Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
समाचार
  • Home
  • समाचार
  • नेपाली विद्यार्थीलाई दुव्र्यवहार गरेपछि किट विश्वविद्यालयले माग्यो माफी
नेपाली विद्यार्थीलाई दुव्र्यवहार गरेपछि किट विश्वविद्यालयले माग्यो माफी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन ७, २०८१

हामी पनि सबै कुराका लागि माफी चाहन्छौं र सबै नेपाली विद्यार्थी र नेपालका जनतालाई हाम्रो माया र स्नेह व्यक्त गर्दछौं ।
किट विश्वविद्यालय प्रशासन

काठमाडौं– भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालय प्रशासनले नेपाली विद्यार्थीहरुसँग गरिएको दुर्व्यवहारको घटनामा माफी मागेको छ । मंगलबार एक वक्तव्य जारी गर्दै क्याम्पसका उपकुलपति प्रा. सरनजित सिंहले विद्यार्थीहरुप्रति गरिएको व्यवहारबाट विश्वविद्यालय प्रशासन दुःखी भएको जनाएका हुन् ।

सिंहले जारी गरेको वक्तव्यमा नेपाल र नेपालीप्रति सधैं माया रहेकोसमेत जनाएका छन् । ‘हामी पनि सबै कुराका लागि माफी चाहन्छौं र सबै नेपाली विद्यार्थी र नेपालका जनतालाई हाम्रो माया र स्नेह व्यक्त गर्दछौं,’ वक्तव्यमा भनिएको छ, ‘हामीमध्ये केहीले आन्दोलनकारी विद्यार्थीहरूसँग गरेको व्यवहारप्रति पनि हामी दुःखी छौं । हामी हाम्रा विद्यार्थीहरूलाई माया गर्छौं र उनीहरूलाई कहिल्यै कुनै हानि पुर्याएका छैनौं ।’

आइतबार साँझ किटमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्साल मृत अवस्थामा भेटिएपछि त्यहाँ रहेका नेपाली विद्यार्थीले निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका थिए । त्यसपछि विश्वविद्यालय प्रशासनले नेपाली विद्यार्थीलाई छात्रवासबाट जबरजस्ती निकालेर कट्टाकस्थित रेल स्टेसनमा छाडिदिएको थियो । प्रशासनका कर्मचारीले नेपाली विद्यार्थीलाई ‘सित्तैमा पढाएको’ भन्दै दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

Ncell
Hardik health

लम्सालको मृत्यु र नेपाली विद्यार्थीलाई विश्वविद्यालय प्रशासनले गरेको अभद्र व्यवहारको चौतर्फी विरोध भएसँगै नेपाल सरकार र नयाँ दिल्लीस्थित नेपाली दूतावासले यसबारे चासोका साथ कूटनीतिक पहल थालेको थियो ।

हाम्रो माग न्याय पाउनुपर्यो भन्ने हो, अरू केही होइन । विद्यार्थीलाई पहिले आवश्यक परेका बेला बोलाउने अहिले यस्तो भयो जाऊ भन्नेचाहिँ ठीक होइन, विद्यार्थीलाई त्यस्तो गर्नु भएन । 
सुनिल लम्साल
मृतक प्रकृतिका बुवा

रुपन्देही घर भएकी २० वर्षीया लम्सालको शव आइतबार साँझ विश्वविद्यालयको छात्रवासमा झुन्डिएको अवस्थामा फेला परेको थियो । उनको मृत्यु शंकास्पद रहेको भन्दै नेपाली विद्यार्थीहरुले छानबिन माग गरेका हुन् । तर, उल्टै उनीहरुले विश्वविद्यालय प्रशासनबाट दुर्व्यवहार सहनुपर्यो । कतिपयलाई कुटपिटसमेत गरिएको बताइएको छ । 

विश्वविद्यालय प्रशासनका कर्मचारीले नेपाली विद्यार्थीमाथि गरेका गाली गलौज अत्यन्तै गैरजिम्मेवारपूर्ण रहेको भन्दै ती टिप्पणीहरू उनीहरूको व्यक्तिगत क्षमतामा क्षणिकरूपमा गरिएको किट प्रशासनले जनाएको छ । ती कर्मचारीलाई क्याम्पसबाट निलम्बन गरिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । 

सुरक्षा गार्ड पक्राउ, आरोपीलाई फौजदारी मुद्दा
किट विश्वविद्यालयले लम्साल मृत्यु प्रकरणमा सुरक्षा गार्डहरूलाई पक्राउ गरी निलम्बन गरिएको जनाएको छ । उक्त घटनालाई दुर्भाग्य भएको भन्दै ओडिसा सरकारको ध्यानाकर्षण भएको जनाएको छ । ‘सरकारले गठन गरेको उच्चस्तरीय तथ्य छानबिन समितिको निष्कर्षका आधारमा उनीहरूलाई कानुनी र प्रशासनिक कारबाही गरिने छ,’ ओडिसा सरकारले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

छानबिन समितिमा प्रदेशको गृह विभागका अतिरिक्त मुख्यसचिव, महिला तथा बाल विकास विभागका प्रमुख सचिव र उच्च शिक्षा विभागका आयुक्त सहसचिव सदस्य रहेका छन् । रुपन्देही भैरहवाकी लम्साल किट विश्वविद्यालयमा बिटेकमा मेकानिकल इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत छात्रा हुन् । आइतबार साँझ मृत अवस्थामा भेटिएकी थिइन् । घटनाबारे जानकारी पाउनासाथ उनका बुवा सुनिल लम्साल भुवनेश्वरस्थित विश्वविद्यालयमा पुगिसकेका छन् ।

ओडिसा प्रहरीले यस घटनामा आरोपी आद्विक श्रीवास्तवविरुद्ध फौजदारी मुद्दा चलाउने जनाएको छ । श्रीवास्तवसँग प्रेममा रहेको र उनीसँग झगडाका कारण आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको भारतीय सञ्चारमाध्यमहरुमा दाबी गरिएको छ । 


हामीलाई न्याय चाहियोः प्रकृतिका बुवा
प्रकृतिका बुवा सुनिल लम्सालले न्याय माग गरेका छन् । भारतीय समाचार एजेन्सी एअनआईसँग कुरा गर्दै पोस्टमार्टमको प्रक्रिया सुरु भएको र त्यसपछि थप विषयहरु स्पष्ट हुने बताएका छन् । ‘उनको मोबाइल, ल्यापटप, डायरीलगायत पनि फरेन्सिकले लगेको छ, त्यो रिपोर्ट आएपछि पनि के हो थाहा हुन्छ,’ सुनिलले भनेका छन्, ‘अहिलेलाई हामीलाई यति सूचना छ कि उनीमाथि ह्यारेसमेन्ट र इमोसनल ब्ल्याकमेलिङ भएको थियो, त्यही कारण उनले आत्महत्या गरेकी हुन् ।’

विश्वविद्यालयका व्यक्तिहरुले आधिकारिकरुपमा केही नबताए पनि प्रहरी अधिकृतहरुले भने आफूहरुसँग राम्रो समन्वय गरेको उनले बताएका छन् । ‘हाम्रो माग न्याय पाउनुपर्यो भन्ने हो, अरू केही होइन,’ उनले भने । विश्वविद्यालयले मेला गरेरै विद्यार्थी लैजाने र अहिले यस्तो पर्दा जाऊ भन्नु ठीक नभएको सुनिलको दुःखेसो थियो । ‘विद्यार्थीलाई पहिले आवश्यक परेका बेला बोलाउने अहिले यस्तो भयो जाऊ भन्नेचाहिँ ठीक होइन, विद्यार्थीलाई त्यस्तो गर्नु भएन,’ उनले भने ।

यस घटनाको विरोधमा नेपालका विद्यार्थी संगठनहरुले प्रदर्शन जारी राखेका छन् भने भारतीय विद्यार्थी संगठनले पनि साथ दिएका छन् । भारतको सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा) को मातृ संस्था भनेर व्याख्या गरिने राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) तथा प्रमुख प्रतिपक्षी भारतीय राष्ट्रिय कंग्रेसका विद्यार्थी संगठनहरूले विज्ञप्ति जारी गर्दै घटनाको विरोध जनाएका छन् । 

ओडिसा घटनाले दुवै सदन तातियो 
प्रकृतिको मृत्यु प्रकरणले मंगलबारको राष्ट्रियसभा र प्रतिनिधिसभा तातेको छ । मंगलबार बसेको राष्ट्रियसभा बैठकमा सांसद तुलप्रसाद विश्वकर्माले यो घटनाले देशको स्वाभिमान निहुरिएको बताए । ‘दुःखका साथ भन्नुपर्ने छ । यो देशको स्वाभिमान निहुरिएको छ,’ विश्वकर्माले भने, ‘पुनः नेपालीको स्वाभिमानमाथि विदेशी भूमिमा धावा बोलिएको छ ।’

राष्ट्रियसभाका अधिकांश सांसदले यस घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका थिए । यसैगरी प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा सांसदहरूले घटनाको सत्यतथ्य छानबिन गर्न माग गरे । नेकपा एमालेका सांसद ठाकुर गैरेले विद्यालयका प्रशासकहरूले नेपाली विद्यार्थी र नेपालीहरूप्रति गरिएको व्यवहार र शब्दप्रति आपत्ति जनाए ।

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले पनि विद्यार्थीलाई त्यहाँ अपमानजनक व्यवहार गरेकोप्रति आपत्ति जनाए । ‘सिंगो नेपाल र नेपालीमाथि धावा बोलियो । तर, सरकारको कूटनीतिक असक्षमताको कारण त्यहाँ अहिले पनि नेपाली विद्यार्थीहरूले असुरक्षित छन्,’ सापकोटाले भने ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले संसद् र सिंहदरबारमा दुईतिहाइको दम्भ देखिए पनि जनताले दुईतिहाइको अनुभूति गर्न नपाएको टिप्पणी गरे । ‘हाम्रो कूटनीति यति कमजोर भयो कि, छिमेकमा एउटा कलेजको चौकीदारले पनि हाम्रो नागरिकलाई सजिलै पिट्दिन पाए । तिम्रो देशको बजेट मेरो युनिभर्सिटीको जति पनि छैन भनेर हेप्न पाए । हामी दुईतिहाइको दम्भ सिंहदरबार र सदनभन्दा बाहिर हाम्रा नागरिकहरूले फिल गर्न पाएकै रहेन छन्,’ झाले भने । सदनमा अधिकांश सांसदले ओडिसा घटनाबारे सरकारको ध्यानाकर्षण गराए ।

 


प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१  १०:५५
#प्रकृति लम्साल मृत्यु प्रकरण
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त शुक्रबार, भदौ २६, २०८३
राष्ट्रिय विज्ञापन संघद्वारा बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण
राष्ट्रिय विज्ञापन संघद्वारा बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण शुक्रबार, भदौ २६, २०८३
धनुषाबाट दुईदिनमा १४ फरार प्रतिवादी पक्राउ
धनुषाबाट दुईदिनमा १४ फरार प्रतिवादी पक्राउ शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने
प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने शुक्रबार, भदौ २६, २०८३
आजको खबर
आजको खबर शुक्रबार, भदौ २६, २०८३
साढे चार करोड बिगोसिहत कामपाका तत्कालीन इञ्जिनियर महतोविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा
साढे चार करोड बिगोसिहत कामपाका तत्कालीन इञ्जिनियर महतोविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा शुक्रबार, भदौ २६, २०८३
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने शुक्रबार, भदौ २६, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP