Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
विश्व
  • Home
  • विश्व
  • मध्य अमेरिकामा आँधीका कारण कम्तीमा २७ जनाको मृत्यु
मध्य अमेरिकामा आँधीका कारण कम्तीमा २७ जनाको मृत्यु
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत ३, २०८१

एएफपी -  संयुक्त राज्य अमेरिकाको मध्य भागमा शनिबार आएको आँधीबेहरी र हावाहुरीका कारण कम्तीमा २७ जनाको मृत्यु भएको र दर्जनौ घाइते भएका अधिकारीहरुले बताएका छन् ।स्थानीय सञ्चारमाध्यमले घरका छानाहरू भत्केका र ठूला ट्रकहरू पल्टिएको देखाएका छन् र पूर्वानुमानकर्ताहरूले यस सप्ताहन्तमा अझ धेरै आँधी आउन सक्ने चेतावनी दिएका छन्।

कन्सास राज्यमा ‘व्यापक धुलासहितको आँधी’का कारण भिजिबिलिटी कम भएका कारण ५० भन्दा बढी सवारी साधन एकआपसमा ठोक्किँदा आठ जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।मिसौरी राज्यको राजमार्ग अनुगमन बलले आँधीका कारण १२ जनाको मृत्यु भएको पुष्टि गरेको छ । मौसमका कारण ध्वस्त भएको मरीना क्षेत्रमा डुङ्गाहरू एकअर्कामाथि थुप्रिएका तस्बिरहरू सार्वजनिक गरिएको छ । 

राज्य प्रहरीले रुख र बिजुलीका तारहरू ढलेको र भवनहरूमा क्षति पुगेको र केही क्षेत्रहरू “चक्रवात, आँधीबेहरी र ठूलाठूला असिनाको बर्षा’ बाट नराम्ररी प्रभावित भएको जनाएको छ ।मिसौरीस्थित एक घरको भग्नावशेषबाट निकालिएकी एलिसिया विल्सनले टिभी स्टेशन केएसडीकेसँग भने, “यो मैले अहिलेसम्म भोगेको सबैभन्दा डरलाग्दो कुरा थियो, यो यति तीब्र र कडा थियो कि यसको अनुमानसम्म गर्न सकिएन । एक्कासी ‘कान फुट्ने’ आँधीले घरहरूका छाना उडाएको र रूखहरू ढलेको आवाज सुनिएको थियो ।”

Hardik health

प्रहरीका अनुसार आँधीका कारण मिसौरीको वेन काउन्टीमा छ जना, ओजार्क काउन्टीमा तीन जना र बटलर, जेफरसन र सेन्ट लुइस काउन्टीमा एक–एक जनाको मृत्यु भएको छ ।टेक्सासको दक्षिणमा स्थानीय अधिकारीहरूले एएफपीलाई बताएअनुसार धुलो आँधी र डढेलोका कारण भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ जसले गर्दा सडकमा भिजिबिलिटी कम भएको छ।

छिमेकी राज्य अर्कान्सासमा आँधीका कारण तीन जनाको मृत्यु हुनुका साथै २९ जना घाइते भएको अधिकारीहरूले बताएका छन् । अमेरिकी गभर्नर सारा हकाबी स्यान्डर्सले राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुमतिमा उक्त षेत्रमा आपतकालीन अवस्थाको घोषणा गरेका छन्  ।  स्यान्डर्सले एक्समा लेखेका छन् , “राष्ट्रपति ट्रम्पले आँधी प्रभावित अर्कान्सासका जनतालाई यस विपत्तिमा जनताकोे दुःखमा समवेदना प्रकट गर्नुभएको छ । राष्ट्रपति ट्रम्प र अमेरिकी प्रशासनले रातिको आँधीेपछि हामीलाई आवश्यक पर्ने सबै कुरामा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।”

संयुक्त राज्य अमेरिकाको मध्य क्षेत्रभरी कम्तीमा दुई लाख घर तथा व्यवसाय शनिबार साँझसम्म विद्युत्विहीन भएको ‘पावरआउटेज डट युएस’ ले जनाएको छ ।मिसिसिपी र टेनेसीलगायत मध्य गल्फ कोस्ट राज्यहरूमा शनिबार थप आँधी आउनसक्ने चेतावनी दिइएको छ ।  राष्ट्रिय मौसम सेवाले भनेको छ, “केही लामो दूरीका धेरै शक्तिशाली आँधीमध्ये केही सम्भावित हिंसात्मक हुन सक्छन्, आज साँझसम्म सावधानी अपनाउनु जरूरी हुनेछ।” 

मध्य र दक्षिणी अमेरिकी राज्यहरू टेक्सास, ओक्लाहोमा र कन्सासको अद्वितीय भौगोलिक र मौसमी अवस्थाका कारण उनीहरूले सबैभन्दा हिंस्रक प्राकिृतिक विपत्तिको सामना गर्नेगर्छन् । “टोर्नाडो एली“ भनिने यो ठाउँमा व्यापक रूपमा भिन्न तापमानको हावा अस्थिर, शक्तिशाली आँधी बादलहरूमा मिल्छ र उहाँ मे देखि जूनसम्म हावाहुरी तथा अन्य मौसमी प्रतिकुलताले प्रभावित पार्ने गर्छ ।  नेसनल ओशनिक एन्ड एटमोस्फेरिक एडमिनिस्ट्रेसनका अनुसार सन् २०२४ मा संयुक्त राज्य अमेरिकामा आँधीसँग सम्बन्धित घटनामा ५४ जनाको मृत्यु भएको थियो ।
 


प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १५:०९
प्रतिक्रिया दिनुहोस्
थप विश्व
सानो हमिङबर्डको अन्तिम आश्रय
सानो हमिङबर्डको अन्तिम आश्रय शुक्रबार, माघ ९, २०८२
टी-२० विवादले भारतको ओलम्पिक सपना प्रभावित
टी-२० विवादले भारतको ओलम्पिक सपना प्रभावित शुक्रबार, माघ ९, २०८२
जापानको उपभोक्ता मूल्य २०२५ मा उच्च, ऊर्जा र खाद्य मूल्यमा उतार–चढाव
जापानको उपभोक्ता मूल्य २०२५ मा उच्च, ऊर्जा र खाद्य मूल्यमा उतार–चढाव शुक्रबार, माघ ९, २०८२
रुस, युक्रेन र अमेरिका अबुधाबीमा वार्ता गर्ने
रुस, युक्रेन र अमेरिका अबुधाबीमा वार्ता गर्ने शुक्रबार, माघ ९, २०८२
इरान प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो, अमेरिकी ‘आर्मडा’ नजिकिँदै
इरान प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो, अमेरिकी ‘आर्मडा’ नजिकिँदै शुक्रबार, माघ ९, २०८२
शान्ति बोर्डको प्रस्तावले ईयू-अमेरिका सम्बन्धमा तनाव
शान्ति बोर्डको प्रस्तावले ईयू-अमेरिका सम्बन्धमा तनाव शुक्रबार, माघ ९, २०८२
डब्लुएचओबाट अमेरिका बाहिरियाे, विश्व स्वास्थ्यमा अनिश्चितता
डब्लुएचओबाट अमेरिका बाहिरियाे, विश्व स्वास्थ्यमा अनिश्चितता शुक्रबार, माघ ९, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP