Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #शुक्रराज शर्मा
  • #सफल _युवराज पौडेल
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #'उज्यालो नेपाल
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #जरा_उद्यान
Search Here
समाचार
  • Home
  • समाचार
  • नवलपुर माविको ७६ औं वार्षिकोत्सव : विद्यार्थी पुरस्कृत, अक्षयकोष घोषणा
नवलपुर माविको ७६ औं वार्षिकोत्सव : विद्यार्थी पुरस्कृत, अक्षयकोष घोषणा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन ६, २०८१

नवलपुर । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकास्थित वडा ४ नवलपुरमा रहेको नवलपुर माविले आफ्नो ७६ औं स्थापना दिवस मनाएको छ । माविको प्रँगणमा मंगलबार विद्यालयले आफ्नो स्थापना दिवस मनाएको हो ।
२००६ फागुन ६ गते स्थापना भएको माविले एकपछि अर्को सफलता प्राप्त गरेकोमा इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले खुसी व्यक्त गरे ।

गाउँपालिका भित्रको शैक्षिक क्षेत्रलाई उकास्न थुप्रै संघसंस्थाले सहयोग गरेको उल्लेख गर्दै अध्यक्ष नेपालले विद्यालयको भौतिक व्यवस्थापन र आर्थिक व्यवस्थापन हिसाबले नमुना माध्यमिक विद्यालय अघि बढाउन ४ पक्ष चाहिने बताए। 'दक्ष शिक्षक, कुशल व्यबस्थापन, जागरुक अभिभावक र अनुशासित विद्यार्थी यो ४ ओटा पक्ष भएममात्रै नमुना विद्यालय बन्छ,' नेपालले भने ।

Nawalpurss-(3)-1739894453.jpg
पूर्व विद्यार्थीसमेत रहेका नेपाली कांग्रेस पूर्व जिल्ला सचिव प्रतिनिधि बिलबहादुर तामाङले विद्यालयप्रति गहिरो प्रेम र अदभूत माया भएको बताए । उनले गुणस्तरीय शिक्षा नै आजको आवश्यता भएको जनाए ।
यसका लागि विद्यार्थी सङ्ख्या अनुसार दक्ष शिक्षकहरु पदपूर्ति गर्न स्थानीय सरकार लाग्नुपर्ने सुझाए । तामाङले  विद्यालयको भौतिक संरचना बनाउन पहलसमेत गरेका थिए ।

इन्द्रावती गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष क्षेत्रबहादुर तामाङले आफू वडाध्यक्षमा निर्वाचित भएपछि वडामा सिमित स्रोतसाधन भएपनि गुणस्तरीय शिक्षा प्रदान गर्न बजेट कार्यक्रमको व्यवस्था गरेको दाबी गरे । उनले विद्यालयमा विभिन्न शैक्षिक क्रियकलाप गर्न बजेट व्यवस्थापनसमेत गरेको बताए।

Hardik health

वडाध्यक्ष तामाङले विद्यालयले पूर्व विद्यार्थी हरुको भेला गर्नुपर्ने सुझाए । 'यहाँ पढेका विद्यार्थी राजनीतिकदेखि प्रशासन सेवासम्म छरिएका छन्। सबैलाई खोजेर खोजेर पूर्व विद्यार्थी समाज बनाउँ,' वडाध्यक्ष तामाङले भने ।

शैक्षिक सुधारको लागि आफूले सक्ने सहयोग गर्ने बताउँदै उनले विद्यालय प्रति अभिभावकको सहभागिता कम देखिएकोमा चिन्ता व्यक्त गरे । 'अभिभावक कार्यक्रममा उपस्थित हुनुपर्‍यो। आफ्नो बच्चाले घरमा गएर पढ्छ कि पढ्दैन त्यसमा पनि ध्यान दिनुपर्‍यो,' वडाध्यक्ष तामाङले भने ।

नेकपा एमाले इन्द्रावती गाउँपालिकाका प्रतिनिधि गोविन्द कोइरालाले स्वास्थ विद्यार्थी उत्पादन गर्न विद्यालयले जोड दिनुपर्ने बताए । नेपाली कांग्रेस इन्द्रावती गाउँपालिका सभापति जीवन थापाले विद्यालयलाई खेलकुद सामाग्री वितरण गर्दै विद्यालय बगैचा भएको बताए । माओवादी केन्द्र इन्द्रावती गाउँपालिकाका अध्यक्ष देवेन्द्र दाहालले विद्यालयको शैक्षिक उन्नति प्रगातिको लागि आफ्नो सहयोग सदैव रहने प्रतिबद्धता जनाए ।

पुरस्कार तथा अवार्ड वितरण

वार्षिकोत्सवकै अवसर पारेर नवलपुर माध्यमिक विद्यालयले सोमबार दोस्रो वडाध्यक्ष कप आधारभूत (१-५) डिजिटल हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा भिमसेन आधरभुत विद्यालय पहिलो, टाकुरे आधारभुत विद्यालय दोस्रो र नवलपुर माध्यमिक विद्यालय तेस्रो भएको थियो ।

विजेतालाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमकै अवसरमा नवलपुर माध्यमिक विद्यालय बाट २०८० सालको एसइइ परिक्षा उत्कृष्ट नतिजा ल्याउन सफल सुनिता तामाङलाई हवलसिङ कान्छीमाया पुरस्कार स्मृति अक्षयकोष बाट नगद १० हजारसहित सम्मान गरिएको थियो ।

हवलसिङ कान्छीमाया पुरस्कार कांग्रेस बागमती प्रदेश प्रतिनिधि एवम् विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष फुर्पा तामाङले वितरण गरेका हुन् ।Nawalpurss-(2)-1739894411.jpg
 

त्यस्तै धनबहादुर खोखाली स्मृति अक्षयकोषबाट नगद तीन हजारसहित कक्षा १० की प्रथम छात्रा सुशिला तामाङलाई सम्मान गरिएको थियो । सेलो गायक एवम् यसै विद्यालयका पूर्व विद्यार्थी तेज थिङले साङ्गीतिक प्रस्तुति दिएका थिए ।

विद्यालयको नाममा अक्षयकोष घोषणा

कार्यक्रमको अवसरमा समर्पण छात्रवृत्ति तथा पुरस्कार अक्षयकोष स्थापना घोषणा गरिएको छ । जुन कोषको लागि हालसम्म १ लाख ३६ हजारको प्रतिवद्धता आएको र ४० हजार रुपैयाँ जम्मा भइसकेको विद्यालयकी शिक्षिका चित्रकुमारी खोखालीले जनाइन् । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्ने र विद्यालयमा भएका अतिरिक्त क्रियाकलाप संचालन र पुरस्कार वितरणमा प्रयोग गरिने उदेश्यका साथ अक्षयकोष स्थापना गरिएको उनले बताइन्।
विद्यालयका प्रधानध्यापक सुरेन्द्रमान श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन विद्यालयका लेखापाल बिमरास तामाङ प्रस्तुत गरेका थिए ।

 


प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  २१:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
श्रमिकको परिवारलाई २० लाख बढी आर्थिक सहायता
श्रमिकको परिवारलाई २० लाख बढी आर्थिक सहायता बुधबार, माघ २१, २०८२
निर्वाचनमा हुने प्रविधिको दुरुपयोग रोक्न आयोग र टिकटकबीच समझदारी
निर्वाचनमा हुने प्रविधिको दुरुपयोग रोक्न आयोग र टिकटकबीच समझदारी बुधबार, माघ २१, २०८२
काठमाडौंको योजना दिगो विकास केन्द्रित हुनुपर्छः मन्त्री चौलागाईं
काठमाडौंको योजना दिगो विकास केन्द्रित हुनुपर्छः मन्त्री चौलागाईं बुधबार, माघ २१, २०८२
विधायन समिति बैठकः अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ माथि छलफल
विधायन समिति बैठकः अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ माथि छलफल बुधबार, माघ २१, २०८२
लुम्बिनीको स्थापना दिवसः सङ्घीयताको बलियो आधार नै प्रदेश
लुम्बिनीको स्थापना दिवसः सङ्घीयताको बलियो आधार नै प्रदेश बुधबार, माघ २१, २०८२
राष्ट्रियता हाम्रो अस्तित्वको आधार हो: उपराष्ट्रपति यादव
राष्ट्रियता हाम्रो अस्तित्वको आधार हो: उपराष्ट्रपति यादव बुधबार, माघ २१, २०८२
भैरहवा क्षेत्रमा रात्रीकालीन बजार सञ्चालनका लागि पहल गरिने
भैरहवा क्षेत्रमा रात्रीकालीन बजार सञ्चालनका लागि पहल गरिने बुधबार, माघ २१, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP