Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #ह्योल्मो
  • #विश्व शान्ति सम्मेलन
  • #पूर्णबहादुर खड्का
  • #एभरेष्ट टुरिजम अवार्ड
  • #सम्मान
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • प्रशासनको निर्देशन कुर्दै असन्तुष्ट पक्ष
वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन विवाद प्रशासनको निर्देशन कुर्दै असन्तुष्ट पक्ष
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन ६, २०८१

काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन समयमै नगराएको विरोधमा असन्तुष्ट व्यवसायीहरु दोस्रोपटक जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन् । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एसोसिएसनका पूर्वअध्यक्ष हंसराज वाग्ले, महासचिव महेश बस्नेतसहित आठवटै घटक संस्थाका प्रतिनिधिले सोमबार प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई भेटेर कार्यसमितिले विधान मिचेको विषयमा यथाशक्य चाँडो निर्देशन दिन आग्रह गरेका थिए ।

एसोसियसनका महासचिव बस्नेतका अनुसार प्रमुख जिल्ला अधिकारी तिवारीले सकेसम्म सोमबारै संघको कार्यसमितिलाई निर्देशनात्मक आदेश दिने आश्वासन दिएका थिए । ‘सिडिओसँग सकारात्मक कुरा भएको छ, आजै बेलुकासम्म निर्देशन दिने भन्नुभएको छ,’ सोमबार प्रजिअलाई भेटेपछि बस्नेतले प्रभावसँग भने । प्रमुख जिल्ला अधिकारी तिवारीसँग संघको विषयमा बुझ्दा आफूले दुवै पक्षलाई मिलेर अघि बढ्न विगतदेखि नै भन्दै आएको बताए । चुनावको मिति र विधान मिचिएको विषयमा आफूलाई केही थाहा नभएकाले व्यवसायीलाई नै सोध्नुपर्ने उनको भनाइ छ । सोमबार नै निर्देशन दिने भन्नुभएको रहेछ नि ? भनेर सोध्दा तिवारीले भने, ‘यस विषयमा कुरा हुँदै छ, मैले उहाँहरुलाई बसेरै टुंग्याउनुहोस् मात्र भनेको हो ।’ 

मैले दुवै पक्षलाई बसेर विवाद टुंग्याउनू भनेको छु । संघलाई निर्देशन दिने विषयमाचाहिँ कुरा हुँदै छ ।
ऋषिराम तिवारी
प्रजिअ, काठमाडौं

निर्देशन दिने विषयमा भने तिवारीले बोल्न चाहेनन् । व्यवसायीहरु जिल्ला प्रशासनले आफूहरुको असन्तुष्टिको कारण बुझेर न्यायोचित निकास दिने भन्दै निर्देशनको प्रतीक्षामा छन् । प्रशासनबाट भने मागअनुसार निर्देशन जारी गर्न आलटाल भएको व्यवसायीहरुको गुनासो छ ।  फागुन २ गतेको पूर्वनिर्धारित मितिमा संघको चुनाव तथा ३०औं र ३१औं वार्षिक साधारणसभा नभएपछि विधान मिचिएको भन्दै व्यवसायीहरु संगठित भएर विरोध गर्दै आएका छन् ।

Hardik health

गत शुक्रबार प्रशासन पुगेका व्यवसायीहरुले प्रजिअ तिवारीलाई भेटेर संघको कार्यसमिति २ फागुनदेखि अवैधानिक भएकाले आर्थिक कारोबारमा रोक लगाई तत्कालै कार्यसमितिको निर्वाचन गराउन संघ नेतृत्वलाई निर्देशन गरिनुपर्ने विषयमा ध्यानाकर्षण गराएका थिए । प्रजिअ तिवारीले ‘विधान मिचिएको रहेछ’ भनेर सकारात्मक प्रतिक्रिया दिएकाले प्रशासनको तर्फबाट आइतबारसम्म निर्देशन आउने उनीहरुको अपेक्षा थियो । तर केही खबर नआएपछि आफूहरु पुनः प्रशासन पुगेको व्यवसायीहरुको भनाइ छ ।

यदि संघको कार्यसमिति र जिल्ला प्रशासनको तर्फबाट चुनाव सार्न केही कदम नचालिएको खण्डमा कडा कदम चाल्न आफूहरु तयारी अवस्थामा रहेको असन्तुष्ट पक्षको भनाइ छ । सोमबार र मंगलबारभित्र कुनै आदेश नआए आफ्नो हिसाबले अघि बढ्ने उनीहरुले चेतावनी दिएका छन् ।त्यसो त आइतबार संघमा भएको सर्वपक्षीय छलफल पनि निष्कर्षविहीन भएको थियो । एसोसिएसनका अध्यक्ष दीपक थापाले तत्कालै साधारणसभा बोलाउने निर्णय नगरे कार्यसमितिलाई अवैधानिक घोषणा गरी संघको नेतृत्वसँग कुनै पनि प्रकारको छलफल नगर्ने अडान राखेका थिए । असन्तुष्टहरुले फागुन २ यता संघ अवैधानिक भएको भन्दै आइरहेको अवस्थामा आइतबार सल्लाहकार नियुक्त गरिनु विधानको अर्को उल्लंघन भएको भन्दै थप आक्रोशित भएका छन् ।

यता संघका अध्यक्ष राजेन्द्र भण्डारीले भने सर्वपक्षीय छलफल सकारात्मक भएकाले छिट्टै नयाँ मिति तय गर्ने बताए । ‘हामीले सबै पक्षसँग छलफल गरेका छौं, छिट्टै अर्को छलफल गरेर नयाँ मिति टुंग्याउने तयारीमा छौं,’ भण्डारी भन्छन्, ‘सकेससम्म असार १७ गतेभन्दा अगाडि सार्ने प्रयासमा छौं । उहाँहरु जिल्ला प्रशासन पुग्नुभएको भन्ने छ तर सिडिओ कार्यालयबाट त्यस्तो कुनै निर्देशन आएको छैन ।’

हामीले सबै पक्षसँग छलफल गरेका छौं, छिट्टै नयाँ मिति टुंग्याउने तयारीमा छौं । सकेससम्म असार १७ गतेभन्दा अगाडि सार्ने प्रयासमा छौं । 
राजेन्द्र भण्डारी
अध्यक्ष, वैदेशिक रोजगार व्यवसायी संघ

संघले २ फागुनका लागि तोकिएको निर्वाचनसहितको साधारणसभा १७ असारका लागि सार्ने निर्णय गरेपछि एसोसिएसनसहित नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च, एकीकृत वैदेशिक रोजगार व्यवसायी संस्था नेपाल, नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समिति, नेपाल वैदेशिक रोजगार तमुधी समाज, नेपाल वैदेशिक रोजगार तामाङ समाज, तराई वैदेशिक रोजगार व्यवसायी समाज, नेपाल वैदेशिक रोजगार व्यवसायी मगर समाजले संघलाई दबाब दिइरहेका छन् । 

संघको वर्तमान कार्यसमितिले भने व्यवसायीको इजाजत नवीकरणका लागि बाधक रहेको एक सय संख्या समस्याको छिटो समाधान, वैदेशिक रोजगार ऐन तथा नियमावलीमा संशोधन, सेवा शुल्क परिमार्जनलगायतका अन्तिम चरणमा रहेका काम सल्टाएर मात्र साधारणसभा बोलाउनु उपयुक्त हुने अडान राख्दै आएको छ ।


प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १०:३४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कोरिया जान नपाएका युवाहरुले घेरे इपिएस शाखा
कोरिया जान नपाएका युवाहरुले घेरे इपिएस शाखा बिहीबार, पुस १७, २०८२
वैदेशिक रोजगारबाट फर्किएकालाई स्वदेशमा चुनौती
वैदेशिक रोजगारबाट फर्किएकालाई स्वदेशमा चुनौती बुधबार, पुस १६, २०८२
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ मंगलबार, पुस १५, २०८२
इपिएफले मलेसियाको श्रमबजारमा समानता कायम गर्ने विश्वास
इपिएफले मलेसियाको श्रमबजारमा समानता कायम गर्ने विश्वास मंगलबार, पुस १५, २०८२
न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस १४, २०८२
श्रम स्वीकृति दिने निर्णयले इराकमा रहेका नेपाली हर्षित
श्रम स्वीकृति दिने निर्णयले इराकमा रहेका नेपाली हर्षित सोमबार, पुस १४, २०८२
जापानको योजनाः सन् २०२८ सम्म १२ लाखभन्दा बढी विदेशी कामदार भित्र्याउने
जापानको योजनाः सन् २०२८ सम्म १२ लाखभन्दा बढी विदेशी कामदार भित्र्याउने आइतबार, पुस १३, २०८२
लोकप्रिय
  • Week
  • Month
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP