Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • मंसिरमा विदेसिएका कामदार २६ प्रतिशत ‘अदक्ष’
मंसिरमा विदेसिएका कामदार २६ प्रतिशत ‘अदक्ष’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, पुस ११, २०८१

काठमाडौं– कुनै सीप नसिकी वैदेशिक रोजगारीमा जाने ‘अदक्ष’ कामदारको संख्या अझै ठूलो रहेको छ । चालु आर्थिक वर्षको मंसिर महिनामा मत्रै करिब २२ हजार अदक्ष कामदार वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा गएका छन् ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार मंसिरमा श्रम स्वीकृति लिएकामध्ये २१ हजार ७१६ जना अदक्ष कामदार रहेका छन् । यो उक्त महिना श्रम स्वीकृति लिएका कूल कामदार संख्याको २५.७८ प्रतिशत हो । यो तथ्यांकले पुष्टि गर्छ, सीपयुक्त कामदारमात्र वैदेशिक रोजगारीमा पठाउने सरकार नीति प्रभावकारी बन्न सकेको छैन । मंसिरमा विदेसिएका अदक्ष कामदारमा १९ हजार ३७६ जना पुरुष र दुई हजार ३४० जना महिला कामदार रहेको तथ्यांकमा उल्लेख छ ।

यद्यपि, उक्त महिनामा श्रम स्वीकृति लिने अधिकांश भने केही न केही सीप सिकेका अर्धदक्षदेखि विशेष दक्षता भएकासम्म छन् । विभागको तथ्यांकअनुसार मंसिरमा सबैभन्दा बढी ५३ हजार १५८ जना दक्ष कामदार रोजगारीका लागि विदेसिएका छन् । जसमा ४७ हजार ७४८ पुरुष र पाँच हजार ४१० जना महिला कामदार रहेका छन् । यसैगरी मंसिरमा आठ हजार ७८० जना अर्धदक्ष, ४७० जना व्यावसायिक र १०२ जना विशेष दक्षता भएका कामदार विभिन्न मुलुकमा प्रस्थान गरेका छन् । 

Hardik health

उक्त महिनामा रोजगारीका लागि विदेसिनेको कूल संख्या ८४ हजार २२६ जना रहेका छन् । यो संख्यामा नयाँ र पुनः श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेसिनेहरु समेटिएका छन् । विभागको तथ्यांकअनुसार मंसिरमा नयाँ श्रम स्वीकृति लिनेको संख्या ४२ हजार ९०६ रहेको छ । जसमा महिलाको संख्या पाँच हजार ६१० र बाँकी पुरुष छन् । कूल श्रम स्वीकृति लिएकामध्ये महिलाको संख्या आठ हजार ६७१ र पुरुष ७५ हजार ५५५ रहेको छ । 

मंसिरमा विदेसिएकामध्ये व्यक्तिगत श्रम स्वीकृति लिएर जानेको संख्या बढी देखिएको छ । यस महिनामा व्यक्तिगत श्रम स्वीकृति लिएर ५४ हजार ३७९ जना गएका छन् । जसमा पुनः श्रम स्वीकृति लिने ४१ हजार ३२० र नयाँ १३ हजार ५९ जना रहेको विभागले जनाएको छ । यस्तै २८ हजार ८६८ जना म्यानपावर कम्पनीमार्फत श्रम स्वीकृति लिएर गएका छन् । जिटुजी प्रक्रियाबाट ९७९ जना रोजगारीका लागि विदेश गएको तथ्यांक छ ।

मंसिर महिनामा कूल १०० देशमा रोजगारीका लागि नेपालीहरुले गन्तव्य बनाएको देखिन्छ । जसमध्ये सबैभन्दा बढी युएईमा २४ हजार ७६९ जना पुगेका छन् । युएईपछि साउदीमा १८ हजार ११५ जना रोजगारीका लागि गएको विभागको तथ्यांकमा उल्लेख छ । यस्तै कतारमा १४ हजार ८४४, कुवेतमा छ हजार ६९० तथा मलेसियामा चार हजार ४६९ जना रोजगारीका लागि गएको विभागले जनाएको छ । धेरै कामदार जाने मुलुकको शीर्ष १० भित्र जापान, रोमानिया, क्रोएसिया, बहराइन र दक्षिण कोरिया परेका छन् ।


प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  ११:५७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक विकास सहायता सरकारी बजेट प्रणाली बाहिरबाट खर्च हुने क्रम बढ्दो
वैदेशिक विकास सहायता सरकारी बजेट प्रणाली बाहिरबाट खर्च हुने क्रम बढ्दो शुक्रबार, माघ ९, २०८२
आइसल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
आइसल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ शुक्रबार, माघ ९, २०८२
इपिएसपीडित र सरकारबीचको वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने चेतावनी
इपिएसपीडित र सरकारबीचको वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने चेतावनी शुक्रबार, माघ ९, २०८२
वैदेशिक रोजगारप्रति सकारात्मक भाष्य निर्माण गर्नुपर्नेमा जोड
वैदेशिक रोजगारप्रति सकारात्मक भाष्य निर्माण गर्नुपर्नेमा जोड बिहीबार, माघ ८, २०८२
इपिएसपीडित निरन्तर आन्दोलनमा, कोरियाले देखाएन चासो
इपिएसपीडित निरन्तर आन्दोलनमा, कोरियाले देखाएन चासो बिहीबार, माघ ८, २०८२
रोजगारीका लागि छ महिनामा चार लाखभन्दा बढी विदेसिए
रोजगारीका लागि छ महिनामा चार लाखभन्दा बढी विदेसिए बुधबार, माघ ७, २०८२
वैदेशिक रोजगारीमा सबैभन्दा बढी कोशी र मधेस प्रदेशका नागरिक
वैदेशिक रोजगारीमा सबैभन्दा बढी कोशी र मधेस प्रदेशका नागरिक मंगलबार, माघ ६, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP