Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #नेकपा_एमाले
Search Here
राजनीति
  • Home
  • राजनीति
  • जब लिङ्देन अनुत्तरित भए
जब लिङ्देन अनुत्तरित भए
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ २०, २०८१

काठमाडौं – राजसंस्था र हिन्दूराज्य पुनःस्थापनालाई अन्तिम लक्ष्य किटान गरेको शक्ति हो– राप्रपा । तर, सोही पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पार्टीको आदर्श र मान्यताविरुद्ध उभिएको भन्दै उनीमाथि गम्भीर प्रश्न उठेको छ । लिङ्देन भने ती प्रश्नहरूमा अनुत्तरित भएका छन् ।

उनी अनुत्तरित भएको पहिलो प्रश्न हो– राजनीतिक प्रतिवेदन । दक्षिणपन्थी धारको यो शक्तिको हालै बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष लिङ्देनले राजनीतिक प्रतिवेदन पेस गरेनन् । पार्टीको आगामी कार्यदिशा र रणनीति प्रतिवेदनमा समेटिएको हुन्छ । त्यसलाई पार्टीको ‘मार्गचित्र’ भन्ने गरिन्छ । त्यसका लागि पार्टी नेतृत्वले यी सबै समेटिएको राजनीतिक प्रतिवेदन पेस गर्ने पुरानो थिति छ । यस्तो थितिलाई यसपटक भने अध्यक्ष लिङ्देनले तोडिदिएको केन्द्रीय सदस्य धनसुर शाहीले बताए । 

उनका अनुसार राप्रपाको ३४ वर्षे इतिहासमा केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत नगरिएको यो पहिलो घटना हो । ‘बैठकमै बहुसंख्यक केन्द्रीय सदस्य, पदाधिकारी र वरिष्ठ नेताहरूले अध्यक्ष लिङ्देनले राजनीतिक प्रतिवेदन पेस नगरेकोमा आलोचना गरे,’ उनले प्रभावसँग भने । एक पदाधिकारीले बताएअनुसार अध्यक्षको प्रतिवेदन नहुँदा केन्द्रीय समितिको सम्पूर्ण कारबाही र छलफल महामन्त्री धवलशमशेर राणाको राजनीतिक कार्यपत्रमा आधारित रह्यो । बैठकको निर्णय र पार्टीको कार्यदिशा सोहीअनुरुप तय भयो ।

Hardik health

राप्रपाले आगामी चैतमा काठमाडौं केन्द्रित आन्दोलन गर्ने र समान विचारधारा भएका दल, समूह, संस्थासँग सहकार्य र मोर्चाबन्दी गर्ने निर्णय गरेको छ । यी विषय डा. राणाको राजनीतिक विचारपत्रमा थियो । लिङ्देनमाथि उठेको अर्को प्रश्न आत्मकेन्द्रित बनेको भन्नेमा हो । अध्यक्ष लिङ्देनले मन्त्री त के प्रधानमन्त्री नै दिए पनि नजाने अविश्वनीय प्रतीज्ञा गरेका छन् । जबकि, उनको विगतले भन्छ– सत्ताका लागि जहिल्यै खुट्टा उचालिरहने नेता हुन् ।

अर्कोचाहिँ लिङ्देनले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा यसअघि जानुपर्नाको औचित्य र गणतन्त्र सुदृढीकरणबारे उठेको प्रश्नको जवाफ दिएका छैनन् । ३ माघ २०७९ मा अध्यक्ष लिङ्देनकै नेतृत्वमा राप्रपा दाहाल सरकारमा गएको थियो । जबकि जनादेश भने सरकारमा जाने थिएन । त्यसबारे पार्टीभित्र पनि विरोध भएको थियो । यद्यपि, लिङ्देन नेतृत्वमा राप्रपा सरकारमा गएरै छाड्यो । 

त्यसबेला गठबन्धन सरकारको साझा कार्यक्रम तय गर्ने संयन्त्रको संयोजक तत्कालीन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल थिए । उनी नेतृत्वको संयन्त्रले तय गरेको मस्यौदामा लोकतन्त्र सुदृढीकरण लेखिएको थियो । तर, दोस्रो तहका नेताहरूको प्रस्ताव फेरेर अध्यक्ष लिङ्देनसहितको पार्टी अध्यक्षहरूको तहले संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण गर्ने भनी सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिए । लिङ्देन आफैंले तय गरेको साझा कार्यक्रम पार्टीको केन्द्रीय समिति र निर्देशन समिति कतै पेस गरेनन् ।

यही प्रश्न उनीमाथि बारम्बार उठेको छ । तर, लिङ्देननिकट महामन्त्री राजेन्द्र गुरुङले यी प्रश्नहरूको जवाफ यसअघि नै लिङ्देनले दिएको बताए । ‘जे जे प्रश्न उठे, सबैको जवाफ अध्यक्षले दिनुभएको छ । पार्टीमा केही प्रश्न उहाँकेन्द्रित छैन,’ उनले भने ।
 


प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १०:५३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पार्टी एकीकरणबारे  घिसिङकाे खण्डन
पार्टी एकीकरणबारे घिसिङकाे खण्डन बुधबार, पुस ३०, २०८२
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु बुधबार, पुस ३०, २०८२
काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले
काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले बुधबार, पुस ३०, २०८२
कांग्रेस सभापतिमा गगन थापाले दिए उम्मेदवारी
कांग्रेस सभापतिमा गगन थापाले दिए उम्मेदवारी बुधबार, पुस ३०, २०८२
पार्टीको एकता जोगाउन सभापति देउवा लचक
पार्टीको एकता जोगाउन सभापति देउवा लचक बुधबार, पुस ३०, २०८२
कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम
कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम बुधबार, पुस ३०, २०८२
सभापति उम्मेदवारीलाई ३० हजार रुपैयाँ शुल्क
सभापति उम्मेदवारीलाई ३० हजार रुपैयाँ शुल्क मंगलबार, पुस २९, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP