Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अपांग_महासंघ
  • #दुर्गा प्रसाईं
  • #सुक्खा_बन्दरगाह
  • #एफडब्लुएलडी
  • #‘नेपाली कम्युनिष्ट पार्टी’
  • #विश्व_टेलिभिजन_दिवस
  • #बेलीब्रिज
  • #निर्वाचन
  • #नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • टेलिमेडिसिनमार्फत मनोपरामर्श सेवा दिँदै सरकार
वैदेशिक रोजगारीमा आत्महत्याको ग्राफ बढ्दो टेलिमेडिसिनमार्फत मनोपरामर्श सेवा दिँदै सरकार
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज २, २०८१

वैदेशिक रोजगारीमा जानेहरु अलि बढी महŒवाकांक्षी हुने गर्छन् । यसमा पारिवारिक, आर्थिक र भविष्यको कुरा जोडिएको हुन्छ, विदेशमा त्यो पूरा नहुन पनि सक्छ । जसले डिप्रेसनको स्तर बढ्छ र आत्महत्यासम्म पुर्‍याउँछ ।
गोपाल ढकाल
मनोपरामर्शविद्

काठमाडौं– वैदेशिक रोजगारीका लागि गएका युवाहरुले आत्महत्या गर्ने क्रम बढ्दो देखिएको छ । वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार श्रम गन्तव्य मुलुकहरुमा हरेक वर्ष आत्महत्या गर्ने नेपालीहरुको संख्या बढ्दै गइरहेको छ । विदेशमा काम गर्ने क्रममा मृत्यु हुने तेस्रो कारण आत्महत्या बनेको तथ्यांकले देखाउँछ । 

बोर्डको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक रोजगारीमा गएकाहरुमध्ये विभिन्न कारणबाट एक हजार ३७८ जनाले ज्यान गुमाएका छन् । जसमा १९० जनाले आत्महत्या गरेको उल्लेख गरिएको छ । अघिल्ला चार वर्षमा पनि अत्महत्या क्रमशः बढेको देखिएको छ । आर्थिक वर्ष २०७६/७७ मा ६७ जना, २०७७/७८ मा १४४ जना, २०७८/७९ मा १०७ जना र २०७९/८० मा १४७ जनाले आत्महत्या गरेको तथ्यांक छ ।

पछिल्लो पाँच वर्षको अवधिमा ६५५ जनाले रोजगारीका क्रममा विदेशमा आत्महत्या गरेको बोर्डले जनाएको छ । विदेशमा प्राकृतिक रुपमा मृत्यु हुनेको संख्या सबैभन्दा बढी छ । दोस्रोमा अन्य कारणबाट मृत्यु हुनेको संख्या छ भने तेस्रोमा आत्महत्यालाई लिइएको छ । वैदेशिक रोजगारीमा गएकाहरुले आत्महत्या गर्नुको कारणबारे कुनै अध्ययन गरिएको छैन । आत्महत्यालगायतका अन्य कारणबाट हुने मृत्युको रोकथामका लागि आवश्यक उपायहरु अवलम्बन गरिरहेको बोर्डका निर्देशक एवं सूचना अधिकारी टिकाराम ढकाल दाबी गर्छन् ।

Hardik health

‘श्रम गन्तव्य मुलुका नेपालीहरुले आत्महत्या गर्नुको कारणबारे ठोस अध्ययन गरिएको छैन,’ उनले भने, ‘अध्ययनका लागि स्रोतसाधन र जनशक्तिको अभाव छ, तर पनि यसको रोकथामका उपायहरू अवलम्बन गरिरहेका छौं ।’ आत्महत्यालगायत अन्य कारणबाट हुने मृत्युको न्यूनीकरण गर्न बोर्डले वीर अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन सेवा सञ्चालन गरिरहेको ढकालले जानकारी दिए । विदेशमा काम गरिरहेकाहरुलाई ह्वाट्सएप, भाइबर र इमोलगायतका सञ्चारमाध्यमको प्रयोग गरी भिडियो कलबाटै स्वास्थ्य तथा मनोपरामर्श सेवा दिइरहेको उनको भनाइ छ । उनका अनुसार मलेसिया र खाडीका मुलुकहरुमा सबैभन्दा बढी आत्महत्या गर्ने गरेको पाइएको छ । 

वैदेशिक रोजगारीको क्रममा रहेका श्रमिकहरुको शारीरिक तथा मानसिक स्वास्थ्यलाई ख्याल गरेर बोर्डले २०७९ चैतदेखि टेलिमेडिसिन सेवा आरम्भ गरेको ढकालले बताए । ‘डिप्रेसन र एञ्जाइटीजस्ता समस्या भएका व्यक्तिले छिटो आत्महत्या गर्नसक्ने भन्दै त्यस्ता समस्या भएकाहरुलाई श्रम गन्तव्य मुलुकमा भिडियो कलबाट टेलिमेडिसिन सेवा उपलब्ध गराइन्छ,’ उनले भने, ‘यसका लागि साथीभाइ, परिवार र आफन्तले नै समस्या भएका व्यक्तिहरुको पहिचान गरेर सेवा लिन उत्प्रेरित गराउनुपर्छ ।’ 

आत्महत्या गर्ने व्यक्तिमा चिन्ता हुने, डर लागेको जस्तो हुने, एकदमै निराश हुने वा एकान्त रुचाउनेजस्तो लक्षण देखिने वीर अस्पतालका डा. सञ्जय धरेलले बताए । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई टेलिमेडिसिनमार्फत मनोपरामर्श सेवा दिँदै आएका डा. धरेलले मलेसिया र खाडी मुलुकमा रहेका श्रमिकहरुमा यो समस्या बढी रहेको बताए । उनका अनुसार वैदेशिक रोजगारीमा गएका २०–४० वर्ष उमेर समूहका युवाहरुमा शारीरिकभन्दा पनि मानसिक नैराश्यता बढी देखिएको छ । सम्पर्कमा आएका अधिकांश डिप्रेसन र मनोरोगका बिरामीलाई चिकित्सकको सिफारिसविना औषधि प्रयोग गर्न नपाइने भएका कारण नेपालबाटै त्यस्तो सिफारिस पठाउने गरिएको डा. धरेलले बताए ।

वैदेशिक रोजगारीमा जानुअघि बनेको मानसिकता र त्यहाँ पुगिसकेपछि हुने फरक अवस्थाका कारण सन्तुलन मिल्न नसक्दा थुप्रै युवामा नैराश्यता र मानसिक स्वास्थ्यमासमेत असर पर्न जाने मनोपरामर्शविज्ञ गोपाल ढकाल बताउँछन् । आफ्नो अपेक्षाअनुसार नभएपछि व्यक्ति विस्तारै डिप्रेसनमा जाने र आत्महत्याको सोच आउने र अन्त्यमा आत्महत्या गर्नेसम्मको घटना हुने उनको भनाइ छ । ‘वैदेशिक रोजगारीमा जानेहरु अलि बढी महत्वाकांक्षी हुने गर्छन्,’ उनले भने, ‘यसमा पारिवारिक, आर्थिक र भविष्यको कुरा जोडिएको हुन्छ, विदेशमा त्यो पूरा नहुन पनि सक्छ, यसले डिप्रेसनको स्तर बढ्छ र आत्महत्यासम्म पुर्‍याउँछ ।’

आत्महत्या रोकथामका लागि सरकारले नै विदेश जाने युवाहरुलाई वैदेशिक रोजगारसम्बन्धी पर्याप्त मात्रामा परामर्श दिनुपर्ने ढकालको भनाइ छ । उनीहरुलाई रोजगारीको प्रकृति, काम गर्ने वातावरण, आम्दानी र सेवासुविधा तथा श्रम गन्तव्यबारे प्रभावकारी रुपमा सचेतना फैलाउनुपर्ने ढकालले बताए । विदेश जानुअघि प्रत्येक श्रमिकको शारीरिक मात्र नभई मानसिक स्वास्थ्य परीक्षण गर्ने व्यवस्था भए आत्महत्या गर्नेको संख्यामा कमी आउने ढकालको भनाइ छ । 
 


प्रकाशित मिति: बुधबार, असोज २, २०८१  ११:५४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
ओमानद्वारा आप्रवासी कामदारको भर्ना नियमन गर्न संघ स्थापना
ओमानद्वारा आप्रवासी कामदारको भर्ना नियमन गर्न संघ स्थापना मंगलबार, मंसिर ९, २०८२
आप्रवासी श्रमिकलाई निष्कासन गर्न सकिने कडा प्रावधान
आप्रवासी श्रमिकलाई निष्कासन गर्न सकिने कडा प्रावधान मंगलबार, मंसिर ९, २०८२
जापान कामदार पठाउने पुरानो निर्देशिका बल्ल खारेजीको सिफारिस
जापान कामदार पठाउने पुरानो निर्देशिका बल्ल खारेजीको सिफारिस सोमबार, मंसिर ८, २०८२
वैदेशिक रोजगारीमा जान अब ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्नुपर्ने
वैदेशिक रोजगारीमा जान अब ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्नुपर्ने आइतबार, मंसिर ७, २०८२
क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ शुक्रबार, मंसिर ५, २०८२
दक्षिण कोरियामा श्रम कानुन उल्लंघन बढ्दो 
दक्षिण कोरियामा श्रम कानुन उल्लंघन बढ्दो  शुक्रबार, मंसिर ५, २०८२
सरकारी र अर्धसरकारी संस्थाबाट आउन थाल्यो भिसा
सरकारी र अर्धसरकारी संस्थाबाट आउन थाल्यो भिसा बिहीबार, मंसिर ४, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
जयनन्द र इन्दिराको शालिक अनावरणपछि 'सेलो सेन्टर' बनेको सिन्धुली कलाघर 
जयनन्द र इन्दिराको शालिक अनावरणपछि 'सेलो सेन्टर' बनेको सिन्धुली कलाघर 
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
बालअधिकार संरक्षणका अभ्यास
बालअधिकार संरक्षणका अभ्यास
वैदेशिक रोजगारीमा जान अब ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्नुपर्ने
वैदेशिक रोजगारीमा जान अब ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्नुपर्ने
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP