Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #नेकपा_एमाले
Search Here
समाचार
  • Home
  • समाचार
  • सिमेन्टको मूल्यवृद्धिलाई लिएर उद्योगमन्त्री र सांसदबीच सवाल–जवाफ
सिमेन्टको मूल्यवृद्धिलाई लिएर उद्योगमन्त्री र सांसदबीच सवाल–जवाफ
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ २९, २०८१
Hardik health

काठमाडौं -  सिमेन्टलगायत निर्माण सामग्री एवं खाद्य वस्तुको मूल्यवृद्धि सम्बन्धमा छलफल गर्न बसेको राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद गोपीबहादुर सार्की अछामीबीच सवाल–जवाफ भएको छ ।
       
बैठकमा सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिने क्रममा उद्योगमन्त्री भण्डारीले सिमेन्टको मूल्यवृद्धि हुनुमा उद्योगमा भएको ‘लोडसेडिङ’को पनि भूमिका रहेको बताएपछि माओवादी सांसद अछामीले बीचैमा प्रतिवाद गर्दै सो सम्बन्धमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग बहस गर्न आग्रह गरे ।  
       
सांसद अछामीले भने, “माननीयमन्त्रीज्यू, यो बहस यहाँ गर्ने होइन, त्यो बहस ऊर्जा मन्त्रालयमा गर्ने हो, हामीसँग यहाँ गर्नुपर्ने नै होइन ।” मन्त्री भण्डारीले उद्योगमा लोडसेडिङ छ, छैन भन्ने कुराको पनि तथ्यमा हेर्नुपर्ने बताए। “अब लोडसेडिङ छैन भन्नुहुन्छ, विद्युत् प्राधिकरणले ‘सेड्युल’ दिएको छ, बोलाउनु न प्राधिकरणलाई म त आग्रह गरिहेको छु समिति सभापतिलाई”, लोडसेडिङको तालिका हेर्न सुझाउँदै उनले भने, “यो मूल्यवृद्धि भएका बेलामा लोडसेडिङ कति भयो त्यसको सेड्युल हेरौँ न, कसैले लोडसेडिङ छ भन्ने कसैले छैन भन्ने हामीले गरिराख्नुपर्छ र ?”
 
सांसद अछामीले “त्यो कुरा हाम्रो सरोकारको कुरा  भएन, त्यो त्यही मन्त्रालयसँग गर्नुस”, भने । मन्त्री भण्डारीले सरकारको निकाय विद्युत् प्राधिकरण भएकाले छलफल हुनुपर्ने उल्लेख गरे । सांसद अछामीले भने, “महँगी नियन्त्रण हुनुपर्यो, उद्योग मन्त्रालयको ध्यान त्यहाँ पुग्नुपर्यो भन्ने मात्रै हाम्रो कुरा हो ।”नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्रलक्ष्मी गैरेले मूल्य बढाउनुमा सांसदको भूमिका हो भनी प्रश्न गरे । सो प्रश्नमा उद्योगमन्त्रीले ‘छैन’ भन्ने जवाफ दिएपछि सांसद गैरेले प्रस्ताव गरे, “छैन, भने चै जसको हो त्यहीँनेर छलफल गरौँ न त ।” मन्त्री र सांसदबीच सवाल–जवाफ भएपछि समिति सभापति सोनामगेल्जेन शेर्पाले ‘हस्तक्षेप’ गरी ‘यसलाई यही थाती राखौँ’ भनी प्रस्ताव गरे । समयको अभाव भएको भन्दै सभापति शेर्पाले विषय केन्द्रित धारणा राख्न मन्त्रीलाई निर्देश गरे ।
 
मन्त्री भण्डारीले समितिको निर्देशन सरकारलाई स्वीकार्य भएको बताए। “म फेरि पनि भन्छु, समितिले जे निर्देश गर्छ, त्यो मान्छु”, उनले भने, “विद्युत् प्राधिकरण सरकारभन्दा बाहिरको निकाय पनि होइन, यो सरकारी निकाय हो ।” यत्तिकैमा एकीकृत समाजवादीका अर्का सांसद उदयबहादुर बोहराले सिमेन्टलगायत निर्माणजन्य सामग्रीको मूल्यवृद्धि हुनुमा ‘कस्ट अफ प्रोडक्ट’ प्रस्टसँग आउनुपर्यो भने । सिमेन्टको मूल्य तोक्नका लागि अहिले समिति गठन भइसकेको जानकारी दिँदै मन्त्री भण्डारीले भने, “के–केमा वृद्धि भएको हो, त्यो समितिले लिएर आउँछ ।” मूल्यवृद्धिको सम्भाव्य कारकका बारेमा उद्योगमन्त्रीले प्रस्ट्याउँदै गर्दा पुनः सांसद अछामीले प्रश्न गरे, “मूल्यवृद्धिमा सांसदहरुले पनि साथ दिनुपर्यो भन्ने जस्तो कुरा आयो नि त ? हामी त्यो त गर्दैनौँ, यति छोटो अवधिमा जति मूल्य बढ्या छ, यो जायज छ ?”
 
मन्त्री भण्डारीले सभापतिको अनुमति लिएर आफूले बोलिरहेको उल्लेख गर्दै भने, “माननीयज्यू, यस विषयमा सरकारलाई निर्देश गर्नुस् ।” सांसद अछामीले, “सरासर उपभोक्ता ठग्न त पाइए न नि भनी”, भने ।” जवाफमा मन्त्री भण्डारीले आफ्नो भनाइ दोहोर्याउँदै भने, “समितिबाट निर्देश गर्नुस् सरकारलाई, मूल्यवृद्धि घटेको छ, घटाउने कोसिस भइरहेको छ, यससम्बन्धी आवश्यक समिति बनेको छ, समितिको जे निष्कर्ष आउँछ, त्यसलाई मान्नुपर्छ ।”
 
मन्त्री भण्डारीले सांसदलाई आफूले मूल्यवृद्धि गरिदिनुस् भनेर नभनेको भनी स्पष्ट पारे । सवाल–जवाफ नरोकिएपछि पुनः सभापति शेर्पाले ‘हस्तक्षेप’ गर्दै विषयमा प्रवेश गर्न मन्त्रीलाई ध्यानाकर्षण गराए ।सभापतिको निर्देशनपछि मन्त्री भण्डारीले मूल्यवृद्धिका कारणहरुमध्येमा लोडसेडिङ पनि भएको दाबी गरे । “लोडसेडिङ कसरी भयो ? बाढीपहिरोले माथिल्लो तामाकोशी आयोजनामा क्षति पुग्यो, त्यसको उत्पादन घट्यो, यो त प्राधिकरणले स्वीकारे कै छ त”, उनले भने, “सिमेन्टको मूल्य यसकारणले बढेको छ भनेको हुँ, उद्योगी व्यवसायीले आफूखुसी बढाएको चाहीँ होइन ।”
 
यद्यपि सरकार उद्योग पनि जोगाउने, मूल्यवृद्धि पनि नियन्त्रण गर्ने, उपभोक्तालाई राहत दिनेमा प्रतिबद्ध रहेको र यससम्बन्धमा समितिबाट स्पष्ट निर्देशन होस् भन्नेमा आफू रहेको उहाँको भनाइ थियो । सरकारको धारणा दोहोर्याउँदै मन्त्री भण्डारीले भने, “राज्यको दायित्व उद्योग पनि जोगाउने हो, उपभोक्तालाई राहत दिने पनि हो ।”  समिति सभापति शेर्पाले अध्ययन समितिको प्रतिवेदन र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयँसग उद्योगमा भएको लोडसेडिङको विषयमा छलफल गरिने बताए। उनले यससम्बन्धमा व्यापक छलफलपछि मात्रै निष्कर्षमा पुगिने बताए।


प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १६:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तिंकर नाका नियमित नहुँदा व्यापार प्रभावित
तिंकर नाका नियमित नहुँदा व्यापार प्रभावित बुधबार, पुस ३०, २०८२
मुग्लिन-आँबुखैरेनीको समानान्तर सडक रेखांकन स्वीकृत
मुग्लिन-आँबुखैरेनीको समानान्तर सडक रेखांकन स्वीकृत सोमबार, पुस २८, २०८२
पूर्वीनाकाबाट गोलभेँडाको आयात ९३२ प्रतिशतले बढ्यो
पूर्वीनाकाबाट गोलभेँडाको आयात ९३२ प्रतिशतले बढ्यो सोमबार, पुस २८, २०८२
देशको आर्थिक स्थिति: चालु खाता र शोधनान्तर बचतमा, विप्रेषण र मुद्रा सञ्चिति बढ्यो
देशको आर्थिक स्थिति: चालु खाता र शोधनान्तर बचतमा, विप्रेषण र मुद्रा सञ्चिति बढ्यो शुक्रबार, पुस २५, २०८२
महासंघको ६०औँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको पहल हुन्छ : अध्यक्ष ढकाल
महासंघको ६०औँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको पहल हुन्छ : अध्यक्ष ढकाल शुक्रबार, पुस २५, २०८२
दार्चुलामा ५० शय्याको अस्पताल भवन निर्माणमा ढिलाइ
दार्चुलामा ५० शय्याको अस्पताल भवन निर्माणमा ढिलाइ शुक्रबार, पुस २५, २०८२
किवी बिक्री नभएपछि जुस उत्पादन गर्दै महिला उद्यमी
किवी बिक्री नभएपछि जुस उत्पादन गर्दै महिला उद्यमी शुक्रबार, पुस २५, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP