Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संघीय गणतान्त्रिक गठबन्धन
  • #हायात_प्लेस
  • #मुग्लिन–पोखरा सडक
  • #राष्ट्रिय अपांग महिला संघ
  • #एमालेको महाधिवेशन
  • #अन्तरराष्ट्रिय बैंक दिवस
  • #एचआइभी एड्स दिवस
  • #आगाेलागी_घटना
  • #विप्रेषण
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • आरोही कान्छा शेर्पालाई एभरेष्ट टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्ड
आरोही कान्छा शेर्पालाई एभरेष्ट टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्ड
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ ३, २०८१

काठमाडौं  - तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीसँग पहिलो पटक सगरमाथा आरोहण गर्ने टोलीका एक्ला जीवित सदस्य कान्छा शेर्पालाई एभरेष्ट टुरिजम अवार्ड, २०२५ को लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ । 

यहाँ आज आयोजित एभरेष्ट टुरिजम अवार्ड, २०२५ को अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शेर्पालाई पर्यटन क्षेत्रमा गरेको अमूल्य योगदानको कदर गर्दैै उक्त अवार्ड प्रदान गरेका आयोजक ‘एएमएस म्युजिक एण्ड म्यानेजमेन्ट प्रालि’का अध्यक्ष सत्यकला तामाङ लामाले जानकारी दिनुभयो । शेर्पालाई रु ५१ हजार एक सय ५१, दोसल्ला र प्रमाणप्रत्रसहित सम्मान गरिएको हो । 
    
सन् १९३३ मा सोलुखुम्बुको नाम्चेमा जन्मनुभएका शेर्पाले २० वर्षको उमेरदेखि हिमाल आरहोण गरेका थियो । सम्मान ग्रहण गरेपछि उनले खुसी व्यक्त गर्दै पछिल्लो समय हिमालबाट हिउँ हराउँदै गएकामा चिन्ता व्यक्त गरे ।  “हामीले पहिलो पटक सगरमाथा आरोहण गर्ने समयभन्दा अहिले हिमालमा धेरै परिवर्तन भइसकेको छ”, उनले भने, “जलवायु परिवर्तनको असर सबैभन्दा बढी हिमाली क्षेत्रमा परेको छ, यसको क्षति न्यूनीकरणका लागि सबै एकजुट हुन जरुरी छ ।”
    
त्यसअवसरमा लोत्से र मनास्लु हिमाल आरोही कतारकी राजकुमारी शेख आस्मा अल थानीलाई पनि सम्मान गरिएको थियो । साथै स्वर्गीय मउराइस हेर्जोङ, स्वर्गीय शम्भु तामाङ, स्वर्गीय जुनको ताबेइ, स्वर्गीय पासाङ ल्हामु शेर्पा, स्वर्गीय मीनबहादुर शेरचन, स्वर्गीय बाबुछिरि शेर्पा, स्वर्गीय डा हर्क गुरुङ, स्वर्गीय प्रभाकर शमशेर जवरा, स्वर्गीय अम्बिका श्रेष्ठ, स्वर्गीय कर्नल जेम्स ओभेन मेरिकोन रोबर्टस, स्वर्गीय बोरिस लिसानेभिच, स्वर्गीय कुमार खड्कबिक्रम शाह, स्वर्गीय आङरिता शेर्पालगायत युचिसो मिउरा, उम होङ गिल, काजी शेर्पा, आप्पा शेर्पा, लाक्पा ग्याल्बु शेर्पालगायतलाई उहाँहरुले पर्यटन क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।

त्यसअवसरमा पर्वतारोहणतर्फ कामीरिता शेर्पा, निमारिञ्जी शेर्पा, सानु शेर्पा, पूर्णिमा श्रेष्ठ, मिङ्मा ग्याल्जेन शेर्पा, पासाङ दावा शेर्पा, पासाङ  नाम्गेल शेर्पा, लाक्पा डेञ्डी शेर्पा, प्रितेम्बा शेर्पा, दावा ग्याङ्जुम शेर्पा, लाक्पा गेलु शेर्पा र फुन्जो झ्याङ्ग्मु शेर्पा लामालाई अवार्ड प्रदान गरियो । साहसिक पर्यटनको र्याफ्टिङतर्फ हिमालयन रिभर एक्लप्लोरेसन विधामा क्यानोनिङतर्फ राजेन्द्रबहादुर लामा र तिलक लामा, प्याराग्लाइडिङतर्फ सनराइज प्याराग्लाइडिङ, हट एयर बेलुनतर्फ बिक्रम बाडे, अल्ट्रा लाइटतर्फ एभिया क्लब नेपाल प्रालि, वाइल्ड लाइफतर्फ टाइगर टप्स, बञ्जी जम्पिङतर्फ द लास्ट रिसोर्टलाई अवार्ड प्रदान गरिएको थियो । 

Hardik health

त्यसैगरी आइसफल चिकित्सकहरु आङ नीमा शेर्पा, आङकामी शेर्पा र  आङ सार्की शेर्पालाई अवार्ड प्रदान गरियो भने माउन्टेन बाइकतर्फ सोनाम गुरुङ, राजेश मगर र लक्ष्मी मगरलाई अवार्ड प्रदान गरिएको थियो । एएमएस म्युजिक एण्ड म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक फुर्बा ग्याल्बो मोक्तान (थुप्तेन)का अनुसार रेक्युतर्फ छिरिङ पाण्डे बोटे, गेल्जे शेर्पा, ब्रिगेडियर जनरल गुञ्जामन लामा र छिरिङ पेम्बा शेर्पालाई अवार्ड प्रदान गरिएको थियो । 

 साथै टुरिजम एक्सिलेन्स अवार्ड पाउनेमा लाक्पा सोनाम शेर्पा, नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (नाथम), ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), हिमालयन रेस्क्यु एशोसिएसन, डा बुद्ध बस्न्यान, बसन्त थापा, अभिनेत्री निशा अधिकारी, दछिरिङ शेर्पा, नाम्चेस्थित एभरेष्ट भ्यू होटल तथा द सोल्टी होटल रहेको प्रबन्ध निर्देशक मोक्तानले जानकारी दिए ।


प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  १२:११
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु शुक्रबार, मंसिर १९, २०८२
पोखराको विशिष्ट पर्यटकीय पहिचान बन्दै सडक महोत्सव
पोखराको विशिष्ट पर्यटकीय पहिचान बन्दै सडक महोत्सव शुक्रबार, मंसिर १९, २०८२
बेनीको तोरीपानीमा सयपत्री ‘होमस्टे’ सञ्चालन
बेनीको तोरीपानीमा सयपत्री ‘होमस्टे’ सञ्चालन शुक्रबार, मंसिर १९, २०८२
मुस्ताङमा विदेशी पर्यटकको संख्यामा वृद्धि
मुस्ताङमा विदेशी पर्यटकको संख्यामा वृद्धि बिहीबार, मंसिर १८, २०८२
विदेशी नागरिकको ट्रयाकिङ  पुसदेखि गरिने
विदेशी नागरिकको ट्रयाकिङ पुसदेखि गरिने बिहीबार, मंसिर १८, २०८२
अन्नपूर्ण संरक्षण क्षेत्रको प्राकृतिक आकर्षणले पर्यटक लोभ्याउँदै
अन्नपूर्ण संरक्षण क्षेत्रको प्राकृतिक आकर्षणले पर्यटक लोभ्याउँदै बुधबार, मंसिर १७, २०८२
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी मंगलबार, मंसिर १६, २०८२
लोकप्रिय
  • Week
  • Month
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
हराएकाे माेबाइल धनीले पाए
हराएकाे माेबाइल धनीले पाए
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
सुनकाे मूल्यमा नयाँ रेकर्ड
सुनकाे मूल्यमा नयाँ रेकर्ड
मेयर बालेन्द्र शाहलाई पितृशोक
मेयर बालेन्द्र शाहलाई पितृशोक
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP