Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #गगनकुमार थापा
  • #जिता_मर्ना
  • #तामाङ_घेदुङ
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • फाल्गुनन्द गोल्डकपको तयारी पूरा
फाल्गुनन्द गोल्डकपको तयारी पूरा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस ३, २०८१
Hardik health

पाँचथर- फिदिममा यही पुस ६ गतेदेखि सञ्चालन हुने फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।  प्रतियोगिता आयोजक फिदिम स्पोर्टिङ क्लबका अनुसार विजेता टोलीले रु १० लाख ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

यस्तै उपविजेता टोलीले रु पाँच लाख पाँच ५५५ पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितामा ‘ए’ डिभिजनका चारसहित १० फुटबल टोलीले सहभागिता जनाउने तय भएको आयोजक क्लबका अध्यक्ष दीपेन्द्र थापा मगरले जानकारी दिए।
    
प्रतियोगितामा ‘ए’ डिभिजनका मच्छिन्द्र फुटबल क्लब, न्यू रोड टिम (एनआरटी) फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड र विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब सहभागी हुने भएका छन् । यस्तै आयोजकसहित विराटनगर सिटी फुटबल क्लब मोरङ, झापा–११ फुटबल क्लब झापा, न्यू स्टार क्लब सुनसरी, सहलेश युवा क्लब सिरहा र करसाङ्ग फुटबल क्लब भारत सहभागी हुने भएका छन् ।
    
आयोजकले प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेका छन । त्यसअनुसार उद्घाटन खेलमा पुस ६ गते आयोजक फिदिम स्पोर्टिङ क्लब र करसाङ्ग फुटबल क्लब भारतका बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल पुस १५ गते हुनेछ । 
    
प्रतियोगितामा विजेता र उपविजेता टोलीका अतिरिक्त सर्वोत्कृष्ट खेलाडी तथा विधागत रुपमा उत्कृष्ट खेलाडीसमेत पुरस्कृत हुने छन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले एक थान इभी स्कुटर प्राप्त गर्ने छन्भने सर्वाधिक गोलकर्ताले रु १५ हजार, प्रत्येक खेलका उत्कृष्ट खेलाडी (म्यान अफ दी भ्याच)ले रु १० हजारका दरले पुरस्कार प्राप्त गर्ने छन् । 

यस्तै विधागततर्फ उत्कृष्ट ठहरिएका गोलरक्षक, रक्षक, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र उदयमान खेलाडीले रु १० हजारका दरले पुरस्कार प्राप्त गर्ने अध्यक्ष थापा मगरले जानकारी दिए ।  विसं २०६५ देखि सञ्चालित प्रतियोगिता फिदिम माध्यमिक विद्यालयको खेलमैदान भत्किएपछि २०७६ सालबाट स्थगन भएको थियो । छ वर्षपछि आयोजकले प्रतियोगितालाई निरन्तरता दिन लागेका हुन् । किराँत धर्मगुरु तथा सोह्रौँ राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको साधनास्थल लब्रेकुटी, समाधीस्थल सिलौटीसहितका धार्मिक पर्यटकीय गन्तव्यको प्रचार गर्ने, स्थानीय खेलकुदको विकास गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालित छ । प्रतियोगिताको मुख्य प्रवद्र्धक फिदिम नगरपालिका रहेको छ ।
    
प्रतियोगिता सञ्चालनका लागि आयोजकले फिदिम माध्यमिक विद्यालयको खेलमैदानलाई मर्मत गर्नुका साथै बाँसको प्रयोग गरी दर्शकका लागि अस्थायी प्यारापिट निर्माण गरेका छन् । प्यारापिटमा पाँच हजार दर्शक बस्न सक्ने आयोजकको भनाइ छ । खेलमैदानको व्यवस्थापनसहित प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् । 


प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १२:४३
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक सोमबार, माघ ५, २०८२
अनिशा र विन्दु फाइनलमा
अनिशा र विन्दु फाइनलमा सोमबार, माघ ५, २०८२
नेपाल थाइल्याण्डसँग पराजित
नेपाल थाइल्याण्डसँग पराजित आइतबार, माघ ४, २०८२
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य आइतबार, माघ ४, २०८२
थाइल्यान्डविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै
थाइल्यान्डविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै आइतबार, माघ ४, २०८२
हाफ म्याराथनको उपाधि गुरुङलाई
हाफ म्याराथनको उपाधि गुरुङलाई बुधबार, पुस ३०, २०८२
बंगलादेशले  फेरि भन्यो  टि-२० विश्वकपमा  भारत नआउने
बंगलादेशले  फेरि भन्यो  टि-२० विश्वकपमा  भारत नआउने बुधबार, पुस ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP