Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #नेता झलनाथ खनाल
  • #मेची_राजमार्ग
  • #इजिप्टमा सडक दुर्घटना
  • #नेकपा_एमाले
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • राष्ट्रिय खेलकुदको तयारीमा लापारवाही
राष्ट्रिय खेलकुदको तयारीमा लापारवाही
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज ८, २०८१

मुलुकको खेलकुद क्षेत्र राजनीतिक दाउपेचको सिकार बन्नुपरेको छ । सधैं विवाद र अस्तव्यस्त खेलकुद क्षेत्रको विकास अहिलेसम्म नारामै सीमित हुँदै आएको छ । खेलकुद पूर्वाधार विकासमा होस् या खेलाडीको भविष्य सुनिश्चित गर्न सरकार असफल बनेको छ । त्यसैले अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा नेपालको प्रदर्शन निराशाजनक बन्दै आएको छ ।

राष्ट्रिय खेलकुदको महाकुम्भको रुपमा चिनिने प्रतियोगिता हो, राष्ट्रिय खेलकुद प्रतियोगिता । यो प्रतियोगिता राष्ट्रको गौरवको विषय बन्नुपर्ने हो । तर, नीतिमा गौरवकै रुपमा उल्लेख गरिए पनि व्यवहारमा प्रतियोगिता सधैं अस्तव्यस्त र फितलो बन्दै आएको छ । यसपटक प्रतियोगिता नै तोकिएको समयमा नहुने लगभग निश्चित भएको छ । कर्णालीमा आगामी मंसिर २–९ गतेसम्म हुने भनिएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता अनिश्चित बनेको हो ।

प्रतियोगिता आउन अब दुई महिनामात्र बाँकी रहँदा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सोमबार मंसिरमा प्रतियोगिता नहुने बताएका हुन् । उनले फागुनसम्ममा प्रतियोगिता सञ्चालन हुने बताए ।दुई वर्षअघि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेश कास्कीको पोखरामा सम्पन्न भएको थियो । उक्त प्रतियोगिता सम्पन्न भएसँगै १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने जिम्मा कर्णालीले लिएर फर्केको थियो ।

Hardik health

त्यसका लागि प्रदेश गौरवको आयोजनाका रूपमा लिइएको वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेतमा बन्दै गरेको रंगशालाको काम अन्तिम चरणमा पुगेको छ । तर, अन्य पूर्वाधार निर्माण तोकिएको मितिसम्म तय नहुने अवस्थाका कारण प्रतियोगिता नै सार्न लागिएको हो । यसअघि कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री भण्डारीका अनुसार खेलकुद प्रतियोगिताका लागि पूर्वाधार निर्माण कार्य तीव्ररूपले बढे पनि प्रतिकूल मौसमका कारण काममा ढिलाइ भएको बताएका थिए । 

समयमा पूर्वाधार तयार पार्न नसकेको सरकारले अहिले मौसमलाई कारण देखाउन थालेको छ । मन्त्री चौधरीले कर्णाली प्रदेशमा मंसिर, पुस र माघ महिनामा अत्यधिक जाडो हुने भएकाले उक्त प्रतियोगिता फागुन महिनामा गर्ने मन्त्रालयले योजना बनाएको बताए । चिसोको समयमा बसोबासकोसमेत समस्या हुने उनको भनाइ छ । यसरी प्रतियोगिता अनिश्चित बन्नुको कारण पूर्वाधार निर्माणमा भएको ढिलाइमात्र नभई राजनीतिक दाउपेच पनि देखिएको छ । यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिरमा आयोजना गर्ने घोषणा गरेको थियो । राखेपामा अहिले नेकपा माओवादी केन्द्रको तत्कालीन सरकारले नियुक्त गरेका पदाधिकारी छन् । जसले गर्दा पनि समस्या देखिएको छ । 

कारण जेसुकै भए पनि यो सरकार र राखेपाको लापारवाही भएको प्रस्ट छ । प्रतियोगिताको तयारीमा रहेका खेलाडीहरु निराश बन्नुपर्ने अवस्था सिर्जना गर्ने कार्य खेदजनक छ । मौसमलाई नै कारण मान्ने हो भने यसअघि किन यसमा ख्याल गरिएन ? यो गम्भीर प्रश्नको जवाफ सरकार र राखेपले दिनैपर्छ ।
 


प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १२:४८
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
क्रिकेटस् सामोआविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै
क्रिकेटस् सामोआविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै शुक्रबार, असोज ३१, २०८२
त्रिवि क्रिकेट रंगशालाका गुरुयोजना स्वीकृत,  १० अर्ब रुपैयाँ  लाग्ने
त्रिवि क्रिकेट रंगशालाका गुरुयोजना स्वीकृत,  १० अर्ब रुपैयाँ  लाग्ने शुक्रबार, असोज ३१, २०८२
नेपालले उपाधिका लागि सामोआसँग खेल्दै
नेपालले उपाधिका लागि सामोआसँग खेल्दै शुक्रबार, असोज ३१, २०८२
नेपालगञ्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी
नेपालगञ्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुक्रबार, असोज ३१, २०८२
टी-२० विश्वकप छनोट प्रतियोगिता  जिते खेलाडीहरूलाई नगद पुरस्कार
टी-२० विश्वकप छनोट प्रतियोगिता जिते खेलाडीहरूलाई नगद पुरस्कार बिहीबार, असोज ३०, २०८२
मलेसियाविरुद्धको हार उल्ट्याउन फिफासमक्ष नेपालको निवेदन
मलेसियाविरुद्धको हार उल्ट्याउन फिफासमक्ष नेपालको निवेदन बिहीबार, असोज ३०, २०८२
क्रिकेटः नेपाल टी-२० विश्वकपमा छनोट
क्रिकेटः नेपाल टी-२० विश्वकपमा छनोट बिहीबार, असोज ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP