Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं विश्वविद्यालय
  • #प्रा.डा. बालकृष्ण बल
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • टेलिमेडिसिनमार्फत मनोपरामर्श सेवा दिँदै सरकार
वैदेशिक रोजगारीमा आत्महत्याको ग्राफ बढ्दो टेलिमेडिसिनमार्फत मनोपरामर्श सेवा दिँदै सरकार
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज २, २०८१

वैदेशिक रोजगारीमा जानेहरु अलि बढी महŒवाकांक्षी हुने गर्छन् । यसमा पारिवारिक, आर्थिक र भविष्यको कुरा जोडिएको हुन्छ, विदेशमा त्यो पूरा नहुन पनि सक्छ । जसले डिप्रेसनको स्तर बढ्छ र आत्महत्यासम्म पुर्‍याउँछ ।
गोपाल ढकाल
मनोपरामर्शविद्

काठमाडौं– वैदेशिक रोजगारीका लागि गएका युवाहरुले आत्महत्या गर्ने क्रम बढ्दो देखिएको छ । वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार श्रम गन्तव्य मुलुकहरुमा हरेक वर्ष आत्महत्या गर्ने नेपालीहरुको संख्या बढ्दै गइरहेको छ । विदेशमा काम गर्ने क्रममा मृत्यु हुने तेस्रो कारण आत्महत्या बनेको तथ्यांकले देखाउँछ । 

बोर्डको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक रोजगारीमा गएकाहरुमध्ये विभिन्न कारणबाट एक हजार ३७८ जनाले ज्यान गुमाएका छन् । जसमा १९० जनाले आत्महत्या गरेको उल्लेख गरिएको छ । अघिल्ला चार वर्षमा पनि अत्महत्या क्रमशः बढेको देखिएको छ । आर्थिक वर्ष २०७६/७७ मा ६७ जना, २०७७/७८ मा १४४ जना, २०७८/७९ मा १०७ जना र २०७९/८० मा १४७ जनाले आत्महत्या गरेको तथ्यांक छ ।

पछिल्लो पाँच वर्षको अवधिमा ६५५ जनाले रोजगारीका क्रममा विदेशमा आत्महत्या गरेको बोर्डले जनाएको छ । विदेशमा प्राकृतिक रुपमा मृत्यु हुनेको संख्या सबैभन्दा बढी छ । दोस्रोमा अन्य कारणबाट मृत्यु हुनेको संख्या छ भने तेस्रोमा आत्महत्यालाई लिइएको छ । वैदेशिक रोजगारीमा गएकाहरुले आत्महत्या गर्नुको कारणबारे कुनै अध्ययन गरिएको छैन । आत्महत्यालगायतका अन्य कारणबाट हुने मृत्युको रोकथामका लागि आवश्यक उपायहरु अवलम्बन गरिरहेको बोर्डका निर्देशक एवं सूचना अधिकारी टिकाराम ढकाल दाबी गर्छन् ।

Ncell
Hardik health

‘श्रम गन्तव्य मुलुका नेपालीहरुले आत्महत्या गर्नुको कारणबारे ठोस अध्ययन गरिएको छैन,’ उनले भने, ‘अध्ययनका लागि स्रोतसाधन र जनशक्तिको अभाव छ, तर पनि यसको रोकथामका उपायहरू अवलम्बन गरिरहेका छौं ।’ आत्महत्यालगायत अन्य कारणबाट हुने मृत्युको न्यूनीकरण गर्न बोर्डले वीर अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन सेवा सञ्चालन गरिरहेको ढकालले जानकारी दिए । विदेशमा काम गरिरहेकाहरुलाई ह्वाट्सएप, भाइबर र इमोलगायतका सञ्चारमाध्यमको प्रयोग गरी भिडियो कलबाटै स्वास्थ्य तथा मनोपरामर्श सेवा दिइरहेको उनको भनाइ छ । उनका अनुसार मलेसिया र खाडीका मुलुकहरुमा सबैभन्दा बढी आत्महत्या गर्ने गरेको पाइएको छ । 

वैदेशिक रोजगारीको क्रममा रहेका श्रमिकहरुको शारीरिक तथा मानसिक स्वास्थ्यलाई ख्याल गरेर बोर्डले २०७९ चैतदेखि टेलिमेडिसिन सेवा आरम्भ गरेको ढकालले बताए । ‘डिप्रेसन र एञ्जाइटीजस्ता समस्या भएका व्यक्तिले छिटो आत्महत्या गर्नसक्ने भन्दै त्यस्ता समस्या भएकाहरुलाई श्रम गन्तव्य मुलुकमा भिडियो कलबाट टेलिमेडिसिन सेवा उपलब्ध गराइन्छ,’ उनले भने, ‘यसका लागि साथीभाइ, परिवार र आफन्तले नै समस्या भएका व्यक्तिहरुको पहिचान गरेर सेवा लिन उत्प्रेरित गराउनुपर्छ ।’ 

आत्महत्या गर्ने व्यक्तिमा चिन्ता हुने, डर लागेको जस्तो हुने, एकदमै निराश हुने वा एकान्त रुचाउनेजस्तो लक्षण देखिने वीर अस्पतालका डा. सञ्जय धरेलले बताए । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई टेलिमेडिसिनमार्फत मनोपरामर्श सेवा दिँदै आएका डा. धरेलले मलेसिया र खाडी मुलुकमा रहेका श्रमिकहरुमा यो समस्या बढी रहेको बताए । उनका अनुसार वैदेशिक रोजगारीमा गएका २०–४० वर्ष उमेर समूहका युवाहरुमा शारीरिकभन्दा पनि मानसिक नैराश्यता बढी देखिएको छ । सम्पर्कमा आएका अधिकांश डिप्रेसन र मनोरोगका बिरामीलाई चिकित्सकको सिफारिसविना औषधि प्रयोग गर्न नपाइने भएका कारण नेपालबाटै त्यस्तो सिफारिस पठाउने गरिएको डा. धरेलले बताए ।

वैदेशिक रोजगारीमा जानुअघि बनेको मानसिकता र त्यहाँ पुगिसकेपछि हुने फरक अवस्थाका कारण सन्तुलन मिल्न नसक्दा थुप्रै युवामा नैराश्यता र मानसिक स्वास्थ्यमासमेत असर पर्न जाने मनोपरामर्शविज्ञ गोपाल ढकाल बताउँछन् । आफ्नो अपेक्षाअनुसार नभएपछि व्यक्ति विस्तारै डिप्रेसनमा जाने र आत्महत्याको सोच आउने र अन्त्यमा आत्महत्या गर्नेसम्मको घटना हुने उनको भनाइ छ । ‘वैदेशिक रोजगारीमा जानेहरु अलि बढी महत्वाकांक्षी हुने गर्छन्,’ उनले भने, ‘यसमा पारिवारिक, आर्थिक र भविष्यको कुरा जोडिएको हुन्छ, विदेशमा त्यो पूरा नहुन पनि सक्छ, यसले डिप्रेसनको स्तर बढ्छ र आत्महत्यासम्म पुर्‍याउँछ ।’

आत्महत्या रोकथामका लागि सरकारले नै विदेश जाने युवाहरुलाई वैदेशिक रोजगारसम्बन्धी पर्याप्त मात्रामा परामर्श दिनुपर्ने ढकालको भनाइ छ । उनीहरुलाई रोजगारीको प्रकृति, काम गर्ने वातावरण, आम्दानी र सेवासुविधा तथा श्रम गन्तव्यबारे प्रभावकारी रुपमा सचेतना फैलाउनुपर्ने ढकालले बताए । विदेश जानुअघि प्रत्येक श्रमिकको शारीरिक मात्र नभई मानसिक स्वास्थ्य परीक्षण गर्ने व्यवस्था भए आत्महत्या गर्नेको संख्यामा कमी आउने ढकालको भनाइ छ । 
 


प्रकाशित मिति: बुधबार, असोज २, २०८१  ११:५४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
मलेसियाको रोजगारीमा एकाधिकार लागू गर्न २५ व्यवसायीको चलखेल रोकिएन
मलेसियाको रोजगारीमा एकाधिकार लागू गर्न २५ व्यवसायीको चलखेल रोकिएन शुक्रबार, भदौ २६, २०८३
कतारको कम्पास कम्पनीद्वारा रसुवा बाढीपीडितलाई ३० लाख राहत प्रदान 
कतारको कम्पास कम्पनीद्वारा रसुवा बाढीपीडितलाई ३० लाख राहत प्रदान  बिहीबार, भदौ २५, २०८३
सहायक संस्थाको रुपमा २३० म्यानपावर थपिएपछि संघभित्रै हलचल
सहायक संस्थाको रुपमा २३० म्यानपावर थपिएपछि संघभित्रै हलचल बिहीबार, भदौ २५, २०८३
इजरायलमा खुल्यो १४ सयभन्दा बढीलाई अवसर
इजरायलमा खुल्यो १४ सयभन्दा बढीलाई अवसर बुधबार, भदौ २४, २०८३
विभागका नयाँ महानिर्देशकलाई संघको ध्यानाकर्षण
विभागका नयाँ महानिर्देशकलाई संघको ध्यानाकर्षण मंगलबार, भदौ २३, २०८३
साउदीमा श्रम अनुमतिको म्याद थप भएसँगै श्रमिकलाई राहत
साउदीमा श्रम अनुमतिको म्याद थप भएसँगै श्रमिकलाई राहत सोमबार, भदौ २२, २०८३
साउदीका हरित ऊर्जा परियोजनामा शोषणमा परेका नेपालीले पाएनन् क्षतिपूर्ति
साउदीका हरित ऊर्जा परियोजनामा शोषणमा परेका नेपालीले पाएनन् क्षतिपूर्ति आइतबार, भदौ २१, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP