Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • सगरमाथा हवाई मैदान निर्माणमा ढिलाइ
सगरमाथा हवाई मैदान निर्माणमा ढिलाइ
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ ३०, २०८१

उदयपुर - त्रियुगा नगरपालिका–१ जोगीदहस्थित मोथ्याइमा निर्माण सुरु भएको सगरमाथा हवाई मैदान निर्माणमा ढिलाइ भएको छ । बाह्र वर्ष अघि यहाँ हवाई मैदान निर्माणको प्रक्रिया अघि बढाइएको हो । सदरमुकाम गाईघाट वा त्रियुगा नगरपालिका–७ चुहाडेमा हवाई मैदान निर्माण गर्ने भनेर तीन दशकसम्म अध्ययन तथा वादविवाद सँगसँगै चलेको थियो । 

“त्रियुगा नगरपालिका–१ जोगीदहमा उपयुक्त जग्गा प्राप्त भएको र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्राविधिकले उक्त क्षेत्रमा हवाई मैदान निर्माण गर्न उपयुक्त हुने भनेर प्रतिवेदन दिएपछि १२ वर्षअघि जोगीदहमा हवाई मैदान निर्माण प्रक्रिया अगाडि बढाइएको हो”, सगरमाथा हवाई मैदान निर्माण समितिका अध्यक्ष वीरेन्द्र बस्नेतले भने। उनका अनुसार त्रिनपा–१ जोगीदहमा जिल्ला वन कार्यालय उदयपुर र जोगीदह मोथ्याईका १७ परिवारले जग्गाको मुआब्जा समेत नलिई हवाई मैदान निर्माण गर्न जग्गा दिने तयारी गरेपछि २०६७ सालमा पहिलोपटक पर्यटन तथा नागरिक उड्यमन्त्रालयको प्राविधिक टोलीले स्थलगत अध्ययन र वातावरणसम्बन्धी अध्ययन सुरु गरेका हुन् ।

झण्डै एक सय ५६ हेक्टर जग्गामध्ये स्थानीयको १० हेक्टर र बाँकी जिल्ला वन कार्यलयको जग्गा हवाई मैदानका लागि व्यवस्थापन गरिएको अध्यक्ष बस्नेतले बताए । विसं २०७८ मा जिल्ला वन र स्थानीयको स्वामित्वमा रहेका जग्गा हवाई मैदानलाई औपचारिक रूपमा प्रदान गरेपछि जोगीदह मैदान निर्माणका लागि रुख कटान सुरु गरिएको निर्माण समितिका सदस्य रुद्र अधिकारी बताए। हालसम्म एक सय पाँच हेक्टर वनक्षेत्रको १३ हजार रुख कटान गरिसकिएको उनले बताए । 

Hardik health

हवाई मैदान निर्माणका लागि हालसम्म रु तीन करोड बराबर खर्च भइसकेको तथा रुख कटान गरी खाल्डा पुर्ने काम सम्पन्न भएको छ । हवाई कन्ट्रोल टावर निर्माण सुरु हुनलागेका बेला फेरि मैदान निर्माण कार्य रोकिएकाले समस्या आएको निर्माण समितिका पदाधिकारी बताउँछन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा नारायण खड्काले हवाई मैदान निर्माण सुरु हुन लागेका बेला फेरि रोकिनु उदयपुरवासीका लागि दुर्भाग्य भएको बताए । उनले भने, “१२ वर्षपछि हवाई मैदान निर्माण सुरु भए पनि अख्तियारमा उजुरी परेपछि निर्माण कार्य राकिएको छ ।”

हवाई मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष बस्नेतका अनुसार उड्डयन मन्त्रालयले कानुनी रूपमा जग्गा हवाई मैदानका नाममा प्राप्त गरेको र सरकारले यसका लागि गत वर्ष नै रु ६ करोड बजेटसमेत विनियोजन गरेको हो, तर काम नै नगरी बजेट फ्रिज भएको छ । विसं २०३२ मा पहिलोपटक तत्कालीन उदयपुरबाट राष्ट्रिय पञ्चायतका सदस्य चक्रबहादुर बस्नेतले गाईघाटस्थित हालको थारुहट रङ्गशाला खेलमैदानमा हवाई मैदान बनाउन पहल सुरु गरेको समितिका पदाधिकारी बताउँछन् । त्यसपछि २०५४ सालमा मैदान निर्माणका लागि पुनः पहल आफूले सुरु गरेको डा नारायण खड्का बताए । 

हवाई मैदान बन्ने तथा आफ्नै गाउँघरबाट जहाज चढ्न पाइने भन्दै सात कट्ठा जग्गा खुसीले मैदान निर्माण गर्न दिएको तर समयमा नबनेकोबारे जोगीदह मोथ्याईका जग्गादाता कृष्ण प्रधान बताए। अर्का जग्गादाता हर्कमान प्रधान हवाई मैदान निर्माण गर्न विभिन्न बहाना गरेर जनतालाई निराश मात्र बनाएको तर मैदान बन्ने अवस्था नदेखिएकाले दुःख लागेको उनले बताए ।

पूर्व पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराती भने, “विभिन्न प्राविधिक कारणले गर्दा मैदान निर्माण कार्यमा विलम्ब भएको हुनसक्छ, हालसम्म झण्डै तीन करोड बराबर खर्च भइसकेको छ ।” प्राविधिकको योजनाअनुसार एक हजार चार सय मिटर लम्बाइ र ६० मिटर चौडाइको हवाई मैदान निर्माण हुने र मध्यमस्तरका जहाज सहज तरिकाले अवतरण गर्न सक्ने खालको मैदान निर्माण गर्ने योजना तयारी भएको समितिका पदाधिकारी बताउँछन् । झण्डै रु एक अर्ब २० करोडसम्मको बजेट छुट्याएको मैदान निर्माण समितिका पदाधिकारी बताउँछन् ।

जोगीदहमा हवाइ मैदान सञ्चालनमा आएपछि सुनसरी, उदयपुर र खोटाङको दक्षिणी क्षेत्र, भोजपुरको दक्षिणी क्षेत्र र सिन्धुलीको पूर्वी क्षेत्र र सिरहा तथा सप्तरीको उत्तरी क्षेत्रका जनतालाई आवतजावतमा सहज हुने समितिका पदाधिकारी बताउँछन् ।


प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १०:५३
#सगरमाथा #हवाई_उडान
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल
ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल मंगलबार, साउन १९, २०८३
‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँः मन्त्री मेहता
‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँः मन्त्री मेहता मंगलबार, साउन १९, २०८३
ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग
ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग मंगलबार, साउन १९, २०८३
‘जनसरोकारको मुद्दा उठाउँदा सुनिदैन, व्यक्तिगत टिप्पणीले आजित छौँ’
‘जनसरोकारको मुद्दा उठाउँदा सुनिदैन, व्यक्तिगत टिप्पणीले आजित छौँ’ मंगलबार, साउन १९, २०८३
'रेबिज विरुद्धको खोप सरकारी अस्पतालमा नपाइने, निजीमा पाइने ?': रास्वापा सांसद कुँवर 
'रेबिज विरुद्धको खोप सरकारी अस्पतालमा नपाइने, निजीमा पाइने ?': रास्वापा सांसद कुँवर  मंगलबार, साउन १९, २०८३
चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर
चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर मंगलबार, साउन १९, २०८३
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP