दुखाइ कम हुन थालेको बताए । आयुर्वेदिक औषधिले स्वास्थ्यमा देखिएको सुधारका कारण यहाँका नागरिक आयुर्वेदप्रति आकर्षित हुन थालेका छन् ।


प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  ११:४५
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
औलो र कालाजार नियन्त्रणका लागि विषादी छिट्न सुरु
औलो र कालाजार नियन्त्रणका लागि विषादी छिट्न सुरु मंगलबार, चैत १७, २०८२
बर्ड फ्लूको जोखिम देखिएपछि सीमामा उच्च सतर्कता
बर्ड फ्लूको जोखिम देखिएपछि सीमामा उच्च सतर्कता सोमबार, चैत १६, २०८२
चितवन कारागारमा ११८ जना बिरामी कैदीबन्दी
चितवन कारागारमा ११८ जना बिरामी कैदीबन्दी सोमबार, चैत १६, २०८२
प्रादेशिक स्वास्थ्य संस्थाको अनुगमन, काम नगर्नेलाई कारबाही गर्न निर्देशन
प्रादेशिक स्वास्थ्य संस्थाको अनुगमन, काम नगर्नेलाई कारबाही गर्न निर्देशन शुक्रबार, चैत १३, २०८२
कर्णाली प्रदेशमा आठ सय ६१ क्षयरोगी भेटिए
कर्णाली प्रदेशमा आठ सय ६१ क्षयरोगी भेटिए बिहीबार, चैत १२, २०८२
भेटेरिनरी अस्पताल सत्र महिनादेखि चिकित्सकविहीन
भेटेरिनरी अस्पताल सत्र महिनादेखि चिकित्सकविहीन बिहीबार, चैत १२, २०८२
वीर अस्पतालसँगको सहकार्यमा निःशुल्क कलेजो परीक्षण
वीर अस्पतालसँगको सहकार्यमा निःशुल्क कलेजो परीक्षण बिहीबार, चैत १२, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP