Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #दूध_दुहुने_रियालिटी शो
  • #‘शिवांश’
  • #फोक्सिङटार
  • #क्यालिस्थेनिक्स
Search Here
राजनीति
  • Home
  • राजनीति
  • आफ्नो पालामा आर्थिक सुधार भएको दाहालको दाबी
प्रकाशशरणले पोखे असन्तुष्टि आफ्नो पालामा आर्थिक सुधार भएको दाहालको दाबी
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ २५, २०८१

काठमाडौं– प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारको प्रस्तुति निकै कमजोर रहेको आरोप लगाएका छन् । बिहीबार सदनलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष दाहालले सरकार अर्थतन्त्रलाई कमजोर बनाउने दिशामा अघि बढेको दाबी गरे ।

आफ्नो नेतृत्वमा आर्थिक प्रगतिका सुचक बलियो बन्दै गरेको अवस्थामा केपी शर्मा ओलीको नेतृत्वले देशलाई बर्बादीतिर लगेको दाहालको तर्क थियो । ‘सरकार अनौपचारिक तथा अवैधानिक माध्यमलाई प्रवद्र्धन गर्दै राष्ट्रिय अर्थतन्त्र कमजोर बनाउने दिशामा अग्रसर छ,’ उनले भने । प्रधानमन्त्री ओलीले माघ १८ गते सदनलाई सम्बोधन गर्दै सरकारले आर्थिक अवस्था सुधारका लागि अथक मेहेनत गरेको र सुधारका संकेतहरु देखिन थालेको बताएका थिए । तर ती उपलब्धि अत्मरतिमा आधारित भएको दाहालले दाबी गरे । ‘प्रधानमन्त्रीका रुपमा मैले यो सम्मानित संसदमा एउटा परम्परा सुरु गरेको थिएँ, रिपोर्ट कार्डको परम्परा । तर, अहिले संसदमा रिपोर्ट कार्ड होइन, तथ्य होइन, मिथ्या कल्पना र आत्मरति सुनिन थालेको छ,’ उनले भने ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले व्यापार घाटा तीव्र रुपले बढेको, रेमिट्यान्स घटिरहेको अवस्थामा पनि सरकारले ढाकछोपको प्रयास गरेको आरोप लगाए । ‘सरकारले चालु वर्षको खर्च र राजश्वको लक्ष्य पुरा गर्न सक्ने छैन । छ महिनाअघि २.६ प्रतिशतले घटेको व्यापार घाटा यो सरकारको छ महिने अवधिमा ४.४ प्रतिशतले बढेर ७ सय २३ अर्ब पुगेको छ । छ महिनाअघि २२.२ प्रतिशतले वृद्धि भएको थियो रेमिट्यान्स । अहिले वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढे पनि रेमिट्यान्स आप्रवाह भने घटेर ४.१ प्रतिशत पुगेको छ,’ दाहालले भने ।

मैले सरकार छोड्दा मुद्रास्फीति ३.५७ प्रतिशत थियो, अहिले बढेर ५.४१ प्रतिशत पुगेको छ । खाद्यान्न मूल्यवृद्धि झन् गम्भीर रूपमा २८.५२ प्रतिशतले बढेर औसतमा ७.६७ प्रतिशत पुगेको छ, जबकि मैले छोड्दा यो दर ४.०४ प्रतिशत मात्र थियो
पुष्पकमल दाहाल
अध्यक्ष
माओवादी केन्द्र

Hardik health


महँगी अहिले बढेको र श्रमिकको ज्याला भने नबढेको दाहालको भनाई थियो । वित्तिय संस्थाबाट प्रवाह हुने कर्जा पनि निरन्तर ओरालो लागेको उनको भनाइ थियो । ‘छ महिनाअघि बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा २.६ प्रतिशतले वृद्धि भइरहेको थियो, अहिले घटेर १.२ प्रतिशतमा सीमित भएको छ । मेरो नेतृत्वमा ३ सय ७७ अर्बले बढेको निक्षेप यो सरकार बनेपछि घटेर २ सय ३९ अर्बले मात्र बढेको छ,’ दाहालले भने ।

दाहालले कांग्रेस प्रवक्ता डा प्रकाशशरण महत अर्थमन्त्री भएको समयमा यो प्रगति भएको बताएका थिए । महतकै कारण सरकार अप्ठेरोमा परेको भन्दै दाहालले कांग्रेससँग सत्ता समीकरण छाडेर एमालेसँग मिलेर सरकार गठन गरेका थिए । आफ्नो प्रशंसा सुनेर कांग्रेस प्रवक्ता महत भने खुसी भएनन् । बरु महतले उल्टै असन्तुष्टि पोखे । ‘जुन बेला नेपाली कांग्रेससँग छाडेर जानुभयो, अर्थमन्त्रीले सहयोग गरेन भन्नेजस्तो अभिव्यक्ति उहाँले दिनुभयो । तर आज त्यसबेला एकएक गरेर आर्थिक उपलब्धि भएको थियो भनेर दोहोर्याउनुभयो,’ महतले भने ।

त्यतिबेला देश आर्थिक मन्दीको घेरामा परिसकेको उल्लेख गर्दै त्यसबाट उम्कन लगानी सम्मेलन आयोजना गरिए पनि दाहालकै कारण त्यो असफल भएको महतले आरोप लगाए । ‘त्यो अवस्थाबाट हामीले अगाडि बढाउने सशक्त अभियान थाल्यौ । लगानी सम्मेलन गर्न लागेका थियौ । सरकार परिवर्तन भएर त्यो फ्लप भयो,’ महतले भने, ‘यो कुरा उहाँले बिर्सन हुन्न । धेरै लगानी भित्रने वाला थियो । मन्त्रिपरिषद्को निर्णय उल्ट्याउनुभयो उहाँले । अनि यति लामो फेहरिस्त आयो कि जुन कार्यान्वयन गर्न सकिने अवस्था नै आएन । अहिलेको सरकारलाई पनि मुश्किल छ ।’

अहिले सरकारले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक ल्याएर नागरिकको मुख बन्द गर्न खोजिएको तर्क गर्दै दाहालले यसमा कांग्रेस जिम्मेवार हुनुपर्ने बताए । ‘खासमा यो विधेयकमा सरकारको नियत प्रकट भएको छ । प्रधानमन्त्री केपी ओलीजी विरोध त परको कुरा, रचनात्मक आलोचना पनि सहन सक्नुहुन्न,’ दाहालले भने, ‘यस्तो प्रयास प्रधानमन्त्रीकै रुपमा उहाँले यसअघि पनि पटकपटक गरिसक्नुभएको हो । त्यसैले म उहाँलाई प्रश्न गर्दिनँ । मेरो प्रश्न छ, नेपाली कांग्रेसलाई ।’

कांग्रेसको चाहना पनि ओलीको जस्तै हो कि भनेर दाहालले प्रश्न गरेका थिए । यसैगरी दाहालले पहिले गठबन्धन गर्न हुन्न भनेर ताली खाने कांग्रेस नेताहरु अहिले मौन रहेकोमा आफूलाई अचम्म लागेको बताए । ‘माओवादीसँग गठबन्धनमा हुँदा निर्वाचनपूर्वको गठबन्धन पाप हो भन्ने साथीहरु पनि थिए कांग्रेसमा । कांग्रेस एक्लै लड्छ, अब रुखबाहेक अन्त भोट हाल्दैन भनेर ती साथीहरुले धेरै ताली खाए,’ कांग्रेस महामन्त्री गगन थापातिर लक्षित गर्दै दाहालले भने, ‘तर, गत स्थानीय निकायको उपचुनावमा के भयो ? दुई ठूला दलबीच नै गठबन्धन भयो ।’

जुन बेला नेपाली कांग्रेससँग छाडेर जानुभयो, अर्थमन्त्रीले सहयोग गरेन भन्नेजस्तो अभिव्यक्ति उहाँले दिनुभयो । तर आज त्यसबेला एकएक गरेर आर्थिक उपलब्धि भएको थियो भनेर दोहोर्याउनुभयो । त्यो अवस्थाबाट हामीले अगाडि बढाउने सशक्त अभियान थाल्यौ । लगानी सम्मेलन गर्न लागेका थियौ । सरकार परिवर्तन भएर त्यो फ्लप भयो
डा प्रकाशशरण महत
प्रवक्ता, नेपाली कांग्रेस

दाहालको यो अभिव्यक्ति प्रधानमन्त्री पद गुमेको असन्तुष्टिमात्र भएको कांग्रेस प्रवक्ता महतको दाबी थियो । ‘एमालेसँग सहकार्य गरे पनि नेपाली कांग्रेससँग सहकार्य गरे पनि प्रधानमन्त्री पद चै प्रचण्डकै हुन्छ भन्ने थियो । त्यो परिस्थिति समाप्त भएकोले त्यसबाट अभिप्रेरित भएर अभिव्यक्ति आएको मैले ठानेको छु,’ महतले भने । 

एकदलीय व्यवस्थाका लागि युद्ध लडेको दाहालले समावेशी र समानुपातिकको कुरा उठाउनु हस्यास्पद भएको महतको तर्क थियो । ‘एकदलीय व्यवस्था स्थापना गर्नका लागि उहाँ लड्नुभएको थियो । बहुदलीय व्यवस्थामा उहाँ आउनुभएको कुरा बिर्सन भएन । समानुपातिकको आवाज कांग्रेसले उठाएको कुरा उहाँले बिर्सन भएन,’ महतले भने । 


 


प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १०:४९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आयोगमा ५० जनाले दिए उम्मेदवारी फिर्ताको निवेदन
आयोगमा ५० जनाले दिए उम्मेदवारी फिर्ताको निवेदन सोमबार, पुस २८, २०८२
युवापुस्ताले विश्वास गर्न सक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव
युवापुस्ताले विश्वास गर्न सक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव सोमबार, पुस २८, २०८२
नेपाली कांग्रेस नफुट्ने नेता कोइरालाकाे दाबी
नेपाली कांग्रेस नफुट्ने नेता कोइरालाकाे दाबी सोमबार, पुस २८, २०८२
कांग्रेसको विशेष महाधिवेशन कार्यविधि पारितः के छ कार्यविधिमा ?
कांग्रेसको विशेष महाधिवेशन कार्यविधि पारितः के छ कार्यविधिमा ? सोमबार, पुस २८, २०८२
पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला
पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला सोमबार, पुस २८, २०८२
कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित
कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित सोमबार, पुस २८, २०८२
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु सोमबार, पुस २८, २०८२
लोकप्रिय
  • Week
  • Month
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP