Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #फोनिज
  • #मालढुंगा-बेनी_सडक
  • #सकुन_सुनुवार
  • #जुडो
  • #मुदीगाउँ
  • #मानव अधिकार दिवस
  • #क्यामेरा_ट्यापिङ
  • #एनआरएनए
  • #नेपाल कम्युनिष्ट पार्टी
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • नेपाली फर्काउने छैन सरकारको तयारी
इजरायल–लेबनान युद्ध नेपाली फर्काउने छैन सरकारको तयारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज २१, २०८१

काठमाडौं– इजरायलले गत मंगलबारबाट हिजबुल्लाह लडाकुलाई निशाना बनाएर लेबनानमाथि निरन्तर हवाई आक्रमण गरिरहेको छ । उक्त आक्रमणका कारण त्यहाँ रहेका आप्रवासीहरुमा ठूलो त्रास फैलिएको छ । युद्धका कारण बढ्दो जोखिमलाई मध्यनजर गर्दै अमेरिका, क्यानडा, जापानलगायतका देशले आफ्ना नागरिकलाई स्वदेश फर्काउन थालिसकेका छन् ।

यता नेपाल सरकारले भने लेबनानमा भएका नेपालीहरुलाई फर्काउने कुनै तयारी गरेको छैन । सरकार लेबनानमा रहेका आफ्ना नागरिक सुरक्षित भएको भन्दै बसेको छ । लेबनानमा रहेका नेपालीको अवस्थाबारे इजिप्टको कायरोस्थित नेपाली दूतावाससँग परराष्ट्र मन्त्रालयले जानकारी लिइरहेको जनाएको छ । तर, त्यहाँ रहेका नेपालीलाई फर्काउनेसम्बन्धी कुनै तयारी गर्न निर्देशन दिएको छैन । मन्त्रालयले गत साता एक विज्ञप्ति जारी गर्दै लेबनान र इजरायलमा कार्यरत नेपाली कामदारलाई सुरक्षित बस्न आग्रह गरे पनि स्वदेश फिर्ता गराउने विषयमा बोलेको छैन भने अप्ठ्यारोमा परेकाहरुलाई कायरोस्थित दूतावास र बेरुतमा रहेको अवैतनिक वाणिज्यदूतावासमा सम्पर्क गर्न भनेको छ ।

आइतबारमात्रै परराष्ट्रमन्त्री डा. आरजु राणाले इजरायल र लेबनानमा रहेका नेपालीहरुको अवस्थाबारे जानकारी लिएर ‘अपडेट’ भइरहन सम्बन्धित नेपाली दूतावासहरुलाई निर्देशन दिएकी छन् । उनले ‘भर्चुअल’ बैठकमार्फत इजरायल र लेबनानमा विकसित पछिल्लो परिस्थितिका बारेमा जानकारी लिएकी थिइन् । मन्त्री राणाले सम्बन्धित देशका राजदूतहरुलाई त्यहाँ रहेका नेपाली र उनीहरुको परिवारको सम्पर्कमा रहेर आवश्यक सहयोग गर्न निर्देशन दिए पनि स्वदेश फर्काउने तयारी सम्बन्धमा केही बताइनन् ।

Hardik health

मन्त्री राणाले सम्बन्धित देशका दूतावासहरुलाई सूचना जारी गरी सम्पर्क व्यक्ति तोक्न र आवश्यकताअनुसारका ‘हेल्प डेस्क’ स्थापना गरेर समस्यामा परेका नेपालीलाई आवश्यक समन्वय र सहायता प्रदान गर्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ । लेबनानमा रहेका नेपालीको अवस्थाबारे कायरोस्थित नेपाली दूतावासले जानकारी लिइरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतकुमार राईले बताए । ‘लेबनानमा रहेका कोही नेपाली समस्यामा नपरेको र त्यहाँ रहेका नेपाली सुरक्षित रहेको सूचना दूतावासले दिएको छ,’ उनले भने, ‘युद्ध चर्किंदै गए त्यहाँ रहेका नेपाली फर्काउन सरकारले पहल गर्छ, यसका लागि छलफल पनि भइरहेको छ ।’ 

लेबनानमा १२ सयभन्दा बढी नेपाली कार्यरत रहेको र उनीहरुमध्ये अधिकांश घरेलु कामदार रहेको कायरोस्थित दूतावासले जनाएको छ । लेबनानमा शान्ति स्थापनार्थ ८५० जना नेपाली शान्ति सैनिक तैनाथ रहेको बताइन्छ । इजरायली हवाई हमलाका कारण एक लाखभन्दा बढी मानिस लेबनान छाडेर सिरिया गएको राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालयले जनाएको छ । युद्धकै कारण लेबनानमा बसोबास गर्दै आएका विदेशी नागरिकले देश छाड्न थालेका छन् । तर, नेपाल सरकारले आइतबारसम्म पनि आफ्ना नागरिक स्वदेश फर्किन आग्रहसमेत गरेको छैन ।
 


प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  ११:२५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
सीप सिकेर जापान जाने बढी, साइप्रसमा सिपबिनै
सीप सिकेर जापान जाने बढी, साइप्रसमा सिपबिनै आइतबार, मंसिर २८, २०८२
विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध
विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध शुक्रबार, मंसिर २६, २०८२
१३ वर्षमा वैदेशिक रोजगारीमा पुगे ७६ लाख युवा 
१३ वर्षमा वैदेशिक रोजगारीमा पुगे ७६ लाख युवा  शुक्रबार, मंसिर २६, २०८२
जर्मनीमा कामदारलाई श्रम स्वीकृति दिएर पठाइने
जर्मनीमा कामदारलाई श्रम स्वीकृति दिएर पठाइने बिहीबार, मंसिर २५, २०८२
विदेश पठाउने भन्दै रु १४ लाख ५० हजार ठगी गर्ने पक्राउ
विदेश पठाउने भन्दै रु १४ लाख ५० हजार ठगी गर्ने पक्राउ बुधबार, मंसिर २४, २०८२
महिना दिन बित्दा पनि मलेसियाले पठाएन जवाफ
महिना दिन बित्दा पनि मलेसियाले पठाएन जवाफ मंगलबार, मंसिर २३, २०८२
वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न प्रधानमन्त्री कार्कीकाे निर्देशन
वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न प्रधानमन्त्री कार्कीकाे निर्देशन मंगलबार, मंसिर २३, २०८२
लोकप्रिय
  • Week
  • Month
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
विवाहको १८औँ वर्षगाँठमा 'नसोधी'
विवाहको १८औँ वर्षगाँठमा 'नसोधी'
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP