Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #डा.विश्वास बस्नेत
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #शेरबहादुर देउवा
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • आहा रारा गोल्डकप फुटबलः मनाङलाई छैटौँपटक आहा रारा गोल्डकप
आहा रारा गोल्डकप फुटबलः मनाङलाई छैटौँपटक आहा रारा गोल्डकप
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत २, २०७६
Manag_1
Hardik health
पोखरा– मनाङ मस्र्याङदी क्लबले पोखरामा जारी १८औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ । पोखरास्थित पोखरा रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा मनाङले नेपाल प्रहरीको विभागीय टिम नेपाल पुलिस क्लबलाई ट्राइब्रेकरमा पराजित गर्दै छैटौं पटक उपाधि हात पारेको हो । सहारा क्लब पोखराको आयोजनामा फागुन २२ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइनलमा मनाङले पुलिसविरुद्ध टाइब्रेकरमा ४–३ को जीत निकाल्दै कीर्तिमानसहित ६ पटक उपाधि चुमेको हो । निर्धारित ९० मिनेट तथा थप गरिएको ३० मिनेटको अतिरिक्त समयको खेलमा समेत दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय ‘पेनाल्टी सुटआउट’बाट गरिएको थियो । टाइब्रेकरमा मनाङका अन्जन विष्ट, पुजन उपरकोटी, सुरज विक र रन्जन विष्टले गोल गर्नुभएकामा निशान लिम्बूको प्रहार पुलिसका गोलकिपर रोशन खड्काले रोक्न सफल भएका थिए । पुलिस क्लबका तर्फबाट भोला सिलवाल, हेम तामाङ र बुद्धबल तामाङले गोल गर्दा अजित भण्डारी र तेज तामाङको प्रहार खेलको मनाङका गोलकिपर अशोक बरालले रोकेका थिए । तामाङको प्रहार रोक्दै मनाङलाई छैटौंपटक आहा रारा गोल्डकपको उपाधि दिलाएका बराल ‘म्यान अफ द फाइनल’ घोषित भएका थिए । प्रतिस्पर्धात्मक खेलको नियमित तथा अतिरिक्त समयमा दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेका थिएनन् । मनाङका अन्जन विष्ट, विमल राना तथा पुलिसका भरत शाह, निरकुमार राईले प्राप्त अवसर खेर फालेका थिए । पुलिसले क्वार्टरफाइनलमा आयोजक सहारालाई टाइब्रेकरमा ४–२ तथा सेमिफाइनलमा थ्री स्टार क्लबलाई ३–० ले हराउँदै फाइनलमा स्थान बनाएको थियो । मनाङले क्वार्टरफाइनलमा झापा माथि १–० तथा सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबमाथि ३–२ को जीत निकाल्दै फाइनल प्रवेश गरेको थियो । उपाधि विजेता मनाङले ट्रफीसहित रु दश लाख एक हजार तथा उपविजेता पुलिसले रु पाँच लाख एक हजार पुरस्कार प्राप्त गरे । पुलिसका अजित भण्डारी प्रतियोगिताको ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित हुँदै एक थान स्कुटर पुरस्कार प्राप्त गरे । त्यसैगरी मनाङका अशोक बराल उत्कृष्ट गोलकिपर, सुरज विक डिफेन्डर, नितिन थापा मिडफिल्डर, अञ्जन विष्ट उत्कृष्ट फरवार्ड तथा फुजा टोपे उत्कृष्ट प्रशिक्षक घोषित हुँदै जनही रु १५ हजार तथा ट्रफी पुरस्कार प्राप्त गरे । पुलिसका भरत शाह तथा निरकुमार राई, मनाङका अञ्जन विष्ट, थ्री स्टारका सुशन श्रेष्ठ र सहाराका त्रिदेव गुरुङले समान दुई गोल गरेकाले सर्वाधिक गोलकर्ताको रु २५ हजार पुरस्कार पाँचैजनाले दामासाहीले प्राप्त गरेका थिए ।
प्रकाशित मिति: आइतबार, चैत २, २०७६  ०६:२३
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
नामिबियाले पायो १४५ को लक्ष्य
नामिबियाले पायो १४५ को लक्ष्य बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्ससँग नेपाल पराजित
नेदरल्यान्ड्ससँग नेपाल पराजित बिहीबार, माघ ८, २०८२
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल बिहीबार, माघ ८, २०८२
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु बुधबार, माघ ७, २०८२
एन्फाको निर्वाचन स्थगित
एन्फाको निर्वाचन स्थगित बुधबार, माघ ७, २०८२
साफ यू-१९ महिला फुटबल टोली घोषणा
साफ यू-१९ महिला फुटबल टोली घोषणा बुधबार, माघ ७, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP