Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #गगनकुमार थापा
  • #जिता_मर्ना
  • #तामाङ_घेदुङ
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • अक्षयकोषको रकमबाट विपन्न विद्यार्थीलाई छात्रवृत्ति 
अक्षयकोषको रकमबाट विपन्न विद्यार्थीलाई छात्रवृत्ति 
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, पुस २१, २०८१

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–७ स्टेशनपुरमा रहेको धर्म जनता माध्यमिक विद्यालयमा स्थापना गरिएका अक्षयकोषबाट विद्यालयमा अध्ययनरत छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ । विद्यालयमा स्थानीय समाजसेवीका सहयोगमा सातवटा अक्षयकोष स्थापना गरिएका छन् । अक्षयकोषमा जम्मा गरिएको रकमको ब्याजबाट विद्यालयका जेहन्दार, आर्थिक रूपमा विपन्न, खेलकुदका क्षेत्रमा अब्बल रहँदै आएका विद्यार्थीलाई छात्रवृत्तिस्वरुप रकम प्रदान गर्ने व्यवस्था गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर ठगुन्नाले बताए ।

“प्रत्येक वर्ष अक्षयकोषबाट व्यवस्थापन समितिको बैठक बसी छात्रवृत्तिका लागि विद्यार्थीको छनोट गरी रकम प्रदान गर्दै आएका छौँ”, उनले भने, “यस कार्यबाट अभिभावकले खर्च जुटाउन नसक्ने अवस्थाका विद्यार्थीलाई निकै सघाउ पुगेको छ, जेहन्दार विद्यार्थीको मनोवल बढदै गएको छ ।”

विद्यालयमा स्थापना गरिएका सातवटा अक्षयकोषमा गरी जम्मा रु सात लाख ३७ हजार दुई सय २५ रकम रहेको छ । अक्षयकोषबाट चालु शैक्षिक सत्रमा १४ जना छात्रछात्रालाई छात्रवृत्तिको रकम प्रदान गरिएको छ । छात्रवृत्ति पाउनेमा छात्र पाँच र छात्रा नौ जना रहेका छन् ।

Hardik health

अधिकतममा रु दुई हजार दुई सय ५० देखि न्यूनतम रु एक हजार चार सय ८० का दरले छात्रवृत्तिको रकम दिइएको छ । विद्यालयमा स्वर्गीय रणबहादुर स्मृति छात्रवृत्ति, स्वर्गीय पदमबहादुर स्मृति छात्रवृत्ति, गणेश विमला असहाय, प्रतिभावान छात्रवृत्ति, धर्म जनता स्वर्ण छात्रवृत्ति, चन्द्रा कार्की खेलकुद छात्रवृत्ति, प्रताप द्रोपती स्मृति छात्रवृत्ति, देवबहादुर सिंह/बिष्नादेवी सिंह गरिब जेहन्दार छात्रवृत्ति अक्षयकोष स्थापना गरिएका छन् ।

छात्रवृत्ति अक्षयकोषमा रु एक लाख २५ हजारदेखि रु एक लाखसम्मको रकम राखिएको छ । कक्षा १ देखि १२ सम्म गरी विद्यालयमा छ सय ४२ विद्यार्थी अध्ययनरत छन् । विसं २०२९ मा विद्यालय स्थापना भएको हो । विद्यालयमा २९ जना शिक्षक कार्यरत रहेका छन्  । स्थापनादेखि हालसम्म विद्यालयबाट दुई हजार एक सय ५७ जना विद्यार्थीले १० कक्षाको परीक्षा दिएर बाहिरिएका छन् ।


प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १३:५५
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
विद्यालयमा ‘जन्मदिन अक्षयकोष’
विद्यालयमा ‘जन्मदिन अक्षयकोष’ सोमबार, माघ ५, २०८२
‘शिक्षा गुणस्तर अभिवृद्धिमा सरकारी-निजी सहकार्य आवश्यक’:प्रदेशसभामुख
‘शिक्षा गुणस्तर अभिवृद्धिमा सरकारी-निजी सहकार्य आवश्यक’:प्रदेशसभामुख सोमबार, पुस २८, २०८२
महँगा निजी विद्यालयको विकल्प बन्दै भोजपुरको ‘समता स्कुल’
महँगा निजी विद्यालयको विकल्प बन्दै भोजपुरको ‘समता स्कुल’ सोमबार, पुस २८, २०८२
काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’
काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’ सोमबार, पुस २८, २०८२
चिसो बढेपछि तीन पालिकाका विद्यालय बन्द
चिसो बढेपछि तीन पालिकाका विद्यालय बन्द मंगलबार, पुस २२, २०८२
एनआरएनए एमबीबीएस छात्रवृत्ति छनोट परीक्षामा ९० विद्यार्थी सहभागी
एनआरएनए एमबीबीएस छात्रवृत्ति छनोट परीक्षामा ९० विद्यार्थी सहभागी आइतबार, पुस २०, २०८२
विद्यार्थीलाई ३० रुपैयाँमा खाना
विद्यार्थीलाई ३० रुपैयाँमा खाना बुधबार, पुस १६, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP