Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं विश्वविद्यालय
  • #प्रा.डा. बालकृष्ण बल
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • मौरिसससँगको श्रम सम्झौता ‘अलपत्र’
मौरिसससँगको श्रम सम्झौता ‘अलपत्र’
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज १५, २०८१
  •  श्रम समझदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष बित्दासमेत कार्यान्वयन भएन सम्झौता
  •  सम्झौता कार्यान्वयन नहुँदा मौरिसस जाने कामदार ठूलो आर्थिक भार बोक्न बाध्य, जबकि कार्यान्वयन भए निःशुल्क जान पाउँथे 
  •  भदौमा मात्रै संस्थागत र व्यक्तिगत गरी एक हजार ४०७ जना नेपाली रोजगारीका लागि पुग मौरिसस

काठमाडौं– वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको अफ्रिकी मुलुक मौरिससमा कामदार पठाउनेसम्बन्धी नेपाल सरकारले गरेको श्रम सम्झौता न कार्यान्वयन, न नवीकरणको अवस्थामा पुगेको छ । सरकारले श्रम समझदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष बित्दासमेत मौरिससमा कामदार पठाउन सकेको छैन । श्रम समझदारीको अवधि सकिँदासमेत नवीकरणका लागि कुनै चासोसमेत देखाइएको छैन ।

नेपाल र मौरिससबीच २०७६ जेठ अन्त्यतिर सरकारीस्तरमा द्विपक्षीय श्रम सम्झौता भएको थियो । तत्कालीन अवस्थामा स्विट्जरल्यान्डको जेनेभामा भएको अन्तर्राष्ट्रिय श्रम संगठनको कार्यक्रममा सहभागी श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मौरिससका श्रम, औद्योगिक सम्बन्ध, रोजगार तथा तालिममन्त्री सुदेश एस क्यालिचर्नले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

समझदारीपत्रमा हस्ताक्षर गर्ने तर कार्यान्वयन नगर्ने सरकारी रवैयाका कारण रोजगारीका लागि मौरिसस जाने कामदारले ठूलो आर्थिक भार खेप्नुपरिरहेको छ । जबकि, सम्झौताअनुसार कामदार छनोट तथा भर्ना प्रक्रियामा लाग्ने सबै शुल्क एवं लागत मौरिससको रोजगारदाताले व्यहोर्नुपर्ने व्यवस्था छ । श्रम मन्त्रालयले श्रम सम्झौतापश्चात २०७९ सालमामात्रै रोजगारीका लागि नेपाली कामदार मौरिसस पठाउन सकिने सम्भावनाबारे अध्ययन गरेको थियो । मन्त्रालयले गरेको अध्ययनअनुसार ठूलो संख्यामा नेपालीहरुलाई रोजगारीका लागि मौरिसस पठाउन सकिने र त्यसका लागि सरकारले पहलकदमी लिनुपर्ने प्रतिवेदन तयार भएको थियो ।

Ncell
Hardik health

यद्यपि, उक्त प्रतिवेदन मन्त्रालयमा त्यसै थन्कियो र हालसम्म पनि कार्यान्वयनका लागि ध्यान दिइएको छैन । मौरिसस जाने कामदारलाई शून्य लागतमा पठाउने सरकारीस्तरमा समझदारी भए पनि म्यानपावर कम्पनी वा बिचौलियालाई मोटो रकम बुझाउनुपर्ने बाध्यता रहेको छ । यसले द्विपक्षीय सम्झौताको खिल्लीमात्र उडाएको छैन, रोजगारीका लागि अवसर खोजिरहेका नेपाली युवाले सरकार रहेको अनुभूतिसमेत गर्न पाएका छैनन् ।सरकारले वैदेशिक रोजगारीको संभावना देखेरै मौरिसससँग श्रम समझदारी गरेको श्रम मन्त्रालयले जनाएको छ । यद्यपि, उक्त समझदारी कार्यान्वयनको सवालमा केही कठिनाइ रहेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता डण्डुराज घिमिरेले बताए । ‘मौरिससको मागपत्र प्रमाणीकरण युरोपबाट गर्नुपर्ने अवस्था रहेकाले केही समस्या छन्,’ उनले भने, ‘सरकारले युरोप र अफ्रिकी मुलुकमा जाने कामदारको लागत शुल्क तय गरिसकेको छैन, यसले पनि केही अप्ठ्यारो परेको छ ।’ 

मौरिसस जाने कामदारको अवस्था राम्रै भएको भन्दै प्रवक्ता घिमिरेले म्यानपावरमार्फत थुप्रै नेपाली गइसकेको बताए । तर, श्रम समझदारीलाई बलियो रुपमा कार्यान्वयन गर्न नसक्दा बिचौलिया र कन्सल्टेन्सीहरुले चलखेल गर्ने मौका पाएको उनले स्वीकार गरे । ठूलो रकम लिएर अनधिकृतरुपमा व्यक्तिगत श्रम स्वीकृति गराई मौरिसस पठाउने गरेका ५० भन्दा बढी कन्सल्टेन्सीहरुलाई कारबाही गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए ।यस्तै श्रम समझदारी नवीकरण मौरिससमात्र नभई धेरैवटा मुलुकसँग हुन बाँकी रहेको उनले बताए । ‘श्रम समझदारी नवीकरण गर्नुपर्ने धेरै मुलुक छन्,’ प्रवक्ता घिमिरेले भने, ‘केही मुलुकमा नवीकरणका लागि ड्राफ्ट पठाइसकेका छौं, केहीमा पठाउने चरणमा छौं, मौरिसससँग पनि छिट्टै नवीकरणको प्रक्रिया अघि बढाइने छ ।’ 

मौरिसससँग भएको श्रम सम्झौतामा कामदारको छनोट तथा भर्ना प्रक्रियामा सबै शुल्क एवं लागत रोजगारदाताले नै व्यहोर्नुपर्ने, कामदारसँग नाजायज तरिकाले शुल्क लिन नपाउने गरी लागतको नियमन एवं नियन्त्रण गर्ने, सबै प्रकारको अनियमित भर्ना, बाध्यकारी श्रम र मानव बेचबिखनजस्ता जघन्य अपराध नियन्त्रण गर्न द्विपक्षीय सहकार्य गर्ने, कुनै कारण कामदार बेरोजगार हुनुपर्ने अवस्था आएमा वैकल्पिक रोजगारीको खोजी गर्न सक्ने, स्थानीय नागरिकसरह ज्याला, तलबभत्ता सुविधा उपलब्ध गराउनुपर्ने, महिला कामदारका लागि श्रमिक कल्याण र सुरक्षाका विशेष उपायहरु सुनिश्चित गर्नुपर्ने, तलब सुविधा समयमै भुक्तानी भए नभएको सुनिश्चित गर्न मौरिसस सरकारबाट नियमित अनुगमन हुनुपर्नेलगायतका विषयवस्तु उल्लेख गरिएको छ । जसमा मौरिससको कानुनको अधीनमा रही कामदारको दुर्घटना बिमा एवं उपचार दुवैको व्यवस्था सुनिश्चित गरिएको छ ।

सरकारी तवरबाट मौरिसससँग भएको श्रम सम्झौता कार्यान्वयन नभए पनि संस्थागत (म्यानपावर) र व्यक्तिगत श्रम स्वीकृति लिएर जाने नेपाली कामदारको संख्या भने बढ्दो छ । चालु आर्थिक वर्षको साउन र भदौमा मात्रै संस्थागत र व्यक्तिगत गरी एक हजार ४०७ जना नेपाली रोजगारीका लागि मौरिसस गएको वैदेशिक रोजगार विभागको तथ्यांक छ । त्यस्तै गत आव २०८०/८१ मा संस्थागत र व्यक्तिगत श्रम स्वीकृति लिएर सात हजार ३९७ जना मौरिसस गएको विभागको तथ्यांकमा देखिन्छ ।
 


प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  ११:०६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
मलेसियाको रोजगारीमा एकाधिकार लागू गर्न २५ व्यवसायीको चलखेल रोकिएन
मलेसियाको रोजगारीमा एकाधिकार लागू गर्न २५ व्यवसायीको चलखेल रोकिएन शुक्रबार, भदौ २६, २०८३
कतारको कम्पास कम्पनीद्वारा रसुवा बाढीपीडितलाई ३० लाख राहत प्रदान 
कतारको कम्पास कम्पनीद्वारा रसुवा बाढीपीडितलाई ३० लाख राहत प्रदान  बिहीबार, भदौ २५, २०८३
सहायक संस्थाको रुपमा २३० म्यानपावर थपिएपछि संघभित्रै हलचल
सहायक संस्थाको रुपमा २३० म्यानपावर थपिएपछि संघभित्रै हलचल बिहीबार, भदौ २५, २०८३
इजरायलमा खुल्यो १४ सयभन्दा बढीलाई अवसर
इजरायलमा खुल्यो १४ सयभन्दा बढीलाई अवसर बुधबार, भदौ २४, २०८३
विभागका नयाँ महानिर्देशकलाई संघको ध्यानाकर्षण
विभागका नयाँ महानिर्देशकलाई संघको ध्यानाकर्षण मंगलबार, भदौ २३, २०८३
साउदीमा श्रम अनुमतिको म्याद थप भएसँगै श्रमिकलाई राहत
साउदीमा श्रम अनुमतिको म्याद थप भएसँगै श्रमिकलाई राहत सोमबार, भदौ २२, २०८३
साउदीका हरित ऊर्जा परियोजनामा शोषणमा परेका नेपालीले पाएनन् क्षतिपूर्ति
साउदीका हरित ऊर्जा परियोजनामा शोषणमा परेका नेपालीले पाएनन् क्षतिपूर्ति आइतबार, भदौ २१, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP