Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • शिक्षासँगै सीप कार्यक्रम
शिक्षासँगै सीप कार्यक्रम
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ ८, २०८१

पथरी - पथरी शनिश्चरे वडा नं ८ का सुप्रिम विक र पर्वत चौधारी सहित  विद्यार्थीको दैनिकी फेरिएको छ । उनीहरूले विद्यालयमा सिकेको सीपले गाउँघरमा समेत सहयोग पाएको छ । उनीहरू पथरी शनिश्चरे–८ को बुद्ध माविमा कक्षा ९ र १० मा अध्ययन गर्छन् । अध्ययनसँगै इलेक्ट्रिकसिटी, प्लम्बिङ पशुपालन तालिम लिँदै आएका छन् ।

सो विद्यालयमा सुरु गरेको पशुपालन, इलेक्ट्रि«कसिटी, प्लम्बिङ, फेसन डिजाइन, नृत्य र गायनले विद्यार्थीमा सीपको विकास भएको छ । विद्यालयमा शिक्षासँगै सिकेको सीप कार्यक्रमले विद्यार्थी पर्वत चौधारीलाई आत्मबल बढेको छ । उनीले विद्यालयमा इलेक्ट्रिनिक विषयको तालिम लिइरहेका छन् । अहिले उनी गाउँघरका विद्युत्का सामान्य समस्या हेर्न र बनाउन थालिसकेको छन् ।

त्यस्तै पशुपालन विषयका तालिम लिइरहेका सुप्रिम विकको परिवारमा कृषि क्षेत्रमा ठूलै सहयोग पुर्याउने छ । उनी पशुपालन र व्यवस्थापन मात्र नभएर सामान्य रोगको निदान र उपचारका विषयमा अध्ययन गर्न थालेका छन् । वडाले ल्याएको कार्यक्रमले सुरुमा निकै प्रशंसा पाएको थियो । वडाले सुरु गरेको कार्यक्रमलाई पथरी शनिश्चरे नगरपालिकाले पनि सहयोग पुर्याएको छ । वडाभित्रका तीन विद्यालयले सुरु गरेको शिक्षासँगै सीप कार्यक्रम प्रभावकारी बन्दै गएको हो । 

Hardik health

यही आर्थिक वर्षबाट सुरु भएको उक्त कार्यक्रमबाट विद्यार्थीले प्रत्यक्ष लाभ लिइरहेका छन् । विद्यार्थीलाई प्रारम्भिक र सैद्धान्तिक ज्ञानसँगसँगै प्राविधिक र व्यावहारिक ज्ञानले आत्मनिर्भर बनाउने उद्देश्यले वडाले सो कार्यक्रम सञ्चालनमा ल्याएको हो । वडाको बुद्ध मावि, मिलन आधारभूत विद्यालय र दुर्गा आधारभूत विद्यालयमा शिक्षासँगै सीप कार्यक्रम सुरु भएपछि विद्यार्थीको आकर्षण बढ्न थालेको छ । आधारभूत विद्यालयमा नृत्य र गायनका कक्षा सुरु भएको छ भने बुद्ध माविमा पशुपालन, इलेक्ट्रिकसिटी, प्लम्बिङ र फेसन डिजाइनका कक्षा सुरु भएको छ । यसका कारण विद्यार्थी नियमित विद्यालय आउन थालेका छन् । 

वडाध्यक्ष नवीन कार्कीका अनुसार वडाले वार्षिक कार्यक्रम बनाएरै शिक्षासँगै सीप कार्यक्रम सुरु गरेको छ । हामीले तालिम सञ्चालन गर्नुको उद्देश्य सैद्धान्तिक शिक्षासँगै व्यावहारीक शिक्षा पनि लागू गर्नु हो । एउटा विद्यार्थीले आफ्नो घरको सामान्य समस्या समाधान गर्न अर्काे व्यक्ति बोलाउने बाध्यता हटाउन यो कार्यक्रम सुरु गरिएको हो । विद्यालय जीवनबाट बाहिरिँदा दक्ष प्राविधिक भएर निस्कन सहयोग होस् भनेर कार्यक्रम थालिएको हो ।

वडाले सुरु गरेको कार्यक्रमले विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यवहारिक कुरामा पनि पोख्त बनाउने बुद्ध माविका प्रधानाध्यापक बोधराज सिग्देलले बताए। यसले घरमै भएका सामान्य समस्यालाई प्राविधिक बोलाएर समय र पैसा खर्चनुभन्दा विद्यालयमा सिकेका सीपले विद्यार्थीमा रोजगारी सृजना हुने प्रध्यानाध्पक सिग्देलले बताए कार्यक्रमलाई नगरभरिका विद्यालयमा लागू गर्न सके स्वदेशमै दक्ष जनशक्ति उत्पादन हुने र स्वरोजगारी हुने जनाइएको छ ।


प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १२:१२
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
नवीकृत शैक्षिक परामर्श दातृ संस्थाहरूबाट मात्रै सेवा लिन मन्त्रालयको आग्रह
नवीकृत शैक्षिक परामर्श दातृ संस्थाहरूबाट मात्रै सेवा लिन मन्त्रालयको आग्रह शनिबार, जेठ ९, २०८३
विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु
विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु बिहीबार, जेठ ७, २०८३
कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय  
कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय   बिहीबार, जेठ ७, २०८३
उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड
उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड बिहीबार, जेठ ७, २०८३
असार १ गतेदेखि ११ कक्षाको पठनपाठन सुरु हुने 
असार १ गतेदेखि ११ कक्षाको पठनपाठन सुरु हुने  बुधबार, जेठ ६, २०८३
शिक्षकलाई मगर खाम भाषाको तालिम
शिक्षकलाई मगर खाम भाषाको तालिम आइतबार, जेठ ३, २०८३
असार १ गतेबाट कक्षा ११ मा भर्ना  सुरू हुने
असार १ गतेबाट कक्षा ११ मा भर्ना सुरू हुने शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP