Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #टाइगर कप
  • #सोनाम_ल्होच्छार
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • साउदीमा विदेशी कामदारलाई वैध हुने अवसर 
साउदीमा विदेशी कामदारलाई वैध हुने अवसर 
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर २१, २०८१

काठमाडौं– साउदी अरेबियाको सरकारले अवैध रुपमा रहेका आप्रवासी कामदारहरुलाई वैध हुने अवसर दिएको छ । साउदीको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले यही डिसेम्बर १ देखी २०२५ जनवरी २९ सम्म अर्थात दुई महिनाको अवधि तोकेर अवैध रुपमा रहेका विदेशी कामदारलाई वैध हुने अवसर दिएको हो । 

उक्त अवधिमा हुरुब (कम्पनी छाडेर भागेका) कामदारलाई नयाँ कम्पनीमा काम गर्न अवसर दिएको साउदीस्थित नेपाली राजदूतावासले जनाएको छ । साउदीमा हुरुब लागेका विदेशी कामदारलाई अवैध मानिने व्यवस्था रहेको छ । साउदी सरकारले ल्याएको नयाँ नियमबाट ठूलो संख्याका विदेशी कामदारलाई राहत हुने बताइएको छ । नयाँ नियमको सदुपयोग गरी नेपाली कामदारलाई फाइदा लिन पनि दूतावासले आग्रह गरेको छ । साउदीमा एक लाखको हाराहारीमा हुरुब भएका नेपाली कामदार रहेको अनुमान गरिएको छ । 

अवैध सूचीमा रहेका विदेशी कामदारले नयाँ कम्पनीमा काम गर्न किवा सिस्टममा खाता खोली नयाँ कम्पनीबाट किवामा ट्रान्सफरका लागि रोजगार सम्झौता गर्न पाउने व्यवस्था गरिएको दूतावासले उल्लेख गरेको छ । यसरी किवामा जोडिएका कामदारले १० दिनभित्र नयाँ कम्पनीले प्रस्ताव गरेको रोजगार सम्झौता स्वीकार गरेपछि अवैध सूचीबाट हटाइने बताइएको छ ।

Hardik health

किवा वेबसाइटमार्फत कामदारले कार्य अनुभवको प्रमाणपत्र प्राप्त गर्न, आफ्नो रोजगार सम्झौता हेरी स्वीकार÷अस्वीकार÷पुनरवलोकन गर्न, रोजगारी अन्त्य गर्न, नयाँ कम्पनीहरुबाट रोजगारीको अनुरोध प्राप्त गर्नलगायतका धेरै सुविधाहरु राखिएको हुन्छ । किवा रोजगारदाता र कामदारबीच सम्बन्ध स्थापित, नियमित र सञ्चालन गर्न साउदी सरकारद्वारा विकास गरिएको अनलाइन वेबसाइट वा प्लेटफर्म भएको दूतावासले उल्लेख गरेको छ ।


प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  ११:००
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारप्रति सकारात्मक भाष्य निर्माण गर्नुपर्नेमा जोड
वैदेशिक रोजगारप्रति सकारात्मक भाष्य निर्माण गर्नुपर्नेमा जोड बिहीबार, माघ ८, २०८२
इपिएसपीडित निरन्तर आन्दोलनमा, कोरियाले देखाएन चासो
इपिएसपीडित निरन्तर आन्दोलनमा, कोरियाले देखाएन चासो बिहीबार, माघ ८, २०८२
रोजगारीका लागि छ महिनामा चार लाखभन्दा बढी विदेसिए
रोजगारीका लागि छ महिनामा चार लाखभन्दा बढी विदेसिए बुधबार, माघ ७, २०८२
वैदेशिक रोजगारीमा सबैभन्दा बढी कोशी र मधेस प्रदेशका नागरिक
वैदेशिक रोजगारीमा सबैभन्दा बढी कोशी र मधेस प्रदेशका नागरिक मंगलबार, माघ ६, २०८२
अवैधानिकरुपमा थाइल्याण्ड प्रवेश गर्ने आप्रवासीमाथि कडाइ
अवैधानिकरुपमा थाइल्याण्ड प्रवेश गर्ने आप्रवासीमाथि कडाइ सोमबार, माघ ५, २०८२
‘स्पेसल टास्क फोर्स’सँग सशंकित व्यवसायी
‘स्पेसल टास्क फोर्स’सँग सशंकित व्यवसायी आइतबार, माघ ४, २०८२
संघले औंल्यायो नीतिगत सुधारका तीन विषय
संघले औंल्यायो नीतिगत सुधारका तीन विषय बिहीबार, माघ १, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP